काठमाडौं– जुत्ताभित्र लुकाएर सुन तस्करी गर्न खोज्ने भारतीय नागरिक त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पक्राउ परेका छन्। प्रहरीले बिहिबार भारतीय नागरिक सर्फराज रहमानलाई ६० तोला सुनसहित पक्राउ गरेको हो।
भारतको हैदरावाद घर भएका उनी फ्लाइ दुबईको विमानबाट दुबइबाट काठमाडौं आएका थिए। उनले लगाएको जुत्ताभित्र सुनको बिस्कुट भेटिएको प्रहरीले जनाएको छ।
विमानस्थलस्थित भन्सार कार्यालयले उनीमाथि थप अनुसन्धान अघि बढाइएको छ। विमानस्थलमा भारतीय नागरिकहरु पटक पटक पक्राउ पर्दै आएका छन्। बरामद सुनको नेपाली बजारमा करिब ३२ लाख रुपैयाँ पर्दछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।