• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, पुस १८, २०८२ Fri, Jan 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

वैज्ञानिक वन कार्यक्रमप्रति राजनीतिक दल र जनप्रतिनिधिको असन्तुष्टि

64x64
शेरबहादुर ऐर बुधबार, असार २४, २०७७  ००:०२
1140x725

धनगढी- देशभर नै अहिले वैज्ञानिक वनबारे समर्थन र विरोध भइरहेका छन्। वैज्ञानिक वनका नाममा आर्थिक अनियमितता बढेको, बुढा रुखका नाममा हरिया रुख काटिएको लगायतको आरोप एक पक्षले लगाउँदै वैज्ञानिक वन अनुपयुक्त रहेको दाबी गरेको छ भने अर्को पक्षले वैज्ञानिक वनले आर्थिक तथा सामाजिक विकासमा टेवा पुगेको दाबी गर्दै आएको छ।

वैज्ञानिक वनबारे समर्थन र विरोध बढ्दै गएपछि संघीय कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति र सार्वजनिक लेखा समितिले वैज्ञानिक वनबारे अध्ययन थालेको छ। कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले सासंद शान्ता चौधरीको संयोजकमा तीन सदस्यीय छानबिन टोली गठन गरेको छ भने सार्वजनिक लेखा समितिले प्रदिप यादवको संयोजकत्वमा समिति गठन गरेको छ।

दुई अलग–अलग टोलीले सोमबारदेखि कैलाली र कञ्चनपुरमा छानबिन अघि बढाएको हो। सोमबार कञ्चनपुरमा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले सरोकारवालाहरूसँग छलफल र स्थलगत अनुगमन गरेको थियो भने मंगलबार कैलालीका सरोकारवालाहरूसँग छलफल र वैज्ञानिक वन लागू भएका वनमा स्थलगत निरीक्षण गरेको थियो।

मंगलबार समितिले आयोजना गरेको छलफलमा वन पदाधिकारीहरूले वैज्ञानिक वन उपयुक्त भएको प्रतिक्रिया दिएका थिए भने जनप्रतिनिधि, राजनीतिक दलहरूले वैज्ञानिक वन लागू गर्न नहुने सुझाव दिएका थिए।

छलफलमा भारताल साझेदारी वनका अध्यक्ष यादव भण्डारीले वैज्ञानिक वनले आर्थिक र सामाजिक विकासमा टेवा पुर्‍याएको दाबी गरे। ‘वैज्ञानिक वनका कारण रोजगारी, आयआर्जनमा टेवा पुगेको, सामाजिक तथा आर्थिक विकासमा योगदान पुगेको छ,’ उनले भने, 'वन संरक्षण, सदुपयोग र सम्वद्र्धन लगायतका तीनवटै पाटोलाई संगसंगै लग्नुपर्छ।'
उनले व्यक्ति विशेषले वैज्ञानिक वनका नाममा गलत गर्न सकेको हुने बताए। ‘केही व्यक्तिहरूले वैज्ञानिक वनका नाममा दुरुपयोग गरेको होला’ उनले भने ‘वैज्ञानिक वन लागु भएका सबैलाई एउटै नजरले हेर्ने काम बन्द गरियोस।’ उनले गल तगर्ने मान्छेलाई छानविन गरेर कारबाहीको दायरामा ल्याउनुपर्ने बताए।

सामुदायिक वनका गोविन्द रावतले सरकारले बनाएको नीति, नियम, कार्यविधि, ऐन अनुसार वनमा काम भए नभएको सरकारले अनुगमन गर्नुपर्ने सुझाव दिए। ‘वैज्ञानिक वन कार्यक्रम रोक्नुनै थियो भने लागु किन गरिएको हो’ उनले भने –‘सरकार पनि ठेकेदार पारामा चल्न लागेको हो ?’ उनले वैज्ञानिक र सामुदायिक वनकै कारण वन डढेलो, चोरी पैठारी, अतिक्रमण नियन्त्रण भइरहेको बताए।

चुरे गाउँपालिका वडा नम्बर ३ का प्रेमराना मगरले वैज्ञानिक वनका नाममा नभई वन अन्य कारणले सखाप भइरहेको बताए। ‘वास्तवमा वन किन सखाप भइरहेको छ भनेर सरकारको ध्यान छैन,’ उनले भने, ‘वैज्ञानिक वनकै कारण सडक, शिक्षा र स्वास्थ्यमा सुधार भएको छ।’

