• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, वैशाख २३, २०८३ Wed, May 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल

भिडियो असिस्टेन्ट रेफ्रीमाथि प्रश्न : प्रिमियर लिगमा एकै दिन तीन गलत निर्णय

64x64
नेपाल लाइभ शुक्रबार, असार २६, २०७७  १४:०२
1140x725

काठमाडौं- इंग्लिस प्रिमियर लिग फुटबलमा बिहीबार राति भएका तीन खेलमा नै भिडियो असिस्टेन्ट रेफ्री (भिएआर) को गलत प्रयोग भएको पाइएको छ। म्यानचेस्टर युनाइटेड-एस्टन भिला, साउथह्याम्पटन-इभर्टन र टोटनह्याम ब्रोनमाउथको खेलमा भिएआरमा गल्ती भएको प्रिमियर लिगले स्वीकार गरेको छ।  

म्यानचेस्टर युनाइटेडले एस्टन भिलालाई ३-० ले हराएको खेलमा २७औँ मिनेटमा भिएआरमार्फत पाएको पेनाल्टीमा ब्रुनो फर्नान्डेजले गोल गर्दै अग्रता बनाएका थिए। जुन पेनाल्टीको निर्णय गलत रहेको बताइएको छ। 

साउथह्याम्पटन र इभर्टनबीच १-१ को बराबरी भएको खेलमा साउथह्याम्पटनले खेलको २९औँ मिनेटमा भिएआरमार्फत पेनाल्टी पाएको थियो। पेनाल्टी मिस हुन पुग्यो तर त्यो पेनाल्टी भिएआर निर्णय गलत थियो। 

यस्तै टोटनह्याम र ब्रोनमाउथले गोलरहित बराबरी खेलेको खेलमा जोसुवा किंगले ह्यारी केनलाई धकेलेर लडाउँदा टोटनह्यामले पाउनुपर्ने पेनाल्टी पाएन। 

भिएआरले खेलको महत्व, रोमाञ्चकता र तीब्रतामा असर गरेको भनेर आलोचना भइरहँदा एकै दिन तीन गलत निर्णय भएको प्रिमियर लिगले नै स्वीकार गरेको हो। यस्तोमा पूर्वखेलाडी टिम चाहिलले भिएआरको निर्णयको समयमा टिममा पूर्वखेलाडी पनि सम्मिलित हुने हो भने गल्ती कम हुने बताउँछन्। 

‘मैदानमा खेलाडीले के गरेको हो भन्ने कुरा खेलाडीलाई नै राम्ररी थाहा हुन्छ। डिबक्समा खेलाडी लड्दा भएको के हो र त्यसको औचित्य राम्ररी बुझ्न सकिन्छ। यस्तोमा पूर्वखेलाडी भिएआर टिममा रहँदा सबैलाई फाइदा हुन्छ’ चाहिललाई उद्धृत गर्दै बिबिसीले लेखेको छ।

बिहीबार राति टोटनह्यामको बराबरीको नतिजा भिएआरमार्फत उल्टिन सक्ने अवस्थामा पनि ह्यारी केनमाथिको फोउल पेनाल्टीमा लगिएन। त्यसले टोटनह्याम प्रशिक्षक जोसे मोउरिन्हो भन्छन्- ‘विश्वमा जोसुकैलाई पनि आफ्नो टिमले पेनाल्टी पाउनुपर्ने भन्ने नै लाग्छ। तर पनि खेलमा हुनुपर्ने निर्णय भने हुनैपर्छ। महत्वपूर्ण समय कुन थियो र निर्णय के भयो सबैलाई थाहा छ।’ 

nimb
nimb
Ncell 2
Ncell 2

२०१८ मा भएको रसिया विश्वकपका बेला भिएआरले गर्दा फुटबलको रमाइलो खल्लो भएको भन्ने तर्क अहिले प्रिमियर लिगलगायत अन्य ठूला लिगमा पनि जोडिएको छ। स्पेनिस ला लिगामा त भिएआरको प्रयोगले कुनै एक टिमलाई मात्र फाइदा भएको भन्ने आलोचना पनि व्यापक छ।

फिफाले भिएआरको प्रयोग ठूला लिगमा गर्न चार वर्ष पर्खिएको थियो। अहिले भने फिफाले भिएआरलाई विश्वभर सफल रहेको बताउँदै आएको छ। 

यस्तोमा भिएआर आवश्यक हो भनेर तर्क गर्नेहरु र आवश्यक होइन भनेर तर्क गर्नेहरु दुवैका आफ्ना विचारहरु छन्। सकेसम्म भिएआरको प्रयोगलाई भने वैज्ञानिक बनाउन प्रयासहरु भएका देखिन्छन्। 

भिएआरले कसरी काम गर्छ?
भिएआर थप एक रेफ्री जस्तै हो। जसले खेल हेरेर अफिसियलहरुलाई निर्णयमा सल्लाह दिन्छ। केही रेफ्री भिडियो असिस्टेन्ट रेफ्रीको रुपमा कम्प्युटर स्क्रिन अगाडि रहेका हुन्छन्।

