नयाँ दिल्ली- बलिउडकी चर्चित नृत्य निर्देशक सरोज खानको ७१ वर्षको उमेरमा शुक्रबार बिहान निधन भएको छ। उनले हवा हावाइ, ढक ढक र एक दो तीनलगायतका दर्जनौं चर्चित गितको नृत्य निर्देशन गरेकी थिइन्। उनी बलिउडमा झण्डै चार दशक सक्रिय भएकी थिइन्।
तीन पटक राष्ट्रिय अवार्ड विजेता खान पछिल्लो केही समयदेखि अस्वस्थ भएकी थिइन्। उनीलाई गत जुन २० मा गुरु नानक अस्पतालमा भर्ना गरिएको थियो। उनलाई कोरोना परीक्षण समेत गरिएपनि संक्रमण भने नदेखिएको चिकित्सकहरुले बताएका छन्।
‘उहाँको गएराती साढे २ बजे अस्पतालमै निधन भयो,’ खानका भान्जा मनिष जग्वानीले पिटिआईसँग भने। खानका एक छोरा राज खान र छोरी सुकैना खान रहेका छन्। उनको निधनप्रति भारतका सयौं कलाकार र लाखौं सुभेच्छुकहरुले दुःख व्यक्त गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।