काठमाडौं- मालिन्दो एयरको जहाज बिहीबार राति ठूलो दुर्घटनाबाट बचेको छ। मलेसियाको राजधानी क्वालालाम्पुरका लागि उड्न लागेको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रनवेबाट चिप्लिएको थियो।
गएराति १० बजेतिर ओडी १८१ नम्बरको जहाज रनवेबाट चिप्लिएर घाँसे मैदानमा जोतिएको थियो। जहाजमा जम्मा १३९ यात्रु थिए। चालक दलका सदस्य र सबै यात्रुहरुको सकुशल उद्धार गरिएको विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिए।
तालिका अनुसार उक्त जहाजको उडान समय राति ९:४५ बजेको थियो। विमानस्थलमा अन्तर्राष्ट्रिय उडान र अवतरण हुन सकेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।