काठमाडौं-स्पेनिस ला लिगा फुटबलमा लिग लिडर रियल मड्रिडले अलभेसमाथि सहज जित निकालेको छ।
शुक्रबार भएको खेलमा घरेलु टिम रियल मड्रिडले अलभेसलाई २-० गोलअन्तरले पराजित गरेको हो। रियलको जितमा करिम बेन्जिमा र मार्को एसेन्सिियोले गोल गरे।
खेलको १०औं मिनेटमा अलभेसका नाभारो जिमिनेजले फर्लान्ड मेन्डीलाई पेनाल्टी एरियामा फउल गरेपछि रियल मड्रिडले पेनाल्टी पाएको थियो। पेनाल्टीको सदुपयोग गर्दै रियलका बेन्जिमाले १-० गोलको अग्रता दिलाए। खेलको ५०औं मिनेटमा एसेन्सियोले गोल गर्दै रियललाई २–० को जित दिलाए।
शुक्रबार राति नै भएको अर्को खेलमा ग्रानाडाले रियल सोसाइडेडलाई ३–२ गोलअन्तरले पराजित गरेको छ।
जितसँगै शीर्ष स्थानको रियलले दोस्रो स्थानमा रहेको बार्सिलोनासँग ४ अंकको अग्रता बनाएको छ। रियलको ३५ खेलबाट ८० अंक छ। त्यस्तै दोस्रो स्थानमा रहेको बार्सिलोनाको समान खेलबाट ७६ अंक छ। पराजित अलभेसको भने ३५ खेलबाट ३५ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।