• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज २६, २०८३ Mon, Oct 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

शिक्षक बन्न चाहनेको लाजमर्दो नतिजा : पढ्नमा भन्दा चोर्नमा ध्यान

64x64
प्रजु पन्त सोमबार, असार १५, २०७७  १८:१४
1140x725

काठमाडौं- शिक्षक सेवा आयोगले प्राथमिक तहको स्थायी अनुमति पत्रबारे प्रकाशित नतिजाअनुसार ६६ हजार ५ सय ६२ परीक्षार्थीमध्ये ३ हजार ६ सय ८२ जनामात्र उत्तीर्ण भए। असार ३ मा प्रकाशित नतिजाअनुसार कूल परीक्षार्थीमध्ये ५.८२ प्रतिशतमात्रै उत्तीर्ण भए। 

कक्षा १२ सम्मको उत्तीर्ण अकं ३५ हो। शिक्षा सेवा आयोगमा एक सय पूर्णाङ्कमा पास हुन ५० ल्याउनुपर्छ । एक सय पूर्णाङ्कमा  ४० अकंको  ‘अब्जेक्टिभ’ ६० अकंको ‘सब्जेक्टिभ’ प्रश्न पत्रहरू हुन्छन्। ६० नम्बरको ‘सब्जेक्टिभ’ जसमा २५ अकंका सम्बन्धित विषयसँग ३५ अकंको  पेशागत ज्ञानसम्बन्धी प्रश्नपत्र सोधिएको हुन्छ। जसले ५० अङ्क पनि ल्याउन सक्दैनन् उनीहरू अनुत्तीर्ण हुन्छन्। 

नतिजा सार्वजनिक भएसँगै समग्र शिक्षण विधिमाथि यसले प्रश्न उठाएको छ। अध्यापनमा संलग्न हुन इच्छुकहरूको शैक्षिक गुणस्तर बहसमा आएको छ। शिक्षक सेवा आयोगको नतिजाबारे शिक्षाविद् विद्यानाथ कोइरालाले सबैभन्दा कमजोर परीक्षार्थीले शिक्षा संकाय पढ्ने/पढाउने गर्दाको परिणाम भएको बताए। कम नम्बर पाउने शिक्षक हुने मानसिकताका कारण लाजलाग्दो नतिजा आएको उनको धारणा छ।

'एसइईमा पनि सबैभन्दा कम नम्बर ल्याउनेले शिक्षा संकाय रोज्ने गरेका छन्,’ उनले भने‚ ‘एसइईमा कम नम्बर ल्याए पनि प्लस टू पढाउँदा विशेष तरिकाले पढाएको भए हुन्थ्यो तर पढ्ने/पढाउनेमा लगनशीलता देखिएन।’ 

पढ्नमा भन्दा चोर्नमा ध्यान
आयोगले यसपाली लिएको परीक्षामा पाठ्यक्रम परिवर्तन गर्दै उत्तीर्णांक पनि ४० बाट बढाएर ५० पुर्‍याएको थियो। यस्तो नतिजा आउनुमा यसको समेत केही प्रभाव परेको हुनसक्छ। तर अहिले प्रवाह गरिएको विद्यालय र  विश्वविद्यालय तहको शिक्षा नै कमजोर हुँदै जानु नै यसको मुख्य समस्या भएको जानकार बताउँछन्। परीक्षामा परीक्षार्थीमा अनुमति पत्रको लागि पनि किन पढ्ने? पास भइहालिन्छ, पास गर्दिहाल्छन् भन्ने गलत धारणा रहेको र हेलचेक्र्याइँ गर्दा लाजलाग्दो नतिजा आएको उनीहरूको बुझाइ देखियो।

शिक्षाविद् कोइराला पनि परीक्षार्थीमा हेलचेक्र्याइँ र चोर बाटोबाट उत्तीर्ण हुन खोज्ने प्रवृत्ति रहेको बताउँछन्। त्यसको प्रभाव नतिजामा देखिएको उनले बताए।

'मैले केही कपि चेक गर्ने साथीहरूसँग कुरा गरेको थिएँ,’ कोइरालाले भने‚ ‘विद्यार्थीले त कपीमा केही चिन्ह छोडेर उत्तरपुस्तिका जाँच गर्नेलाई फलानो चिन्हको मेरो कपी हो भनी प्रभाव पार्न खोज्दा रहेछन् तर यसपाली आयोगले त्यस्तो चिन्ह छोड्नेको उत्तरपुस्तिका नै ‘सर्टलिस्टिङ’ गरेर जाँच गर्न दिएनछ पढ्नभन्दा चोर्नमा बुद्धि गएपछि को पास हुन्छ?’

