काठमाडौं–कोरोना भाइरस (कोभिड-१९) का कारण साफ च्याम्पियनसिप फुटबल एक वर्षका लागि सरेको छ। योसँगै अब साफ च्याम्पियनसिप २०२१ मा हुने भएको हो।
दक्षिण एसियाली फुटबल महासंघ (साफ) को सोमबार बसेको बैठकले साफ च्याम्पियनसिप एक वर्षपछि आयोजना गर्ने निर्णय गरेको हो। यसै वर्षको सेप्टेम्बरमा बंगलादेशमा प्रतियोगिता हुँदै थियो।
२०१८ मा बंगलादेशमै भएको साफ च्याम्पियनसिपको उपाधि माल्दिभ्सले जितेको थियो। जहाँ सेमिफाइनलमा नेपाल माल्दिभ्ससँगै पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो।
त्यस्तै, पुरुष र महिलाको साफ यु-१५ र महिलाको यु-१८ साफ च्याम्पियनसिप भने अन्याेलमै छ। आगामी सेप्टेम्बरमा साफको बैठक बस्दैछ। बैठकले उमेर समूहको साफ च्याम्पियनसिपको टुंगो लगाउने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।