वनकर्मी राजबहादुर ऐरले सरकारकै नीतिले वन विनाश भइरहेको बताए। ‘एकतिर चुरे संरक्षणका कार्यक्रम चल्छन्। अर्कोतिर त्यही चुरेमा वैज्ञानिक वन, सरकारले वन्यजन्तुका लागि कोरिडोर बनाउने योजना लिन्छ तर, त्यही वन मासिँदै छ,’ उनले भने। काम नलाग्ने रुखको व्यवस्थापन गर्न नसकेको  तर, हरिया रुख काट्नमा व्यस्त भएको बताए।

Ncell 2
Ncell 2

जनता समाजवादी पार्टीका गयाप्रसाद कुश्मीले वैज्ञानिक वनका नाममा वन माफियाहरू हावी भएको बताए। उनले वैज्ञानिक वनलाई व्यवस्थित गर्नुपर्ने बताए। उनले भने– हैसियत विग्रेका वनमा वैज्ञानिक वन कार्यक्रम राम्रो छ, तर यहि कार्यक्रमका नाममा हरिया रुख काट्ने प्रवृत्तिलाई रोक्नुपर्छ।

नेपाली काँग्रेस कैलाली उपसभापति प्रकाश बमले नेपाली का“ग्रेस कैलाली समितिले वैज्ञानिक वन उपयुक्त नभएको ठहर गरेको बताए। उनले भने– २०६८ सालमा कैलालीको वाह्रवन साझेदारी वनमा वैज्ञानिक वन कार्यक्रम लागु गर्दा ३१ वटा दलले विमति राखेको थियो। त्यससमयमै ८१ वटा प्लट बनाइ १९ नम्बर प्लटमा रुख काटियो।

उनले आयस्रोतकै नाममा वैज्ञानिक वन लागु गर्न नहुने बताए।

नेकपाका कैलाली अध्यक्ष रतन थापाले वैज्ञानिक वनको उद्देश्य राम्रो भएपनि कार्यान्वयन फितलो भएको बताए। उनले भने– वनको व्यवस्थापन गर्नुपर्छ तर, वैज्ञानिक होइन।
गौरिगंगा नगरपालिकाका नगर प्रमुख भीमबहादुर देउवाले वनको संरक्षण गर्ने जनताले त्यही उपयोग गर्न नपाएको गुनासो गरे।

जिल्ला समन्वय समिति कैलालीका प्रमुख सूर्यबहादुर थापाले वैज्ञानिक वनका नाममा सबै रुख काटिन उचित नभएको बताए। उनले भने– चुरेमा वैज्ञानिक वन लागु गर्दा पुरै तराइनै जोखिममा परेको छ। कहिले पहिरो त कहिले बाढी आउने गरेको छ। पानीका मुहानहरू पनि सुकेका छन्।’

सुदूरपश्चिम प्रदेशको अर्थ विकास तथा प्राकृतिक स्रोत समिति सभापति हर्कबहादुर कु“वरले वैज्ञानिक वन कार्यक्रम भएका क्षेत्रमा प्रदेश सभा सदस्यहरूले अनुगमन गरि प्रतिवेदन प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयमा बुझाएको जानकारी दिए।

आवश्यक परे कानुनमा संशोधन गरिन्छ : सांसद चौधरी
संघीय संसद्को कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सदस्य शान्ता चौधरी वनलाई व्यवस्थित बनाउन आवश्यक परे कानुनमा संशोधन गर्न लगाउने बताइन्। ‘सरकारले बनाएका कानुनहरू सबै र सधै राम्रो हुन्छ भन्ने होइन’ उनले भनिन –‘परिस्थिति र समयको माग अनुसार संशोधन गरिन्छ।’ उनले वैज्ञानिक वनबारे आएका सुझावलाई ज्यूका त्यू प्रतिवेदन तयार गरिने बताइन। उनले समितिमा वैज्ञानिक वनबारे उजुरी आएपछि समितिले अनुगमन र छानविन शुरु गरेको बताइन। उनले वैज्ञानिक वन व्यवस्थापनको नाममा भएको वन फँडानीबारे छानबिन शुरु गरिएको बताइन्।

