काठमाडौं-इंग्लिस प्रिमियर लिगको दोस्रो स्थानमा रहेको म्यान्चेस्टर सिटी साउथह्याम्पटनसँग पराजित भएको छ।
आइतबार राति भएको खेलमा सिटी लिगको १४ औं स्थानमा रहेको साउथह्याम्पटनसँग १-० गोलले स्तब्ध बनेको हो। साउथह्याम्पटनको जितमा चे आडम्सले गोल गरे।
सिटीविरुद्ध घरेलु टोली साउथह्याम्पटनले १६औं मिनेटमा नै गोल गर्न सफल भएको थियो। आडम्सको गोलबाट अग्रता लिएको साउथह्याम्पटनले सिटीविरुद्ध उत्कृष्ट प्रदर्शन गरेको हो। अधिकांश समय बल सिटीको नियन्त्रणमा रहेपनि गोल गर्न भने सकेन।
पहिलो हाफमा १-० गोलको अग्रता लिएको साउथह्याम्पटनले दोस्रो हाफमा सिटीलाई रोक्दै जित निकालेको हो।
यो जितसँगै साउथह्याम्पटनले ३३ खेलबाट ४३ अंक बनाउँदै लिगको १३औं स्थानमा उक्लिएको छ। लिगको दोस्रो स्थानमा रहेको सिटीको भने ३३ खेलबाट ६६ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।