• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २१, २०८३ Wed, Oct 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

वैज्ञानिक वन कार्यक्रमप्रति राजनीतिक दल र जनप्रतिनिधिको असन्तुष्टि

64x64
शेरबहादुर ऐर बुधबार, असार २४, २०७७  ००:०२
1140x725

धनगढी- देशभर नै अहिले वैज्ञानिक वनबारे समर्थन र विरोध भइरहेका छन्। वैज्ञानिक वनका नाममा आर्थिक अनियमितता बढेको, बुढा रुखका नाममा हरिया रुख काटिएको लगायतको आरोप एक पक्षले लगाउँदै वैज्ञानिक वन अनुपयुक्त रहेको दाबी गरेको छ भने अर्को पक्षले वैज्ञानिक वनले आर्थिक तथा सामाजिक विकासमा टेवा पुगेको दाबी गर्दै आएको छ।

वैज्ञानिक वनबारे समर्थन र विरोध बढ्दै गएपछि संघीय कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति र सार्वजनिक लेखा समितिले वैज्ञानिक वनबारे अध्ययन थालेको छ। कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले सासंद शान्ता चौधरीको संयोजकमा तीन सदस्यीय छानबिन टोली गठन गरेको छ भने सार्वजनिक लेखा समितिले प्रदिप यादवको संयोजकत्वमा समिति गठन गरेको छ।

दुई अलग–अलग टोलीले सोमबारदेखि कैलाली र कञ्चनपुरमा छानबिन अघि बढाएको हो। सोमबार कञ्चनपुरमा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले सरोकारवालाहरूसँग छलफल र स्थलगत अनुगमन गरेको थियो भने मंगलबार कैलालीका सरोकारवालाहरूसँग छलफल र वैज्ञानिक वन लागू भएका वनमा स्थलगत निरीक्षण गरेको थियो।

मंगलबार समितिले आयोजना गरेको छलफलमा वन पदाधिकारीहरूले वैज्ञानिक वन उपयुक्त भएको प्रतिक्रिया दिएका थिए भने जनप्रतिनिधि, राजनीतिक दलहरूले वैज्ञानिक वन लागू गर्न नहुने सुझाव दिएका थिए।

छलफलमा भारताल साझेदारी वनका अध्यक्ष यादव भण्डारीले वैज्ञानिक वनले आर्थिक र सामाजिक विकासमा टेवा पुर्‍याएको दाबी गरे। ‘वैज्ञानिक वनका कारण रोजगारी, आयआर्जनमा टेवा पुगेको, सामाजिक तथा आर्थिक विकासमा योगदान पुगेको छ,’ उनले भने, 'वन संरक्षण, सदुपयोग र सम्वद्र्धन लगायतका तीनवटै पाटोलाई संगसंगै लग्नुपर्छ।'
उनले व्यक्ति विशेषले वैज्ञानिक वनका नाममा गलत गर्न सकेको हुने बताए। ‘केही व्यक्तिहरूले वैज्ञानिक वनका नाममा दुरुपयोग गरेको होला’ उनले भने ‘वैज्ञानिक वन लागु भएका सबैलाई एउटै नजरले हेर्ने काम बन्द गरियोस।’ उनले गल तगर्ने मान्छेलाई छानविन गरेर कारबाहीको दायरामा ल्याउनुपर्ने बताए।

सामुदायिक वनका गोविन्द रावतले सरकारले बनाएको नीति, नियम, कार्यविधि, ऐन अनुसार वनमा काम भए नभएको सरकारले अनुगमन गर्नुपर्ने सुझाव दिए। ‘वैज्ञानिक वन कार्यक्रम रोक्नुनै थियो भने लागु किन गरिएको हो’ उनले भने –‘सरकार पनि ठेकेदार पारामा चल्न लागेको हो ?’ उनले वैज्ञानिक र सामुदायिक वनकै कारण वन डढेलो, चोरी पैठारी, अतिक्रमण नियन्त्रण भइरहेको बताए।

