• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, साउन २८, २०८३ Thu, Aug 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

सरकार र अदालतबीच बढ्दैछ दूरी- सरकार निर्णय गर्दै, अदालत रोक लगाउँदै

64x64
दुर्गा दुलाल आइतबार, असार १४, २०७७  १८:२९
1140x725

काठमाडौं- असार ११ गते प्रधानमन्त्री केपी शर्मा ओलीलाई सर्वोच्च अदालतको अवहेलनामा आफैं वा आफ्नो प्रतिनिधि मार्फत उपस्थित हुन आदेश गर्‍यो। वैशाख ५ गते सात वटा निवेदनमा अदालतबाट जारी भएको आदेश कार्यान्वयन नभएको भन्दै वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्माले दायर गरेको निवेदनमा सर्वोच्चले प्रधानमन्त्रीलाई १५ दिनभित्र अदालतमा यसको बारेमा जवाफ दिन भनेको हो।

कोरोना महामारीको समयमा अदालतले दिएको आदेश कार्यान्वयन नगरेको भन्दै सर्वोच्चले उनलाई बोलाएको हो। पछिल्ला तीन महिनामा करिब एक सय थान मुद्दा सुनुवाई भएर सरकारका नाममा आदेश जारी भएका छन्।

लकडाउन सुरु भएपछि सर्वोच्चमा दायर भएका सय थान मुद्दामा सर्वोच्च अदालतले अन्तरिम आदेश र लिखित जवाफ माग्ने आदेश गरेको छ। सीमामा अलपत्र रहेका नागरिकहरु नेपाल ल्याउनेदेखि टेस्टिङ गाइडलाइन्स  कार्यान्वयन नगर्नेसम्मका आदेश सर्वोच्च अदालतबाट भएको छ।

यही अवधिमा सर्वोच्चको बृहत इजलाशले महामारीको व्याख्या समेत गर्‍यो।

लकडाउन अवधिको सम्बोधनका लागि सरकारले अध्यादेश ल्याइदियोस् भनेर चाहेको सर्वोच्चले त्यो नभएपछि आफैं मुद्दा सिर्जना गरेर फैसला सुनाउँदै अदालतमा परेको गाँठो फुकाएको थियो। अदालतको १९ न्यायाधीशको बृहत इजलाशले न्यायिक इतिहासमा पहिलो पटक यस्तो व्याख्या गरेको थियो। लकडाउनको समयलाई शून्य समयमा व्याख्या गर्दै सर्वोच्चले अदालतभित्र आइपरेका बाधा अड्काउ फुकाएको थियो।

यसरी कार्यपालिका र  व्यवस्थापिकाबाट बेवास्तामा परेको सर्वोच्चले यसको व्याख्या कर असुल्ने सरकारको निर्णयमा प्रतिबिम्बित गरिदियो।

लकडाउन केही खुल्ला भए लगत्तै आन्तरिक राजस्व विभागले जेठ २० गते कर तिर्न आग्रह गर्दै सूचना सार्वजनिक गरेको थियो। विभागको सूचनाको व्यापक विरोध भयो। कर तिर्ने म्याद असार ७ गतेसम्म बढाइयो। लकडाउनका कारण व्यवसाय खुल्न नसकेका समयमा कर उठाउने सरकारको निर्णयलाई चुनौती दिदै सर्वोच्चमा रिट दायर भयो। उक्त रिटमा सर्वोच्चले अडबडको व्याख्या लगाउँदै अन्तरिम आदेश जारी गर्‍यो। 

