• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

तीन आइजिपी फेरिए, सइको बढुवा भएन

64x64
नेपाल लाइभ बिहीबार, वैशाख ६, २०७५  ०९:५२
1140x725

काठमाडौं– नेपाल प्रहरीमा इन्सपेक्टरको पद रिक्त हुँदा प्रहरी महानिरीक्षक (आइजिपी) थिए, उपेन्द्रकान्त अर्याल। बढुवाको तयारी हुँदै गर्दा उनले २०७३ फागुन १ गते अवकाश पाए। त्यसपछिका केही महिना प्रहरी नेतृत्वमा संक्रमणकाल छायो। 

गतवर्ष असारमा तत्कालीन गृहमन्त्री जनार्दन शर्माले पत्रकार सम्मेलन नै गरेर प्रहरी नियमावली संशोधनमार्फत इन्सपेक्टरका रिक्त पदमध्ये ६० प्रतिशत बढुवामार्फत तत्काल पूर्ति गरिने बताए। गृहमन्त्रीको भनाइपछि बढुवाका आकांक्षी प्रहरी नायब निरीक्षक (सइ) हरुमा उत्साहको सञ्चार भयो। तर, बढुवाको तयारी हुँदै गर्दा शर्मालाई बिनाविभागीय मन्त्री बनाइयो। बढुवा प्रक्रिया फेरि अन्योलमा पर्‍यो। 

प्रकाश अर्याल आइजिपी भएपछि बढुवा प्रक्रियाले निरन्तरता पाउने प्रहरी अधिकारीहरुको अपेक्षा थियो। गृह मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवाले पनि सइबाट इन्सपेक्टर बढुवाको प्रयास गरे। तर, आफू निकट व्यक्तिहरुलाई मात्र बढुवा सिफारिस गरेपछि तत्कालीन आइजिपी अर्यालले बढुवा प्रक्रिया अघि बढाएनन्। यसअघि डिआइजी र एआइजीका दरबन्दी नै थपेर बढुवा भए पनि सइबाट इन्सपेक्टर बढुवामा निर्णय हुन सकेन। 

यसपछि सरकार विभिन्न चरणको चुनावमा अल्झियो। चुनाव सकिएपछि पनि देउवा सरकारले बढुवाको तयारी त गर्‍यो तर सफल भएन। 

नयाँ सरकार बनेलगत्तै बढुवा प्रक्रिया सुरु हुने उनीहरुको अपेक्षा थियो। तर केपी ओली नेतृत्वको सरकारले दुई महिना पार गरे पनि बढुवा प्रक्रिया सुरु भएको छैन। 

आखिर माथिल्ला पदहरुमा भन्दा सइबाट इन्सपेक्टर बढुवामा किन यति धेरै उल्झन छ त? 

प्रहरीको कर्मचारी प्रशासन शाखाका एक कर्मचारीका अनुसार बढुवामा अत्यधिक दबाब नै उल्झनको प्रमुख कारण हो। बढुवाका अधिकांश आकांक्षी ठूला नेताका अंगरक्षकहरु छन्। जसरी पनि बढुवामा पर्न उनीहरुले दबाब दिँदा समस्या परेको हो। त्यसरी नेताहरुमार्फत दबाब दिनेहरुको सूची रिक्त संख्याभन्दा दोब्बर हुने गरेको एक प्रहरी अधिकारीले बताए।

‘रिक्त पदमा बढुवा गर्न नसक्नु आइजिपीको दबाब झेल्ने र निर्णय क्षमताको अभाव हो,’ उनले भने, ‘खासगरी तल्लो तहका पीडा नेतृत्वले कहिल्यै बुझ्दैन।’ 

Ncell 2
Ncell 2
nimb
nimb

सइको दर्जालाई प्रहरी संगठनमा ‘मेरुदण्ड’का रुपमा लिइन्छ। खासगरी हरेकजसो अपराध अनुसन्धानमा उनीहरुकै योगदान हुने गरेको छ। तर, वृत्ति विकासमा भने उनीहरु माथि आउन सकेका छैनन्।

हालको प्रहरी नियमावली अनुसार इन्सपेक्टरको रिक्त पदमध्ये ४० प्रतिशत बढुवामार्फत तथा ६० प्रतिशत खुल्ला प्रतिस्पर्धाबाट पदपूर्ति हुने प्रावधान छ। दुई पटक इन्सपेक्टर भर्ना प्रक्रिया अघि बढ्दा समेत बढुवामार्फत हुने पदहरु रिक्त नै छन्। हाल बढुवामार्फत पदपूर्ति गर्नुपर्ने इन्सपेक्टरको ७३ पद रिक्त छन्। 

नयाँ प्रहरी महानिरीक्षकमा भरखरै नियुक्त भएका सर्वेन्द्र खनालले तत्काल बढुवा सुरु गर्ने बताएपछि भने फेरि उनीहरुको अपेक्षा बढेको छ। तर, यसपटक पनि विगतमा जस्तै नेताहरुको दबाबका कारण बढुवा प्रक्रिया रोकिने हो कि भन्ने बढुवाका आकांक्षीहरुमा आशंका छ।

यसरी लामो समयदेखि ठुलो संख्यामा पदहरु रिक्त रहदा एकातर्फ संगठनको जनशक्तिको अभावको समस्या भइरहेको छ भने अर्काेतर्फ समयमा वृत्तिविकास नहुँदा प्रहरीमा नैराश्यता छाएको छ। अप्रत्यक्ष रुपमा त्यसको असर शान्ति सुरक्षामै पर्ने प्रहरी अधिकारीहरु बताउँछन्। 

Xtrem

Xtrem

कर्मचारी प्रशासन शाखालाई बढुवाको तयारी गर्न समेत आइजिपी खनालले निर्देशन दिइसकेका छन्। उनले २०६० सालसम्मका सइलाई मात्र बढुवा गर्ने तयारी गरेका छन्। 

नेताहरुको चाकडी गर्नेहरु मात्र बढुवामा पर्छन् कि फिल्डमा काम गर्नेहरुलाई आइजिपीले प्राथमिकता दिन्छन्, उनीहरुको चिन्ताको विषय छ।

प्रकाशित मिति: बिहीबार, वैशाख ६, २०७५  ०९:५२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेस महाधिवेशन : मतदानको समय बेलुका ७ बजेसम्म थपियो
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
कांग्रेस महाधिवेशन : मतदानको समय बेलुका ७ बजेसम्म थपियो शुक्रबार, असोज २३, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
दीपक भट्टका पिताले गरे मानव अधिकार संरक्षणको माग, मुद्दासँग सम्बन्ध नरहेको जिल्लाको कारागार सरुवामा प्रश्न शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
सशस्त्र प्रहरीका निलम्बित एआईजी दाहाललाई सेवाबाट हटाउन सिफारिस शुक्रबार, असोज २३, २०८३
नाना पाटेकरको हृदयघातबाट निधन बिहीबार, असोज २२, २०८३
देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्