काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा स्पानियोललाई पराजित गर्दै रियल मड्रिड शीर्ष स्थानमा उक्लिएको छ।
आइतबार राति भएको खेलमा रियल मड्रिडले स्पानियोललाई १–० गोलअन्तरले पराजित गरेको हो। रियलको जितमा कासिमिरोले गोल गरे।
खेलको ४५औं मिनेटमा गोल गर्दै कासिमिरोले रियललाई अग्रता दिलाएका थिए। पहिलो हाफमा १–० गोलको अग्रता लिएको रियलले दोस्रो हाफमा पनि आफ्नो अग्रतालाई कायमै राख्दै जितेको हो। स्पानियोलले पाएको केही अवसर गोलमा परिणत गर्न सकेन।
स्पानियोललाई पराजित गरेसँगै रियल शीर्ष स्थानमा उक्लिएको हो। रियलले बार्सिलोनासँग २ अंकको अग्रता पनि बनाएको छ। ३२ खेलबाट रियलल ७१ अंक बनाउँदा दोस्रो स्थानमा रहेको बार्सिलोनाको समान खेलबाट ६९ अंक छ।
आइतबार राति नै भएका अन्य खेलहरुमा लेभान्टेले रियल बेटिसलाई ४–२ ले, भिल्लारियलले भ्यालेन्सियालाई २–० र इबारले ग्रानाडालाई २–१ गोलअन्तरले पराजित गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।