काठमाडौं–इंग्लिस प्रिमियर लिगमा टोटनह्यामले एभर्टनलाई पराजित गरेको छ। सोमबार राति भएको खेलमा घरेलु टिम टोटनह्यामले एभर्टनलाई १-० गोलअन्तरले पराजित गरेको हो। एभर्टनका माइकल किनले आत्मघाति गोल गरेपछि टोटनह्यामको जित सुनिश्चित भएको हो।
खेलको २४औं मिनेटमा किनले जियोभानी लो सेल्सोले ह्यारी केनको पासमा प्रहार गरेको बल बचाउने प्रयासमा आफ्नै पोष्टमा गोल गर्न पुगे। लिभरपुलले बाँकी समयमा रोक्दै जित हात पारेको हो।
जितसँगै टोटनह्याम लिगको आठौं स्थानमा उक्लिएको छ। ३३ खेलबाट लिभरपुलको ४८ अंक छ। पराजित एभर्टन भने ३३ खेलबाट ४४ अंकसहित लिगको ११औं स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।