काठमाडौं- राष्ट्रिय खेलकुद परिषद (राखेप) मा कार्यरत ४५ जना कर्मचारी र प्रशिक्षकहरुले राजीनामा दिएका छन्। राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ लागू भएसँगै राखेपमा कार्यरत कर्मचारी तथा प्रशिक्षकहरूले खेल संघबाट राजीनामा दिन थालेका हुन्।
‘नयाँ ऐनमा खेलकुद परिषद्का कर्मचारी र प्रशिक्षक कुनै पनि संघको पदाधिकारी तथा सदस्य बन्न नपाउने नियम भएकाले राजीनामा आइरहेको हो। अरु कारण केही होइन। अहिले पनि तीन/चार जनाले दिइरहनु भएको छ, त्यसैले ४५ जनाभन्दा बढीले दिइसक्नु भएको छ’ राखेपका विभागीय प्रमुख कुलबहादुर थापाले जानकारी दिएका छन्।
एकै व्यक्ति चार वटासम्म संघको कार्यसमितिमा समेत रहेकाले पदका आधारमा राजीनामाको संख्या अझ ठूलो हुनेछ। परिषद्को संघ संस्था समन्वय शाखाका प्रमुख ज्ञानेन्द्र श्रेष्ठले चार वटा संघको कार्यसमितिबाट राजीनामा दिएका छन्।
नयाँ ऐनको व्यवस्थाअनुसार परिषद्का कर्मचारी र प्रशिक्षक कुनै पनि संघको पदाधिकारी तथा सदस्य बन्न नपाउने नियमका कारण राजीनामाको संख्या अझ बढ्ने देखिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।