काठमाडौं– फिल्म हलहरुले आफुहरुलाई शोषण गरेको भन्दै फिल्म निर्माताहरु आन्दोलनमा उत्रने तयारी गरेका छन्। जेठ २ गतेदेखि हलमा फिल्म नै चल्न नदिने उनीहरुको तयारी छ।
हलले आफुहरुलाई फिल्मको ५० प्रतिशत आम्दानी दिनुपर्ने भन्दै उनीहरु आन्दोलनमा उत्रिन लागेका हुन्। अहिले पहिलो हप्ता ५० प्रतिशत, दोस्रो हप्ता ४० प्रतिशत र त्यसपछि ३० प्रतिशत मात्र निर्माताहरुले पाउने गरेका छन्। यो प्रावधानले आफुहरुलाई अन्याय भएको भन्दै उनीहरुले आन्दोलन गर्न लागेका हुन्। शनिबार भेला बोलाएर निर्माताहरुको आन्दोलनको तयारी गरेका हुन्।
‘धेरै जसो नेपाली फिल्महरु माउथ पब्लिलिटीको आधारमा चल्दछ,’ निर्माता संघका महासचिव रोज राणा भन्छन्,‘दर्शकहरु पहिलो भन्दा दोस्रो र तेस्रो हप्तामा धेरै आउँछन्, तर, दोस्रो र तेस्रो हप्ता निर्माताहरुले थोरै मात्र पाउँदा हामी मर्कामा परेका छौं।’ कुल टिकट बिक्रिको ५० प्रतिशत हल सञ्चालकले आफुहरुलाई दिनुपर्ने नत्र जेठ २ गतेदेखि नेपाली तथा हिन्दी कुनै पनि फिल्म चल्न नदिइने उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।