• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ १०, २०८३ Wed, Aug 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

सुस्मिता क्षेत्री हत्याकाण्ड : छोराको मृत्युको क्षतिपूर्ति लिँदा बुहारीको गयो ज्यान

64x64
नारायण अधिकारी सोमबार, असार १५, २०७७  १६:५०
1140x725

काठमाडौं- मकवानपुरको हेटौंडा उपमहानगरपालिका–४ स्थित सुस्मिता क्षेत्री थापाको हत्याको कारण आर्थिक पक्ष रहेको प्रहरी अनुसन्धानले देखाएको छ। सुस्मिताका श्रीमान् रुपेन्द्र थापाको गत वर्षको असोज २३ गते मोटरसाइकल दुर्घटनामा नवलपरासीको दाउन्नेमा मुत्यु भएको थियो। सो बापतको क्षतिपूर्ति र बिमासहितका रकम श्रीमती सुस्मिताले लिएपछि उनको हत्या भएको पाइएको मकवानपुर प्रहरीले जानकारी गराएको हो।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख एसपी सुशील सिंह राठौरले हत्याको कारण मध्येको एक पक्ष चाँहि रूपन्द्रको मुत्युपछि आउने क्षतिपूर्ति र बिमासहितको रकमसमेत रहेको जनाए।

क्षतिपूर्तिबापतको ५ लाख रुपैयाँ सुस्मिताले लिएकी थिइन्। तर रुपेन्द्रका बुबाआमासहित आफन्तले भने उक्त पैसा आफूहरूसमेत पाउनुपर्ने भन्दै विवाद गरेका थिए।

त्यस्तै रुपेन्द्रले काम गर्ने क्लोज सिस्टम इन्टरनेसनल नेपाल प्रालि (सिएसआई) हेटौंडाबाट मृत्युपश्चात् पाउने बीमा, बोनस, तलबभत्ताबापत एकमुष्ठ ३८ लाख २८ हजार ४ सय ७२ रुपैयाँ भुक्तानी लिने विषयमा श्रीमती सुस्मिता र ससुरा प्रकाश, सासू तुलसाबीच विवाद भएको थियो। सोही रकमका विषयमा विवाद हुँदा उक्त रकम अहिलेसम्म पनि भुक्तानी भएको छैन। जसकारण रुपेन्द्रको परिवार मिलेर हत्या गरेको अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ।

सामाजिक सुरक्षा कोषबाट २०७६ कात्तिक देखि २०७७ बैसाख महिनासम्मको १७ हजार १ सयको दरले १ लाख ७७ हजार ९ सय ४८ रुपैयाँ सुस्मिताको ग्लोबल आइएमई बैंकको खातामा पेमेन्ट भएको थियो। यो विषयमा पनि उनीहरुबीच विवाद भएको थियो।

नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबाट रुपेन्द्रको १० लाख ६३ हजार ९ सय १४ रुपैयाँ इच्छ्याएको व्यक्ति रुपेन्द्रका बाबुले लिइसकेको पाइएको अनुसन्धानले देखाएको छ।

मृतक सुस्मिताले पाउने सबै रकम निकाले घरपरिवारमा पनि दिनुपर्छ भनेर दबाब दिएपछि सोही विषयमा विवाद हुँदा उनको हत्या भएको देखिएको एसपी राठौरले जानकारी दिए।

रुपेन्द्रको ससुरालीबाट घर फर्कने क्रममा दुर्घटनामा मृत्यु भएपछि सुस्मितालाई रुपेन्द्रको परिवारले ससुराली पक्षलाई दोष लगाउने गरेका थिए। बुहारीकै कारण छोराको ज्यान गएको भन्दै मानसिक यातना दिइएको समेत पाइएको प्रहरीले जनाएको छ। 

nimb
nimb
Ncell 2
Ncell 2

सुस्मिताको हत्या गर्नुको अर्को कारण भने ससुरा प्रकाश थापाबाट बाथरुममा जबरजस्ती करणी उद्योग गरेको पाइएको प्रहरीले जनाएको छ। उक्त कुराको पोल खुल्ने डरले हत्या भएको पनि हुनसक्ने देखिएको प्रहरीको भनाइ छ।

कसरी भयो हत्या?
असार १ गते राती साढे ९ बजे सुस्मिताका ससुरा प्रकाश थापा र सासु तुलसा थापा बेलुकाको खाना खाई भान्छा कोठाबाट आफ्नो सुत्ने कोठातर्फ गएका थिए। खाना खानुभन्दा अगाडि ससुरा प्रकाश थापाले रक्सी खाएका थिए। 

उनीहरु सुत्न जाँदा सुस्मिताकी नन्द सीता थापा र सुस्मिता क्षेत्री थापा भई भान्छा कोठामा खाना खाइरहेका थिए।

सुस्मिता क्षेत्री थापा महिनावारी भएकाले भान्छा कोठाको भुईंमा बसेर खाना खाँदै थिइन्। सोही समयमा ससुराले बाहिरबाट काठको लौरो हातमा लिएर भान्छाकोठामा प्रवेश गरी बुहारीको टाउकोमा प्रहार गरेका थिए। यसपछि सुस्मिता भुईंमा लडेको प्रहरी अनुसन्धानबाट खुलेको छ। 

त्यही मौकामा सुस्मिताकी नन्द सीता थापाले समेत सुस्मितामाथि प्रहार गरिन्। त्यसपछि सुस्मिताले 'बचाउ बचाउ' भनेकी थिइन्। सासू तुलसा थापाले सुनेर भान्छाकोठामा आउन लाग्दा ससुरा र नन्द सीताले सासू तुलसालाई भान्छाबाट बाहिर निकाल्दै थिए।  त्यसपछि ससुरा र नन्द सीता थापा मिली पटकपटक काठको लौरो र ढुङ्गाको लोहोरोले सुस्मितामाथि प्रहार गरी हत्या गरेको खुलेको प्रहरीले जनाएको छ। 

