काठमाडौं-इंग्लिस प्रिमियर लिग फुटबलमा च्याम्पियन भइसकेको लिभरपुलले एस्टोन भिल्लालाई पराजित गरेको छ।
आइतबार राति भएको खेलमा लिभरपुलले एस्टोन भिल्लालाई २-० गोलले पराजित गरेको हो। लिभरपुलको जितमा साडियो माने र कर्टिस जोन्सले गोल गरे। पहिलो हाफसम्म गोलरहित बराबरीमा रोकेको एस्टोन भिल्लाले दोस्रो हाफमा गोल खानबाट बच्न सकेन।
खेलको ७१औं मिनेटमा मानेले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए। ८९औं मिनेटमा जोन्सले गोल गरेपछि लिभरपुलले २–० गोलको जित निकालेको हो।
इंग्लिस प्रिमियर लिगको उपाधि यसअघि नै लिभरपुलले जितिसकेको छ। सात खेल अघि नै प्रिमियर लिगको उपाधि जितेको लिभरपुलको यो जितसँगै ३३ खेलबाट ८९ अंक भएको छ। पराजित एस्टोन भिल्ला भने ३३ खेलबाट २७ अंक बनाउँदै लिगको १८ औं स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।