अदालतको आदेशले समस्या हुने भन्दै अर्थमन्त्रालयले भ्याकेटको निवेदन दायर गर्‍यो। उक्त भ्याकेटको निवेदन प्रधानन्यायाधीश राणा आफ्नै इजलाशमा राखेर सुनुवाई गरे। राणा सहितको  इजलाशलबाट  अदालतले लकडाउनको व्याख्या गरेकाले अन्तरिम खारेज नहुने भन्दै भ्याकेटको निवेदन खारेज गरिदियो। सर्वोच्चको यो निर्णयले राजश्व संकलनमा समस्या भोगिरहेको सरकारले ठूलो धक्का महशुस गर्‍यो।

nimb
nimb
Ncell 2
Ncell 2

लकडाउन खुलेको ३० दिनपछि कर बुझाउन सकिने भनेपछि सरकारले हात अदालतको आदेशले बाँधिदियो।

सो धक्काको केही दिनमै अर्को धक्का दिने आदेश सर्वोच्चबाट भयो। कोरोना परीक्षणका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बनाएको कोरोना परीक्षणको निर्देशिका ९नेशनल कोभिड १९ टेस्टिङ गाइडलाइन्स० कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गर्‍यो। आइसोलनमा लक्षण नदेखिएका संक्रमितलाई १४ दिनपछि घर पठाउन सकिने भनी सरकारले बनाएको उक्त गाइडलाइन्स रोकेपछि क्वारेन्टाइनमा मानिस थुप्रिने भन्दै सरकार असन्तुष्ट भयो। कोरोना परीक्षणको रिपोर्ट आउन १२ दिनसम्म लाग्ने स्थानका आइसोलेसनमा बिरामी थुप्रने र नयाँ देखिएकालाई राख्न नसकिने भन्दै सरकारले यो आदेशप्रति असन्तुष्टि जनाएको हो।

यो आदेश पुनरावलोकनमा लागि सरकारले निवेदन दिने बारे सल्लाह गरिरहेको छ।

यो आदेश सेलाउन नपाउँदै सरकारले गर्दै आएको आरडिटी परीक्षणलाई रोक्ने आदेश जिल्ला अदालत काठमाडौंले गर्‍यो। जिल्ला न्यायाधीश श्रीकृष्ण भट्टराईको इजलाशले आरडिटीलाई मान्यता नदिने मात्र नभई अदालत उपस्थित अभियुक्तका साथै प्रहरीको पनि पिसिआर परीक्षण गरेर ल्याउन आदेश दियो। यो आदेशले सरकारलाई स्वास्थ्य सामाग्री खरिदमा अब आरडिटी ल्याउने बाटो पनि बन्द गर्‍यो भने हरेक पटक अदालत अभियुक्त लैजाँदा दोहोरो परीक्षणको भार थप्यो। अदालतको उक्त निर्णय विरुद्ध छिटै उच्च अदालतमा निवेदन दिने तयारी सरकारी पक्षले गरेको छ।

यसरी एकपछि अर्को आदेश सरकारलाई अप्ठारो पार्ने गरी जारी गरेको सर्वोच्चले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै अदालत बोलाउने निर्णय सुनायो। केही दिनअघि सर्वोच्चले आफैं अग्रसरता लिएर मुख्यसचिवसहित सचिव र सबै निकायका प्रमुखलाई सर्वोच्चमा बोलाएर आदेश कार्यान्वयनमा चासो देखायो। यो छलफल पनि एक प्रकारको सरकारमाथि दबाब सिर्जना गर्ने सर्वोच्चको रणनीति थियो। अदालतको आदेश कार्यान्वयन गर्न सरकार बाध्यकारी भएकाले छलफलमा सहभागीहरुले सरकार अधिकतम कार्यान्वयनमा लाग्ने प्रतिबद्धता जनाए।

११ चैतदेखि लकडाउन सुरु भएयता जनसरोकारका विषयमा सर्वोच्चमा १०० थानभन्दा धेरै रिट दर्ता भएका छन्। विदेशमा अलपत्र नेपालीको उद्धार गर्न, सहरका मजदुरलाई सुरक्षित गाउँ पुर्‍याउन, क्वारेन्टाइन, आइसोलेसन र अस्पतालको सेवा स्तरीय बनाउन, गर्भवती तथा सुत्केरी महिलाको स्वास्थ्यको जिम्मा लिन र कोरोना परीक्षण फराकिलो बनाउन सर्वोच्चका शृंखलाबद्ध आदेश दियो तर ती सबै कार्यान्वयन सम्भव नभएको भन्दै सरकारले ‍उपेक्षा गर्‍यो।