अध्येता देविराम आचार्य यस्तो नतिजा आउनुमा एकमात्र कारण नभएको बताउँछन्। शिक्षा संकायको भर्ना हुन पाउने आधार- सबैभन्दा कमजोर विद्यार्थीले शिक्षा विषय पढ्नु, ग्रामीण क्षेत्रमा कमजोर पूर्वाधार र तुलनात्मक रुपमा  काम चलाउने गरी पठन पाठन हुनु, विषयवस्तु पर्याप्त नहुनु, शिक्षण विधि पर्याप्त नहुनु, पाठ्यक्रममा समस्या हुनु, पठनपाठन र परीक्षा प्रणालीमा समस्या भएकै कारण यस्तो नतिजा आएको आचार्यको ठम्याइ छ। 

Ncell 2
Ncell 2
nimb
nimb

शिक्षण विधिमाथि नै  प्रश्न 
शिक्षाविद् कोइराला प्राथामिक तहदेखि उच्चशिक्षासम्म पढाउने शिक्षण विधि नै उपयुक्त नभएको बताउँछन्। ‘परीक्षार्थीले नेपालमा कति जातजाति छन् भनेर प्रश्न सोध्यो भने लेख्ने भए तर फरक जातिलाई कसरी पढाउनुहुन्छ भनेर प्रश्न सोध्यो भने लेख्न सक्दैनन्,' उनले भने‚ ‘विस्तृतमा विश्वविद्यालयमा पनि पढेको हुँदैन‚ त्यसरी पढाइएको पनि हुँदैन यस्तो नतिजा आउनुमा हाम्रो शिक्षण विधि नै उपयुक्त छैन भन्ने देखाउँछ।’

अध्येता आचार्यको भनाइ पनि उस्तै छ। ‘कति फेल र पास भए भनेर बहस गर्नुभन्दा पनि विश्वविद्यालयको शिक्षाशास्त्र संकायले के साँच्चिकै योग्य र दक्ष शिक्षक उत्पादन गरिरहेको छ भनेर बहस गर्न आवश्यक छ' उनले भने।

अनुमति पत्र लिने तरिका नै गलत
आयोगले अध्ययपन अनुमति पत्र लिदा शिक्षा संकाय नै पढेको हुनुपर्छ। तर शिक्षा संकाय नै पढेको हुनुपर्ने नियम नै गलत भएको शिक्षाविद्हरू बताउँछन्। यसमा सुधार गरेर जसले पढाउन सक्छ उसैलाई अनुमति दिने व्यवस्था गर्नुपर्ने उनीहरू बताउँछन्। शिक्षाविद् कोइराला पनि यसमा सहमत छन्।

आचार्य पनि  शिक्षक अनुमति पत्र लिने तरिका नै परिवर्तन गर्नुपर्ने बताउँछन्। शिक्षण अध्यापन अनुमति पत्रको परीक्षण प्रणालीमा शिक्षण विधि र विषयवस्तुमात्र नभई शिक्षण सीप समेत परीक्षण गर्ने व्यवस्था गर्नुपर्ने उनको भनाइ छ। 

Xtrem

Xtrem

‘लोक सेवा अयोगले शाखा अधिकृत पदको परीक्षाका लागि जुनसुकै विषय अध्ययन गरेकाहरूबाट प्रारम्भिक परीक्षा लिएर उत्तीर्ण हुनेहरूलाई मात्र दोस्रो चरणको परीक्षामा सहभागी गराउँछ,’ आचार्यले भने, ‘यता पनि यही विधि अवलम्बन गरे गुणस्तरीय शिक्षक नियुक्ति हुने संभावना बढी हुन्छ।’

शिक्षविद्हरूका अनुसार अध्यापन अनुमति पत्रको आवश्यकता गणित, विज्ञान र अङ्ग्रेजीजस्ता विषयमा बढी हुन्छन्। तर  प्रवेशिका परीक्षामा सबैभन्दा धेरै विद्यार्थी यिनै विषयमा अनुत्तीर्ण हुन्छन्। तीन विषयको लागि जुनसुकै संकाय अध्ययन गरेकालाई  अध्यापन अनुमति पत्रको परीक्षामा सहभागी गराउनुपर्ने उनीहरूको भनाइ छ।

प्रकाशित मिति: सोमबार, असार १५, २०७७  १८:१४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
प्रजु पन्त
नेपाल लाइभकी संवाददाता पन्त शिक्षा तथा सामाजिक विषयमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
बजारमा पुस्तकको बाढी तर बिक्री न्यून
सत्ता दाहिने हुँदा अखिल नेतालाई 'उन्मुक्ति', नेविसंघ नेतालाई ज्यान मुद्दा
आन्दोलन रोक्न आंशिक प्राध्यापकलाई त्रिविको आग्रह, माग सम्बोधन नभए रोक्दैनौं : आंशिक प्राध्यापक
सम्बन्धित सामग्री
जुम्ला आज सार्वजनिक बिदा कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लामा आज (बिहीबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।  कर्णाली प्रदेश सरकारले एक सूचना जारी गरी आज... बिहीबार, असोज २२, २०८३
जनकपुरको दलित बस्ती धर्मवाण टोलमा सडक, नाला र ढलको अभाव धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१९ स्थित धर्मवाण टोलका बासिन्दाले सडक, नाला, ढल र बिजुलीलगायत आधारभूत पूर्वाधारको अभाव भोग्दै आएका... बुधबार, असोज २१, २०८३
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि प... सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
कार्टुन सोमबार, असोज २६, २०८३
बूढीगण्डकी बाढीबाट गोरखामा ५ जना बेपत्ता सोमबार, असोज २६, २०८३
गोरखा आरुघाट सडक अवरुद्ध सोमबार, असोज २६, २०८३
पश्चिमी र मनसुनी वायुको आंशिक प्रभाव, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना सोमबार, असोज २६, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
बूढीगण्डकी बाढी : पाँच जिल्लामा सतर्कता अपनाउन आग्रह आइतबार, असोज २५, २०८३
कांग्रेस उपसभापतिमा भण्डारी र महामन्त्रीमा पाैडेलको अग्रता कायमै [अपडेट] आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्