काठमाडौं- इटालियन सिरि ए अन्तर्गत शनिबार राति भएको खेलमा युभेन्टस र एटलान्टाबीचको खेल २–२ गोलको बराबरीमा सकिएको छ। दुई पटक पछि परेको युभेन्टस बराबरी पुग्न क्रिष्टियानो रोनाल्डोले दुई पेनाल्टी गोल गरे।
एटलान्टाका लागि जपाटाले खेलको १६औँ मिनेटमा गोल गरेर अग्रता बनाएका थिए। ५५औँ मिनेटमा पाएको पेनाल्टीमा रोनाल्डोले गोल गर्दै खेल बराबरी बनाए। ८०औँ मिनेटमा मालेनोस्कीको गोलमा एटलान्टाले पुनः अग्रता बनायो। तर खेलको अन्तिम समयमा पाएको पेनाल्टीमा गोल गर्दै रोनाल्डोले बराबरी बनाए।
बराबरीपछि युभेन्टसको ३२ खेलमा ७६ अंक भएको छ। युभेन्टस शीर्ष स्थानमा छ। तेस्रोमा रहेको एटलान्टाको ३२ खेलमा ६७ अंक छ। दोस्रो स्थानमा रहेको लाजियोको ३२ खेलमा ६८ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।