उनीहरुको सहयोगीसहितको टिममा खेल भइरहेको मैदानबाट भिडियो स्ट्रिमिङ प्राप्त गर्छन्। जसमा स्लो मोसन क्यामेराको दृश्यसहित अन्य सबै क्यामेरामा कैद भएका दृश्य हुन्छन्।

भिएआरले सबै खेल पूरै हेरिरहेको हुन्छ। यदि उनीहरुले केही गलत देखेमा रेफ्रीलाई जानकारी दिन्छन्। रेफ्रीले नै आवश्यक ठानेमा पनि उनी भीएआर टिमसँग जोडिन सक्छन्। अथवा रेफ्रीले आफूले निर्णय दिइसकेपछि पनि केही दुबिधा भएर भिएआरको सहयोग लिन चाहेमा लिन सक्छन्।

यसरी हेर्दा भिएआरले सल्लाह दिने मात्रै हो। यदि भिएआरले रेफ्रीको निर्णयभन्दा उल्टो सल्लाह नै दिए पनि सबै निर्णय गर्ने अधिकार भने मैदानमा रहेका रेफ्रीमा नै हुन्छ। उनैले भिएआरको फुटेज हेरेर अन्तिम निर्णय लिन सक्छन्।

प्रयोग भएको कसरी थाहा पाउने?
भिएआरको सम्पूर्ण प्रणाली रेफ्रीमा केन्द्रित हुन्छ। यसको प्रयोगको तीन तरिका छन्। पहिलो अवस्थामा रेफ्रीले आफ्नो कानमा जोडिएको यन्त्रमार्फत निर्णयमा समिक्षा गर्नुपर्ने सन्देश प्राप्त गर्न सक्छन्।

भिएआरले रेफ्रीलाई निर्णय परिवर्तन गर्ने वा नगर्ने संकेत दिनको लागि एउटा शब्द भन्ने गर्छन्। दर्शकहरुले यस्तो भैरहेको थाहा नपाउन पनि सक्छन् वा रेफ्रीले आफ्नो ‘इयर पिस’ समातेको जस्तो मात्रै देख्न सक्छन्।

दोस्रो अवस्थामा भिडियो प्रक्रिया प्रयोग भएको अलि औपचारिक रुपमा देख्न सकिन्छ। यसको सहयोगको लागि रेफ्रीले हावामा हातको सहायताले टिभीजस्तो संकेत बनाउँछन् र भिएआर रेफ्रीले रिप्ले हेरेर सुझाव दिन्छन्। भिएआर रेफ्रीले यन्त्रमार्फत सन्देश दिन्छन्, त्यसपछि रेफ्रीले निर्णय गर्छन् र हावामा टिभीको जस्तो संकेत बनाएर खेल पुनः सुरु गर्नेछन्।

तेस्रो अवस्था धेरै नै प्रष्ट हुन्छ। यसले रंगशालाको माहौल नै शान्त बनाउँछ र यो अलि निराशाजनक पनि हुन सक्छ। रेफ्रीहरु मैदान नजिकको सानो रिभ्यु स्टेशनमा जान्छन् र हावामा टिभीको संकेत बनाउँछन्। उनीहले त्यहाँ रिप्ले हेर्छन् र छलफल गरेर निर्णयमा पुग्छन्।

सबै अवस्थामा रेफ्रीले भिएआर बिनाको परम्परागत तरिकामा झैं निर्णयको संकेत गर्छन्। निर्णय कसरी भयो भन्ने जानकारी दिन हावामा टिभीको संकेत बनाउँछन् र नियमित तरिकाबाट खेल सञ्चालन गर्छन्।

भिएआरले के के गर्न सक्छ?
भिएआरमा केही सीमित निर्णयहरुमा मात्रै आधारित रहन पाइन्छ। जुन प्रस्ट देखिने खालका गल्तीहरु र गम्भीर प्रकृतिका गलत निर्णयमा प्रयोग हुने गर्दछ।

गोल - गोल भएको हो कि होइन भन्ने हेर्नको लागि भिएआरको प्रयोग गर्न सकिन्छ। तर, गोलको लागि गरिएको प्रयासमा पनि यसले फैसला गर्न सक्छ, बलले जाली चुम्दा मात्रै होइन। यदि कुनै गोल दिँदा कुनै नियम उल्लंघनले यसलाई रोक्न सक्छ भने भिएआरको सहयोगले यस्तो गोल दिनबाट रोक्न सकिन्छ। जसमा फोउल, अफसाइड या ह्याण्ड हुन सक्छ।

पेनाल्टी - पेनाल्टी दिन उपयुक्त छ कि छैन भन्ने भिएआरमार्फत हेर्न सकिन्छ। त्यस्तै दिइएको पेनाल्टीको निर्णय उल्ट्याउन पनि सकिन्छ। यसैले पेनाल्टी दिने रेफ्रीको निर्णय सही हो या होइन अथवा पेनाल्टी दिनु पर्ने हो कि होइन भन्नेमा यसले सहयोग गर्नेछ।