सुस्मिताको मृत्यपश्चात् सासू तुलसा भित्र गएर फुटेको सिसाको कचौराको टुक्राहरू जम्मा गरी प्लास्टिकको झोलामा हाली बाहिर भान्छाकोठाको अगाडिको बरन्डामा राखिन्। पछि सीता थापाले आफ्नी आमालाई लिएर सुत्ने कोठामा लगी हल्ला नगर्न भनिन्।  

बाबुछोरी मिली घटनास्थललाई आत्महत्या जस्तो देखाउनको लागि सल्लाह गरी भान्छाकोठा भित्र बिग्रिएका सबै चिजवस्तु यथास्थानमा मिलाएर राखेका थिए। भान्छाकोठामै भएको कपडाको चकटीले मृतकको निधारमा भएको घाउ छोपी विभिन्न स्थानमा लागेका रगतहरू पुछेका थिए। 

छोरी सीता थापालाई भान्छाकोठाको ढोकाबाट निकाली ससुरा प्रकाश थापाले भित्रबाट भान्छाकोठाको ढोकाको चुक्कुल लगाए। भान्छाकोठाको पछाडिको आल्मुनियमको स्लाइडिङ झ्यालबाट बाहिर निस्की बाहिरबाट उक्त झ्याल पूर्णरूपमा बन्दसमेत गरेको पाइएको मकवानपुरका डिएसपी इन्द्रबहादुर रानाले बताए। 

भान्छाकोठाको बरन्डामा राखेको फुटेको सिसाको टुक्राहरू राखेको प्लास्टिकको झोला र काठको लौरो घर पछाडिको मकैबारीमा फाले। त्यसपछि बाबु छोरी दुवै जनाले रगत लागेका कपडाहरू धोई पखाली आ–आफ्नो शरीरमा लागेको रगत समेत पखालेर आ–आफ्नो कोठा गए। 

भोलिपल्ट असार २ गते बिहान ५ बजेको समयमा  समयमा मूलढोकाको च्यानल गेट खोली छर छिमेकमा गई बुहारीले भान्छा कोठामा आत्महत्या गरेको भनी जानकारी गराएपश्चात् छरछिमेकमार्फत् प्रहरीलाई खबर भएको थियो।  प्रहरीमा खबर आउनासाथ वडा प्रहरी कार्यालय हेटौँडाबाट साढे ६ बजे प्रहरी घटनास्थल पुगेको थियो। पछि एसपी राठौरसहितको टोली मेडिको लिगलसहितको टिम लिएर घटनास्थल गएका थिए। 

त्यसपछि ससुरा प्रकाश, सासू तुलसा, नन्द सीता, जेठी नन्द दुर्गा थापा कार्कीलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान सुरु गरेको छ। पक्राउ परेका उनीहरुलाई कर्तत्व ज्यानको कसुरमा अनुसन्धान अघि बढाइएको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति: सोमबार, असार १५, २०७७  १६:५०
  • #सुस्मिता
  • #सुस्मिता-क्षेत्री-हत्याकाण्ड

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
५६ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ तेह्रथुममा ५६ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन्। बुधबार, भदौ १०, २०८३
महिला ट्राफिक प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ, पाँच दिनको म्याद लिएर अनुसन्धान सुरु उनीविरुद्ध ड्युटीमा खटिएका राष्ट्रसेवकलाई आफ्नो कर्तव्य निर्वाहमा बाधा गरेको, अभन्द्र व्यवहार गरेको कसुरमा जिल्ला प्रशासन कार्यालय क... मंगलबार, भदौ ९, २०८३
साढे तीन क्वीन्टल बढी गाँजासहित तीन जना पक्राउ उदयपुर, कटारी नगरपालिका—४ मरूवा खोला नजिकबाट लागूऔषध गाँजा १९९ किलो ३२० ग्राम सहित कटारी नगरपालिका—४ कान्छी बजार बस्ने रूपन्देही घर... मंगलबार, भदौ ९, २०८३
ताजा समाचारसबै
प्रधानमन्त्री शाह र बाढी प्रभावित क्षेत्रका सांसदहरुबीच छलफल बुधबार, भदौ १०, २०८३
रसुवागढी भन्सारका २५ कर्मचारी सम्पर्कमा आए , १४ कर्मचारीको अवस्था अझै अज्ञात बुधबार, भदौ १०, २०८३
बाढीले धादिङबेँसी जोड्‌ने फुर्केखोलाको पुल बगायो बुधबार, भदौ १०, २०८३
मैलुङ पाखाको ओडारमा ८ जना अलपत्र, उद्धार गर्न आग्रह बुधबार, भदौ १०, २०८३
रसुवा बाढीमा सशस्त्र प्रहरी बलको व्यापक उद्धार अभियान, ड्रोनदेखि K9 टोलीसम्म परिचालन बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
बालेन सरकारबाट नियुक्ति पाउने ‘भाग्यमानी’हरू : कहाँ, को भए ? बुधबार, भदौ १०, २०८३
बीओपी टिमुरेका ९ सशस्त्र प्रहरी सम्पर्कविहीन बुधबार, भदौ १०, २०८३
तीनवटा अस्पतालले ‘निमोनिया’ ठानेको समस्या, सिटीस्क्यानपछि खुल्यो ७ वर्षीय बालकको श्वासनलीमा इमलीको दाना मंगलबार, भदौ ९, २०८३
संसद् छिर्दा प्रधानमन्त्री बालेनले किन लगाउँछन् कालो चस्मा ? यस्तो रहेछ कारण मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्