न्यायिक सक्रियता कि कार्यकारीको अधिकारमा हस्तक्षेप? 
सर्वोच्च अदालको पछिल्ला अदालतले सरकारको काममा समस्या हुँदै गएपछि सरकार एकपछि अर्को निवेदनमा भ्याकेट र पुनरावेदन गर्न थालेको छ। सरकारले यसरी निवेदन दिनु भनेको न्यायालयको आदेशमा कार्यकारी असन्तुष्टि भएको संकेत हो।

अदालतको आदेश कार्यान्वयन गर्न बाध्यकारी हुने भएकाले सरकार एकपछि अर्को आदेश सच्चिनुपर्ने माग गर्न थालेको छ। तर सर्वोच्च अदालतका पूर्वन्यायाधीश बलराम केसीले यसलाई कार्यकारीसँगको टकरावको रुपमा लिन नहुने बताए। ‘अदालतको काम नै कार्यकारीबाट हुने अधिकारको दुरुपयोग र उसले गर्ने कामको परीक्षण गर्ने हो’, केसीले भने, ‘नागरिकहरुको हक जस्तोसुकै संकटमा पनि रक्षा गर्ने दायित्व अदालतको हो ,यही रुपमा उसका आदेशहरु आउनुपर्छ।’

महामारीको बेला सर्वोच्चले राम्रो सक्रियता देखाएको भन्दै केसीले भने, ‘कोभिड महामारी व्यवस्थापन तथा नागरिकलाई राहत र सुविधा दिने विषयमा सर्वोच्चबाट जुन किसिमका आदेशहरू भए, सर्वोच्चको सक्रियता राम्रो देखिएको छ।’

सबै सेवा लगभग बन्द रहँदा पनि अदालतले केही सेवा दिइरहेकाले यही नै काफी भएको उनको तर्क छ। अदालतको यो सक्रियताले नागरिकलाई आत्मविश्वास दिएको  छ’, केसीले भने, ‘कार्यान्वयनमा अदालत आफैं सक्रिय हुन नसक्ने भएकाले सरकारले कार्यान्वयनको काम गर्नै पर्छ।’

आदेशकहरु कार्यान्वयन भएका छैनन् भने फेरि कानुनी उपचार खोज्ने बाटो भएकाले नागरिक फेरि अदालत जान सक्ने उनले बताए।

महान्यायाधीवक्ता कार्यालयका प्रवक्ता सञ्जिवराज रेग्मीले भने अदालतले आदेशमात्र दिएर नहुने त्यो कार्यान्वयन हुन सक्छ कि सक्दैन भन्ने पनि ख्याल गर्नुपर्ने बताए। ‘अदालत आएर निवेदन दर्ता गर्दैमा अदालतले आदेश दिइहाल्नु मात्र समाधान होइन। सरकारले सक्छ कि सक्दैन, त्यो पनि हेर्नुपर्छ’, रेग्मीले भने, ‘अदालतको आदेश कार्यान्वयन नभएसम्म न्याय नपर्ने भएकाले सबै पक्ष ख्याल भएमा मात्र वास्तविक न्याय हुन्छ।’

अदालत आदेश दिने तर सरकारले त्यसलाई कार्यान्वयन गर्न सकेन भने त्यसले असर न्यायलयको साखमा नै पर्ने उनको बुझाइ छ। 