चौधरीसंगै सांसद सत्यनारायण शर्मा खनाल र राजबहादुर बुढा क्षेत्री पनि रहेका छन्। उनले वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम लागु भएका सामुदायिक वनका पदाधिकारीले आर्थिक अनियमितता गर्ने, बूढा रूख राख्ने र साना रूख काट्ने, रुख कटानमा जोड दिने तर वन संरक्षणमा जोड नदिनेलगायतका गुनासा उपभोक्ताको रहेको उनले बताइन्।
‘वनका प्राविधिकहरूले समेत उपभोक्ताबाट भत्ता, खाना खर्च माग्ने गरेको गुनासो आएको छ,’ उनले भनिन्, ‘यी कुरा यथार्थ हुन् या होइनन् भन्ने बुझ्नका लागि हाम्रो टोली यहा“ आएको हो।’ 

प्रकाशित मिति: बुधबार, असार २४, २०७७  ००:०२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शेरबहादुर ऐर
शेरबहादुर नेपाललाइभका संवाददाता हुन्
लेखकबाट थप
अदालतमै चलिरहेको रिटको बेवास्ता गर्दै धनगढीमा जग्गासम्बन्धी कार्यविधि लागू
धनगढीको सरकारी गाडी चेकजाँचका क्रममा रोक्दा नगर प्रमुख हमालको प्रहरीमाथि आक्रोश– ‘कैलाली जिल्ला प्रहरी?’
स्थानीय तहमा जथाभावी नदिजन्य पदार्थ उत्खनन बढ्दो
सम्बन्धित सामग्री
आज तमु ल्होसार पर्व मनाइँदै, सार्वजनिक बिदा ल्हो को अर्थ ‘वर्ष’ र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । मंगलबार, पुस १५, २०८२
आज क्रिसमस डे मनाइँदै, देशभर सार्वजनिक बिदा आजभन्दा दुई हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो । पवित्र आत्माबाट गर्भवती भई क... बिहीबार, पुस १०, २०८२
जुम्लामा ‘ठूली भैली’ शुरु कर्णालीमा पुस महिनामा सबैले सबै काम सकाएर बसिरहेको वेला सबै मिलेर रमाइलो गर्दै हिउँदको महिनामा ठूली भैलो खेल्ने चलन छ। औँसीदेखि पञ्च... सोमबार, पुस ७, २०८२
ताजा समाचारसबै
आइतबारसम्म सम्झौता नगरे आन्दोलन गर्छौं : दुर्गा प्रसाईं बिहीबार, पुस १७, २०८२
कालिकोटबाट प्रचण्डको नाम एकल सिफारिस बिहीबार, पुस १७, २०८२
विशेष महाधिवेशन गर्ने कांग्रेस महामन्त्रीद्वयको निर्णयपछि भृकुटीमण्डपको हल बुक बिहीबार, पुस १७, २०८२
रवि लामिछाने र छविलाल जोशीलाई धरौटीमा छाड्ने आदेश उच्च अदालतद्वारा सदर बिहीबार, पुस १७, २०८२
समानुपातिकको बन्दसूची सच्याउन दलका प्रतिनिधिसँग आयोगद्वारा छलफल बिहीबार, पुस १७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना बुधबार, पुस १६, २०८२
रवि लामिछाने र छविलाल जोशीलाई धरौटीमा छाड्ने आदेश उच्च अदालतद्वारा सदर बिहीबार, पुस १७, २०८२
निकोलस भुसाललाई अस्पताल लगियो बुधबार, पुस १६, २०८२
सुनसरीको लौकही बजार तनावग्रस्त, स्थिती नियन्त्रणमा लिन प्रहरीले हान्यो अश्रु ग्यास बिहीबार, पुस १७, २०८२
विशेष महाधिवेशन गर्ने कांग्रेस महामन्त्रीद्वयको निर्णयपछि भृकुटीमण्डपको हल बुक बिहीबार, पुस १७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बालेनसँगको वार्तापछि बाहिरिए रवि, सञ्चारकर्मीसँग प्रतिप्रश्न- मेरो अनुहारले के भन्छ ? बिहीबार, पुस १०, २०८२
बालेनलाई भेटेपछि कांग्रेस नेता शर्माले भने- संसद् पुनर्स्थापनाबारे छलफल भयो बिहीबार, पुस १०, २०८२
यस्तो छ रास्वपा पक्षका ११० जना समानुपातिक उम्मेदवारको सूची मंगलबार, पुस १५, २०८२
पाकिस्तानी सेनाकै गढ रावपिन्डीमा हिन्दू विरासतको अन्त्य, कुनैबेलाका बहुसंख्यक, अहिले अस्तित्व नै खतरामा आइतबार, पुस १३, २०८२
राप्रपाबाट को–को समेटिए समानुपातिकको बन्दसूचीमा ? (नामावलीसहित) मंगलबार, पुस १५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्