काठमाडौं-इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनह्यामले आर्सनललाई पराजित गरेको छ।
आइतबार राति भएको खेलमा घरेलु टिम टोटनह्यामले आर्सनलमाथि २-१ गोलको जित निकालेको हो। टोटनह्यामको जितमा सन हुङ मिन र टोबी अल्डेरवेइरेल्डले गोल गरे। यता, आर्सनलका लागि एलेक्सजेन्डर लाकाजेटले गोल गरे।
सुरुवाती अग्रता भने आर्सनलले बनाएको थियो। आफ्नो अग्रतालाई जोगाउन नसक्दा आर्सनल हार्न पुगेको हो। खेलको १६औं मिनेटमा नै लाकाजेटले गोल गर्दै आर्सनललाई अग्रता दिलाए। तर ९औं मिनेटमा सन हुङ मिनले गोल गर्दै टोटनह्यामलाई १–१ गोलको बराबरी दिलाए। खेलको ८१औं मिनेटमा एलेक्सजेन्डरले गोल गर्दै टोटनह्यामलाई २–१ गोलको जित दिलाए।
जितसँगै टोटनह्यामले ३५ खेलबाट ५२ अंक बनाउँदा समान खेलबाट आर्सनलको ५० अंक छ।
त्यस्तै, आइतबार राति नै भएको खेलमा लिगको चौथो स्थानमा रहेको लेस्टर सिटी १८औं स्थानमा रहेको बर्नेमाउथसँग ४–१ गोलअन्तरले स्तब्ध बनेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।