सिधा रातो कार्ड - यदि रेफ्रीले फोउल भएको निर्णय गरे भने भिएआर त्यस फोउलको लागि रातो कार्ड दिने कि नदिने भनेर निर्णय गर्न प्रयोग गर्न सकिन्छ। भिडियो प्रविधिको प्रयोगमा रातो कार्ड दिने नदिने निर्णय गर्नु धेरै विवादास्पद कुरा हुन सक्छ।

पहिचानमा गल्ती - भिएआरको जिम्मेवारीको सबैभन्दा महत्वपूर्ण काम यही नै हो। यसले गलत खेलाडीलाई पो अनुशासनको कारबाही गरिएको छ कि भनेर हेर्ने काम गर्छ। यदि त्यस्तो भेटियो भने रेफ्रीले सच्याउन सक्छन्।

प्रकाशित मिति: शुक्रबार, असार २६, २०७७  १४:०२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
प्रधानमन्त्रीको स्वास्थ्य सल्लाहकारमा जगदीश अग्रवाल नियुक्त
ओलीजीमा जस्तै बालेनजीमा पनि जे गरे पनि हुन्छ भन्ने भ्रम देखियो : सभापति थापा
दीपेन्द्र सिंह ऐरीको आईसीसी अलराउन्डर वरियता सुधार, १२ स्थान उक्लिए
सम्बन्धित सामग्री
नेपालले हङकङसँग मैत्रीपूर्ण खेल खेल्ने नेपालले पछिल्लो पटक सन् २०२५ मा हंङकङसँग मैत्रीपूर्ण खेल खेलेको थियो । त्यसअघि नेपाल र हङकङ ३७ वर्ष अगाडि एएफसी एसिया कप छनोटमा भिडे... बुधबार, फागुन १३, २०८२
साफ यु-१९ च्याम्पियनसिपमा नेपालले भुटानलाई हरायो पोखरा रंगशालामा आज भएको दोस्रो खेलमा नेपालले भुटानलाई २-१ गोलले हराएको हो । सोमबार, माघ १९, २०८२
साफ महिला च्याम्पियनसिप : आज नेपालले भुटानसँग भिड्दै पहिलो खेल बंगलादेश र भारतकाबीच मध्यान्ह १२ बजे सञ्चालन हुनेछ । सोमबार, माघ १९, २०८२
ताजा समाचारसबै
प्रधानमन्त्रीको स्वास्थ्य सल्लाहकारमा जगदीश अग्रवाल नियुक्त बुधबार, वैशाख २३, २०८३
ओलीजीमा जस्तै बालेनजीमा पनि जे गरे पनि हुन्छ भन्ने भ्रम देखियो : सभापति थापा बुधबार, वैशाख २३, २०८३
दीपेन्द्र सिंह ऐरीको आईसीसी अलराउन्डर वरियता सुधार, १२ स्थान उक्लिए बुधबार, वैशाख २३, २०८३
उद्योग वाणिज्य महासंघको एसोसिएट उपाध्यक्षमा प्रवलजंग पाण्डे विजयी बुधबार, वैशाख २३, २०८३
सुदन किराँती-कुलमान घिसिङबीच समसामयिक विषयमा सहकार्य सम्भावनाबारे छलफल बुधबार, वैशाख २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
पश्चिम बंगालमा पनि भाजपा सत्ता, मुख्यमन्त्री ममता बेनर्जी पराजित मंगलबार, वैशाख २२, २०८३
संवैधानिक परिषद्को बैठक बस्न गणपूरक संख्या ४, निर्णय ३ जनाले गर्नसक्ने मंगलबार, वैशाख २२, २०८३
व्यवसायी शेखर गोल्छा रिहा लगत्तै पक्राउ मंगलबार, वैशाख २२, २०८३
ट्रेड युनियन कार्यालयहरू बन्द गरेर तोकिएको जिम्मेवारीमा तत्काल फर्कन कर्मचारीलाई सरकारको निर्देशन मंगलबार, वैशाख २२, २०८३
डब्ल्यूएचओद्वारा दोस्रो हान्टाभाइरस सङ्मणको पुष्टि मंगलबार, वैशाख २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
यी हुन् पदाधिकारी पदमुक्त हुने निकायहरू (सूची) आइतबार, वैशाख २०, २०८३
राष्ट्रपतिद्वारा सातौँ अध्यादेश जारी आइतबार, वैशाख २०, २०८३
अर्को विवाह गर्ने एकल महिलाले सम्पत्ति फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था खारेज सोमबार, वैशाख २१, २०८३
राष्ट्रपति पाैडेलले जारी गरे अर्काे अध्यादेश शुक्रबार, वैशाख १८, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु सोमबार, वैशाख २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्