काठमाडौं–स्पेनिस ला लिगा फुटबलमा लिगको शीर्ष स्थानमा रहेको रियल मड्रिडले कठिन जित निकालेको छ।
आइतबार राति भएको खेलमा एथ्लेटिको बिलबाओलाई रियलले १–० गोलको संघर्षपूर्ण जित हात पारेको हो। रियलको जितमा कप्तान सर्जियो रामोसले गोल गरे।
पहिलो हाफ गोलरहित बराबरीमा रोकेको एथ्लेटिको बिलबाओले दोस्रो हाफमा भने आफ्नै खेलाडीको कमजोरीका कारण गोल खान पुग्यो। खेलको ६९औं मिनेटमा एथ्लेटिको बिलबाओका डेनी गार्सियाले मार्सेलोलाई फउल गरेपछि भारबाट पेनाल्टीको छिनोफानो गरिएको थियो।
पेनाल्टीबाट गोल गर्दै ७३औं मिनेटमा रामोसले रियललाई १-० गोलको जित दिलाए।
यो जितसँगै रियलले ३४ खेलबाट ७७ अंक बनाएको छ। स्पेनिस ला लिगाको उपाधि नजिक रहेको रियल मड्रिडले बार्सिलोनासँग ४ अंकको अग्रता बनाएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।