काठमाडौं-इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले वाटफोर्डलाई पराजित गरेको छ।
शनिबार राति भएको खेलमा घरेलु टिम चेल्सीले वाटफोर्डलाई ३-० गोलअन्तरले स्तब्ध बनाएको हो। चेल्सीको जितमा ओलिभर जिराउड, विलियन र रोस बाक्र्लीले गोल गरे।
पहिलो हाफमा दुई गोलको अग्रता लिएको चेल्सीले दोस्रो हाफमा एक गोल थप्न सक्यो। २८औं मिनेटमा जिराउडले गोल गर्दा ४३औं मिनेटमा पेनाल्टीबाट गोल गर्दै विलियनले चेल्सीलाई पहिलो हाफसम्म २-० गोलको अग्रता दिलाए। खेलको अतिरिक्त समयमा बाक्र्लीले गोल गर्दै चेल्सीलाई ३-० गोलको जित दिलाए।
त्यस्तै, शनिबार राति नै भएको खेलमा लिगको तेस्रो स्थानमा रहेको लेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० गोलअन्तरले नै पराजित गरेको छ।
३३ खेलबाट ५८ अंक जोडेको लेस्टर तेस्रो स्थानमा छ। त्यस्तै, पराजित क्रिस्टल प्यालेस भने १३औं स्थानमा छ। यता, चेल्सी भने लिगको चौथौं स्थानमा छ। लेस्टर सिटीभन्दा एक अंकले पछि रहेको चेल्सीको ३३ खेलबाट ५७ अंक छ। प्रिमियर लिगको उपाधि भने यसअघि नै लिभरपुलले जितिसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।