• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

आंशिक प्राध्यापकलाई जीवनरक्षाको चिन्ता, अध्ययन कार्यदललाई नै त्रिविले दिएन तथ्यांक

64x64
प्रजु पन्त शुक्रबार, असार २६, २०७७  २२:५८
1140x725

काठमाडौं- रामस्वरूप रामसागर बहुमुखी (आरआरएम) क्याम्पस जनकपुरधामका आंशिक प्राध्यापक अजय कुमार यादवले साढे दुई वर्षदेखि क्याम्पसमा पढाएबापतको पारिश्रामिक पाएका छैनन्। यादवले उक्त क्याम्पसमा पढाउन थालेको १० वर्ष भइसक्यो। उनी हप्ताको १८ पिरियड मात्रै पढाउँदैनन्, विद्यार्थीको प्रोजेक्ट वर्क थेसिस तथा क्याम्पसले लिने परीक्षामा पनि उतिकै खटिरहेका हुन्छन्। यादवका अनुसार उनको क्याम्पसमा आंशिक रूपमा अध्यापन गराउँदै आएका तीन जनालाई पारिश्रामिक दिइएको छैन।

'मसहित ३ जनालाई त्रिविले अढाइ वर्षदेखि पारिश्रामिक दिइएको छैन,' यादवले भने, ‘काम लगाउने तर पारिश्रामिक नदिने? हामीमाथि त्रिविले चरम श्रमशोषण गरिरहेको छ।’

यादव मात्रै होइन, काठमाडौँस्थित बागबजारको पद्यकन्या क्याम्पसमा विगत १० वर्षदेखि आंशिक प्राध्यापकका रूपमा कार्यरत एक आंशिक प्राध्यापकले गत कात्तिकदेखि पारिश्रामिक पाएकी छैनन्। लकडाउनका बेला जीविकोपार्जनमै सकस भएको ती प्राध्यापकले बताइन्। ‘पढाउन थालेको १० वर्ष भइसक्यो काम गरेको ज्यालासमेत नदिएर परिवारसँग मागेर चलाउनुपरेको छ,' उनले भनिन्, ‘हामीलाई त्रिविले बधुँवा मजदुर बनाएर राखेको छ।’

बुटवल बहुमुखी क्याम्पसका गणित विषयका आंशिक प्राध्यापक मनध्वज गिरि कोरोनाले सबैलाई प्रभावित पार्दा आफूहरुलाई विश्वविद्यालयले वास्ता नगरेको बताए। ‘मैले ज्यालादारीमा पढाएको १४ वर्ष भयो। काम नगरेसी ज्याला आउँदैन,’ गिरिले भने ‘यस्तो महामारीको बेला पनि त्रिविले हामीलाई वास्ता गरेन। के लकडाउनपछि क्याम्पस खुल्दा आंशिक प्राध्यापक त्रिविलाई नचाहिने हो?’

000

लकडाउनका कारण शैक्षिक संस्था बन्द भएको पनि चार महिना हुन लागेको छ। चैत्र ११ गतेदेखिको लकडाउनसँगै त्रिभुवन विश्वविद्यालयले सञ्चालन भइरहेका परीक्षा पनि स्थगित गर्‍यो। पठनपाठन बन्द भएसँगै विश्वविद्यालयका आंगिक क्याम्पसमा पढाउने आंशिक प्राध्यापकको पनि काम र ज्याला गुम्यो। कक्षामा पढाएको घण्टीअनुसार पारिश्रामिक पाउने आंशिक प्राध्यापकलाई त्रिविले पुरानै पारिश्रामिकसमेत दिएको छैन। 

कोरोना महामारीको त्रास बढेसँगै आर्थिक संकट परेपछि लकडाउनकै बेला बैसाख १९ गते आंशिक प्राध्यापकहरूले जीवनयापनका लागि सहयोगको अपिल गर्दै ज्ञापनपत्र बुझाए। विश्वविद्यालयले जेठ १ थप एक हप्ताको समय मागेको थियो। तर समस्या ज्युँका त्युँ नै रह्यो। 

जेठ ८ गते पुनः विज्ञप्ति निकालेर आंशिक प्राध्यापकले समस्या समाधानका लागि आग्रह गरे। त्यो पनि सुनुवाई भएन। जेठ १८ मा उनीहरूले अर्को विज्ञप्ति जारी गर्दै अनलाइन कक्षा लिन बन्द गर्ने घोषणा गरे। त्यसपछि पनि त्रिविले कुनै सुनवाइ गरेको छैन।  

Ncell 2
Ncell 2
nimb
nimb

000

त्रिभूवन विश्वविद्यालयका रजिस्ट्रार पेशल दाहाल भने आंशिक प्राध्यापकले पारिश्रामिक नपाएको विषयलाई स्वीकार गर्न तयार छैनन्। त्रिविसँग समन्वय गरेर राखेका जति प्राध्यापकलाई सम्बन्धित क्याम्पसमा पारिश्रामिक पठाइसकिएको दाहालले दाबी गरे। ‘उहाँहरुले पढाउनुभएको अवधिसम्मको पारिश्रामिक पठाइसकेका छौं,' दाहालले भने, 'आंशिक प्राध्यापकले पारिश्रामिक नपाएको भन्ने गुनासो हामीकोमा आइपुगेको छैन।’

