काठमाडौं- सरकारी स्वामित्वको पेट्रोलियम पदार्थ बिक्री गर्ने नेपाल आयल निगमले विगत ५ वर्षमा ५२ अर्ब रुपैयाँ नाफा गरेको छ। निगमले आर्थिक वर्ष २०७२/०७३ देखि आर्थिक वर्ष २०७६/०७७ सम्ममा गरी कुल ५२ अर्ब नाफा गरेको हो।
निमगले आर्थिक वर्ष २०७२/०७३ मा कुल १९ अर्ब ३६ करोड, आर्थिक वर्ष ०७३/०७४ मा ९ अर्ब ४५ करोड, आर्थिक वर्ष २०७४/०७५ मा ३ अर्ब ८५ करोड,आर्थिक वर्ष २०७५/०७६ मा ८ अर्ब ७५ करोड र चालू आर्थिक वर्षमा अनुमानित १० अर्ब ८६ करोड रुपैयाँ खुद नाफा गरेको छ।
निगम प्रतिस्पर्धीविहीन एकाधिकार भएको संस्था हो। एक्लौटी रुपमा पेट्रोलियम पदार्थको बिक्री गरी ५ वर्षमै ५२ अर्ब नाफा गरेको छ। निरन्तर नाफामा गएको निगमले कोरोनाको कहरमा समेत नाफा बढाउने गरी पेट्रोलियम पदार्थको बिक्री गरिरहेका छ।
कोरोनाकै कारण सरकारले लकडाउन गरेको बेला बिक्री थोरै भएको भन्दै पेट्रोलमा प्रतिलिटर २३ रुपैयाँ र डिजेलमा २५ रुपैयाँ सम्म नाफा जाँदा मूल्य नघटाएपनि भारतबाट मूल्य बढेर आएपछि भने मूल्य बढाइरहेका छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।