चुरे गाउँपालिका वडा नम्बर ३ का प्रेमराना मगरले वैज्ञानिक वनका नाममा नभई वन अन्य कारणले सखाप भइरहेको बताए। ‘वास्तवमा वन किन सखाप भइरहेको छ भनेर सरकारको ध्यान छैन,’ उनले भने, ‘वैज्ञानिक वनकै कारण सडक, शिक्षा र स्वास्थ्यमा सुधार भएको छ।’

वनकर्मी राजबहादुर ऐरले सरकारकै नीतिले वन विनाश भइरहेको बताए। ‘एकतिर चुरे संरक्षणका कार्यक्रम चल्छन्। अर्कोतिर त्यही चुरेमा वैज्ञानिक वन, सरकारले वन्यजन्तुका लागि कोरिडोर बनाउने योजना लिन्छ तर, त्यही वन मासिँदै छ,’ उनले भने। काम नलाग्ने रुखको व्यवस्थापन गर्न नसकेको  तर, हरिया रुख काट्नमा व्यस्त भएको बताए।

Ncell 2
Ncell 2
nimb
nimb

जनता समाजवादी पार्टीका गयाप्रसाद कुश्मीले वैज्ञानिक वनका नाममा वन माफियाहरू हावी भएको बताए। उनले वैज्ञानिक वनलाई व्यवस्थित गर्नुपर्ने बताए। उनले भने– हैसियत विग्रेका वनमा वैज्ञानिक वन कार्यक्रम राम्रो छ, तर यहि कार्यक्रमका नाममा हरिया रुख काट्ने प्रवृत्तिलाई रोक्नुपर्छ।

नेपाली काँग्रेस कैलाली उपसभापति प्रकाश बमले नेपाली का“ग्रेस कैलाली समितिले वैज्ञानिक वन उपयुक्त नभएको ठहर गरेको बताए। उनले भने– २०६८ सालमा कैलालीको वाह्रवन साझेदारी वनमा वैज्ञानिक वन कार्यक्रम लागु गर्दा ३१ वटा दलले विमति राखेको थियो। त्यससमयमै ८१ वटा प्लट बनाइ १९ नम्बर प्लटमा रुख काटियो।

उनले आयस्रोतकै नाममा वैज्ञानिक वन लागु गर्न नहुने बताए।

नेकपाका कैलाली अध्यक्ष रतन थापाले वैज्ञानिक वनको उद्देश्य राम्रो भएपनि कार्यान्वयन फितलो भएको बताए। उनले भने– वनको व्यवस्थापन गर्नुपर्छ तर, वैज्ञानिक होइन।
गौरिगंगा नगरपालिकाका नगर प्रमुख भीमबहादुर देउवाले वनको संरक्षण गर्ने जनताले त्यही उपयोग गर्न नपाएको गुनासो गरे।

Xtrem

Xtrem

जिल्ला समन्वय समिति कैलालीका प्रमुख सूर्यबहादुर थापाले वैज्ञानिक वनका नाममा सबै रुख काटिन उचित नभएको बताए। उनले भने– चुरेमा वैज्ञानिक वन लागु गर्दा पुरै तराइनै जोखिममा परेको छ। कहिले पहिरो त कहिले बाढी आउने गरेको छ। पानीका मुहानहरू पनि सुकेका छन्।’

सुदूरपश्चिम प्रदेशको अर्थ विकास तथा प्राकृतिक स्रोत समिति सभापति हर्कबहादुर कु“वरले वैज्ञानिक वन कार्यक्रम भएका क्षेत्रमा प्रदेश सभा सदस्यहरूले अनुगमन गरि प्रतिवेदन प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयमा बुझाएको जानकारी दिए।