उनको यो दाबी निराधार भएको आंशिक प्राध्यापकहरूको भनाइ छ। स्नातकोत्तर क्याम्पस बिराटनगरमा ११ वर्षदेखि आंशिक प्राध्यापकका रुपमा कार्यरत आरसी कोइरालले पनि गत कात्तिकदेखि पारिश्रामिक पाएका छैनन्। कोइरालाका अनुसार समयमै पारिश्रामिक नपाउने, कक्षा संचालन नभएको बेलामा भोकै बस्नुपर्ने बाध्यता भएको उनको भनाइ छ।

कोभिड-१९ को महामारीका कारण चैत ७ देखि विश्वविद्यालयका सबै कक्षा बन्द भएपछि क्याम्पस बन्द छन्। दैनिक पढाएर मात्रै पारिश्रामिक पाउने आंशिक प्राध्यापकहरुले लकडाउनको बेला पढाउन नपाउँदा आर्थिक संकट परेको कोइरालाले बताए। यसबारे त्रिविसँग जिज्ञासा राख्दा आंशिक प्राध्यापकहरुलाइ तत्काल कुनै पनि राहतको कार्यक्रम रहेको जवाफ पाइएन।

करिब दुई हजार आंशिक प्राध्यापक
त्रिभुवन विश्वविद्यालयको अनुमतिमा क्याम्पसले खुला प्रतिस्पर्धाबाट आंशिक प्राध्यापक छनौट गर्छ। आंशिक प्राध्यापकलाई विश्वविद्यालयले नै पारिश्रामिक पठाउने गर्छ। अहिले स्नातक तहमा प्राध्यापन गराउने आंशिक प्राध्यापकले प्रति कक्षा ३६० रुपैयाँका दरले पाउँछन् भने स्नातकोत्तर तह सेमेस्टर प्रणालीमा गएकाले एउटा विषयको कक्षाभार तीन क्रेडिट घण्टाको ६० हजार रुपैयाँ तोकिएको छ। कक्षा नभएको बेला आंशिक प्राध्यापक बेरोजगार हुन्। डेढ दशक पढाउँदा पनि त्रिविले करारमा नराखेको र  भविष्य नहेरेको उनीहरुको गुनासो छ। 

आंशिक प्राध्यापक त्रिविले समान कामको समान ज्यालाको व्यवस्था नगरेको मनध्वज गिरिले बताए। ‘करारमा रहेको प्राध्यापकले एउटा तहमा १५ पिरियड पढाएर महिनैपिच्छे ४० हजार बुझ्छ,’ उनले भने, 'त्यति नै पढाएर आंशिकले वर्षको ६० हजार बुझ्छ। यसरी त कसरी समान भयो र?’ 

धवलागिरि बहुमुखी क्याम्पसका आंशिक प्राध्यापक सरोज पन्त हप्ताको ४५ पिरियड पढाउँछन्। क्याम्पसमा हुने अन्य शैक्षिक कार्यक्रममा पनि पन्त उतिकै खटिएको दाबी गर्छन्। ‘हप्ताको ४५ पिरियड पढाउँछु,' पन्तले भने, 'आंशिक प्राध्यापक भएर पढाएको पनि १२ वर्ष भइसक्यो न त त्रिविले करारमा राख्छ न त दरबन्दी नै खुलाउँछ यसरी त हाम्रो भविस्यमाथि खेलबाड भएन र?’ पन्तका अनुसार धवलागीरी बहुमुखी क्याम्पसमा मात्रै ३८ जना आंशिक प्राध्यापक छन्।

पोखरास्थित पृथ्वीनारायण क्याम्पसमा १४ वर्षदेखि आंशिक प्राध्यापकको रुपमा कार्यरत सुनील गौतम पृथ्वी नारायण क्याम्पसमा २ सय १५ जना आंशिक प्राध्यापक रहेको र ७० प्रतिशत कक्षा लिने काम आंशिक प्राध्यापकबाट भएको दाबी गर्छन्।  ‘अन्य प्राध्यापकको तुलानामा हामीले पनि कम काम गरेका छनौँ,’ गौतमले भने, ‘१४ वर्षदेखि आंशिकमा राखेर त्रिविले हामीमाथि चरम श्रमशोषण गरेको छ।’

