काठमाडाैं- कोरोना भाइरस (कोभिड–१९)का कारण यतिबेला संसारभरका नागरिक ठूलो समस्यासँग जुधिरहेका छन्। कोरोनाको असर बढ्दै गएपछि विभिन्न देशले सुरु गरेकाे लकडाउन अहिले पनि अधिकांश देशमा जारी छ।
लकडाउन पूर्णरुपमा कहिले खुल्छ? त्यो अहिल्यै अनुमान गर्न सक्ने स्थिति छैन। तर, लकडाउन सुरु भएपछि आम नागरिकहरुले के कस्तो समस्या झेल्नुपरेको छ? चलचित्र लकडाउनमा समेट्ने प्रयास गरिएको छ। सार्वजनिक छोटो चलचित्र लकडाउनमा एक सम्पन्न युवाको लक कसरी डाउन भइरहेको छ भन्ने देखाउन खोजिएको छ।
छाेटाे चलचित्रमा आर्थिक अवस्थाले तड्पिरहेका युवाकी प्रेमिकाले प्रेमीको अवस्था बुझेर उनीप्रति देखाएको सद्भाव र सहयोगकाे विषयलाई समेटिएकाे छ। सेलिब्रेटी टाइम्सको ब्यानरमा निर्माण गरिएको चलचित्रको मुख्य भूमिकामा अभिविन्द खनिया रहेका छन् भने उनीसँगै बर्षा भण्डारी, अनिकेत अधिकारी र प्रख्यात घिमिरेले पनि अभिनय गरेका छन्।
चलचित्रलाई संचारकर्मी रामजी ज्ञवालीले लेखन तथा निर्देशन गरेका हुन्। आफूले निर्देशन गरेको अर्को छोटो चलचित्र छिट्टै प्रदर्शन गर्ने तयारी रहेकाे ज्ञवालीले बताए। निमा शेर्पाको छायांकन तथा सम्पादनमा निर्माण भएको चलचित्रलाई काठमाडौं र ललितपुरका विभिन्न स्थानमा खिचिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।