आवश्यक परे कानुनमा संशोधन गरिन्छ : सांसद चौधरी
संघीय संसद्को कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सदस्य शान्ता चौधरी वनलाई व्यवस्थित बनाउन आवश्यक परे कानुनमा संशोधन गर्न लगाउने बताइन्। ‘सरकारले बनाएका कानुनहरू सबै र सधै राम्रो हुन्छ भन्ने होइन’ उनले भनिन –‘परिस्थिति र समयको माग अनुसार संशोधन गरिन्छ।’ उनले वैज्ञानिक वनबारे आएका सुझावलाई ज्यूका त्यू प्रतिवेदन तयार गरिने बताइन। उनले समितिमा वैज्ञानिक वनबारे उजुरी आएपछि समितिले अनुगमन र छानविन शुरु गरेको बताइन। उनले वैज्ञानिक वन व्यवस्थापनको नाममा भएको वन फँडानीबारे छानबिन शुरु गरिएको बताइन्।

चौधरीसंगै सांसद सत्यनारायण शर्मा खनाल र राजबहादुर बुढा क्षेत्री पनि रहेका छन्। उनले वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम लागु भएका सामुदायिक वनका पदाधिकारीले आर्थिक अनियमितता गर्ने, बूढा रूख राख्ने र साना रूख काट्ने, रुख कटानमा जोड दिने तर वन संरक्षणमा जोड नदिनेलगायतका गुनासा उपभोक्ताको रहेको उनले बताइन्।
‘वनका प्राविधिकहरूले समेत उपभोक्ताबाट भत्ता, खाना खर्च माग्ने गरेको गुनासो आएको छ,’ उनले भनिन्, ‘यी कुरा यथार्थ हुन् या होइनन् भन्ने बुझ्नका लागि हाम्रो टोली यहा“ आएको हो।’ 

प्रकाशित मिति: बुधबार, असार २४, २०७७  ००:०२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शेरबहादुर ऐर
शेरबहादुर नेपाललाइभका संवाददाता हुन्
लेखकबाट थप
अदालतमै चलिरहेको रिटको बेवास्ता गर्दै धनगढीमा जग्गासम्बन्धी कार्यविधि लागू
धनगढीको सरकारी गाडी चेकजाँचका क्रममा रोक्दा नगर प्रमुख हमालको प्रहरीमाथि आक्रोश– ‘कैलाली जिल्ला प्रहरी?’
स्थानीय तहमा जथाभावी नदिजन्य पदार्थ उत्खनन बढ्दो
सम्बन्धित सामग्री
जनकपुरको दलित बस्ती धर्मवाण टोलमा सडक, नाला र ढलको अभाव धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१९ स्थित धर्मवाण टोलका बासिन्दाले सडक, नाला, ढल र बिजुलीलगायत आधारभूत पूर्वाधारको अभाव भोग्दै आएका... बुधबार, असोज २१, २०८३
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि प... सोमबार, असोज १९, २०८३
जितीया पर्वले आपसी सम्मान र सद्भाव कायम गर्दछ: राष्ट्रपति पौडेल जितीया पर्वको अवसरमा आज उनले सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्दै यस्ता पर्वले आपसी सहिष्णुताको भावन... शनिबार, असोज १७, २०८३
ताजा समाचारसबै
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
कांग्रेसकाे नेता बन्न तम्सिए पत्रकार, काे कुन पदमा? बुधबार, असोज २१, २०८३
१० वर्षमुनिका बालबालिकामा मोटोपन घटाउने औषधि वा शल्यक्रिया नगर्न डब्लुएचओको सुझाव बुधबार, असोज २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
मलंगवा नगरपालिकाका इन्जिनियर र सुपरभाइजर १ लाख रुपैयाँ घुससहित रङगेहात पक्राउ बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक मंगलबार, असोज २०, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
एमालेमा ओलीको आलोचना गर्न प्रतिबन्ध मंगलबार, असोज २०, २०८३
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्