त्रिभुवन विश्विद्यालयका रजिस्ट्रार पेशल दाहालले भने त्रिविले कुनै श्रम शोषण नगरेको दाबी गर्छन्। ‘उहाँहरुलाई आंशिक प्राध्यापक बन्दा के कस्तो सेवा सुविधा पाइन्छ भन्ने नियुक्ति पाउँदा नै थाहा थियो होला,’ दाहालले भने, ‘अहिले आएर त्रिविले श्रम शोषण गर्‍यो भनेर हुन्छ?’ त्रिविले समय समयमा आवश्यक दरबन्दी पनि खुलाएको उत्तीर्ण हुनेहरु आंशिकमा नरहेको दाहालको भनाइ छ।

त्रिवि प्रशासनले तथ्यांक दिएन
आंशिक प्राध्यापकहरुले पटकपटक आफूहरुका माग सम्बोधन गर्न अपिल गर्दै आएका छन्। लकडाउनअघि नै त्रिविले प्राध्यापक विनोद पराजुलीको नेतृत्वमा ५ महिनाअघि ‘आंशिक प्राध्यापकको अवस्था अध्ययन’ कार्यदल गठन गरेको थियो। कार्यदलले अहिलेसम्म कुनै प्रतिवेदन बुझाउन सकेको छैन। त्रिवि शिक्षाध्यक्ष शिव भुसाल कार्यदलले प्रतिवेदन बुझाएपछि आंशिक प्राध्यापकहरुको मागहरु सम्बोधन हुने बताउँछन्। '१२/१४ वर्षदेखि पढाइरहनुभएका आंशिक प्राध्यापक हुनुहुन्छ,' भुषालले भने, 'समिति गठन भएको छ। प्रतिवेदन आएपछि दीर्घकालीन समस्याको सामाधान गर्नेछौँ।’

त्रिविले आंशिक प्राध्यापकको व्यवस्थापनका लागि माग गरेका १ हजार ४२० दरबन्दीलाई २०७४ मंसिर ८ मा तत्कालीन मन्त्रिपरिषद्ले स्वीकृत गरेको थियो। लगत्तै अर्थमन्त्री डा युवराज खतिवडाले जारी गरेको श्वेतपत्रमा अघिल्लो मन्त्रिपरिषद्ले गरेको उक्त निर्णयको पनि उल्लेख गरिएको थियो। तत्पश्चात् उनीहरूको व्यवस्थापन सम्बन्धमा केही भएको छैन।

आंशिक प्राध्यापक सरोज पन्त त्रिविले निश्चित मापदण्ड बनाएर आंशिक प्राध्यापकलाई  करारमा लैजानुपर्ने यसमा नपरेकालाई कक्षाभार अनुपातको मासिक ज्याला दिनुपर्ने आंशिक प्राध्यापकको माग रहेको बताए।  

कार्यदलका सदस्य राजकुमार पोखरेलले कार्यदलले काम गरिरहेको बताए। त्रिवि प्रशासनसँग आंशिक प्राध्यापकको तथ्यांक नभएकाले काममा बाधा परेको बताए। ‘हामीले त्रिवि प्रशासनसँग कति आंशिक प्राध्यापक छन् भनी तथ्यांक माग्यौँ,’ पोखरेलले भने, 'अहिलेसम्म त्रिवि प्रशासनले दिन सकेको छैन। त्यही कारण काम पनि रोकिएको छ।’ त्रिवि प्रशासनले आंशिक प्राध्यापकको तथ्यांक उपलब्ध नगराएर गम्भीर लापरबाही गरेको पोखरेल बताउँछन्। उनका अनुसार आउँदो सोमबार कार्यदलले प्रतिवेदन बुझाउनेछ। 

प्रकाशित मिति: शुक्रबार, असार २६, २०७७  २२:५८
  • #tu
  • #आंशिक-प्राध्यापक

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
प्रजु पन्त
नेपाल लाइभकी संवाददाता पन्त शिक्षा तथा सामाजिक विषयमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
बजारमा पुस्तकको बाढी तर बिक्री न्यून
सत्ता दाहिने हुँदा अखिल नेतालाई 'उन्मुक्ति', नेविसंघ नेतालाई ज्यान मुद्दा
आन्दोलन रोक्न आंशिक प्राध्यापकलाई त्रिविको आग्रह, माग सम्बोधन नभए रोक्दैनौं : आंशिक प्राध्यापक
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
भाटभटेनीको ब्राण्ड एम्बासडरमा मिरुना आइतबार, असोज ४, २०८३
रास्वपाले ‘राइट टु रिकल’को दस्तावेज बनाउने, चार विषयगत उपसमिति गठन आइतबार, असोज ४, २०८३
खेल मिलेमतो र अनियमितताको आरोपमा एन्फा कोषाध्यक्ष र लेखा अधिकृत पक्राउ आइतबार, असोज ४, २०८३
भाटभटेनीको टंगाल स्टोर सोमबारदेखि खुल्दै, १२ मध्ये १० स्टोर सञ्चालनमा आइतबार, असोज ४, २०८३
भोटेकोशी बाढी : खोज तथा उद्धार कार्य जारी, ४ हजार २२० जनाको हवाई उद्धार आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्