काठमाडौं – गायक भुपु पाण्डे र गायिका प्रवीषा अधिकारीको स्वरमा ‘मायालु’ बोलको गीत रिलिज भएको छ।
राजेश अर्यालको अफिसियल युट्युबटबाट गीतको म्युजिक भिडियो रिलिज गरिएको हो ।गीतका संगीतकार गायक पाण्डेनै हुन्।
आफ्ना हरेक गीतहरूमा नयाँ प्रयोग गर्दै आएका गायक पाण्डेले फरक शैलीको गीत बनाएको बताएका छन् । आधुनिक, शास्त्रीय संगीत र लोकलय मिसिएको छ। उनले भने, ‘राजेश अर्यालले लेख्नुभएको शब्द राम्रा छन् । संगीत, स्वर र म्युजिक भिडियोमा हामीले राम्रो गर्ने प्रयास गरेका छौं।’
म्युजिक भिडियोको निर्देशन मोडल समेत रहेका सुनिल क्षेत्रीले गरेका छन् । क्षेत्रीले गीतका भावअनुसार आफूले निर्देशन गरेको बताए । ‘गीतको शब्द र संगीतलाई सकेसम्म म्युजिक भिडियोमा जस्ताको त्यस्तै उतार्ने प्रयास गरेको छु’, उनले भने, ‘यो गीत दीर्घकालसम्म सुन्न र हेर्नका लागि मैले उत्तम ठानेको छ।’
क्षेत्री र वीना राउतको जोडीलाई म्युजिक भिडियोमा अभिनय गरेको देख्न पाइन्छ।
मोडल क्षेत्री युवापुस्तामा पछिल्लो समय लोकप्रिय छन् । उनले निर्देशन गरेका र अभिनय रहेका म्युजिक भिडियोहरू युट्युबमा निकै रुचाइएकामा पर्छन्।
अमृत चापागाइँको सम्पादन, नवराज उप्रेतीको छायाँकनमा निर्माण भएको ‘मायालु’लाई ‘द पीक’मा रेकर्ड गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।