चैत ११ गतेको लकडाउनपछिका महत्त्वपूर्ण आदेशः 

  • २४ चैत- राहत वितरण पारदर्शी बनाउन र सुरक्षित क्वारेनटाइन निर्माण गर्न आदेश   
  • २५ चैत- विदेशमा रहेका नेपालीहरुलाई स्वदेश फिर्ता ल्याउनू 
  • ५ वैशाख- काठमाडौं लगायत सहरबाट लकडाउनका कारण गाउँ हिडेका मानिसलाई सुरक्षित घर पुर्‍याइदिनू १७ वैशाख- कैदीहरुलाई छुट दिने कार्यमा ध्यान दिन,कानुन अनुसार मिल्नेलाई रिहाइ गर्नू
  • ४ जेठ- भारतबाट आउने तरकारी र फलफूलको बिषादी परीक्षण गर्नू
  • ४ जेठ- राहत लिन लाइनमा बसेकामा मानिससँग नागरिकता नमाग्नू
  • ८ जेठ- भेटेनेनरीलाई अत्यावश्यकीय सेवामा राख्नू
  • १४ जेठ- आरडिटी परीक्षण सशुल्क निजीलाई दिने निर्देशिका कार्यान्वयन नगर्नू
  • १५ जेठ- १९ न्यायाधीशको इजलाशले कानुनी अवडव खुलाउने आदेश
  • १८ जेठ- कोरोना संक्रमितको पिसिआर परीक्षण बढाउनू 
  • १७ जेठ- गर्भवती महिलाको स्वास्थ्य सुरक्षित राख्ने कार्य गर्नू 
  • २८ जेठ- लकडाउन जारी रहेकाले कर तिर्ने सूचना कार्यान्वयन नर्गनू 
  • १ असार- करमा अडवडको कानुनी सिद्धान्त लागू हुने
  • १ असार- कल्याणकारी कोषको रकम प्रयोग गरेर विदेशमा रहेका श्रमिकहरुको उद्धार गर्न 
  • ८ असार- कोरोना परीक्षण निर्देशिका कार्यान्वयन नगर्नू 
  • ९ असार- आरडिटी परिक्षणलाई मान्यता नदिने र प्रहरी तथा अभियुक्त दुवैका पिसिआर परीक्षण पछिमात्र अदालत ल्याउन आदेश
  • ११ असार- प्रधानमन्त्री केपी शर्मा ओलीलाई अदालतको अवहेलना मुद्दामा जवाफ दिन आदेश 
     

प्रकाशित मिति: आइतबार, असार १४, २०७७  १८:२९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
लागूऔषध सहित पाँच जना पक्राउ सुनसरी, इनरूवा नगरपालिका—३ देवकोटा स्कुल छेउबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम ४० मिलिग्राम सहित इटहरी उपमहानगरपालिक... बिहीबार, साउन २८, २०८३
फलफूल पसल सञ्चालकको कोठामा ८१ लाख रूपैयाँ फेला जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरी टोलीले भेल्हीबाट वयलबासतर्फ जाँदै गरेको ज.१० प ८६५२ नम्बरको स्कुटरलाई रोकी चेकजाँच ग... बिहीबार, साउन २८, २०८३
लेखा समितिमा एपीएफका महानिरीक्षकको जवाफ : निर्वाचन प्रहरीको पोसाक खरिदमा अनियमितता छैन बुधबार सङ्घीय संसद्को सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै महानिरीक्षक पौडेलले सार्वजनिक खरिद ऐन, २०६३ तथा सार्वजनिक खरिद नियमावली,... बुधबार, साउन २७, २०८३
ताजा समाचारसबै
सिंहदरबारमा खुल्यो खाद्य कम्पनीको बिक्री कक्ष, मन्त्री गौरीकुमारी यादवद्वारा उद्घाटन बिहीबार, साउन २८, २०८३
साढे ५ महिनापछि स्वदेश फर्किए देउवा बिहीबार, साउन २८, २०८३
साउनमा मात्रै ८२ वटा हराएका मोटरसाइकल धनीलाई हस्तान्तरण बिहीबार, साउन २८, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
प्युठानको खोला किनारमा पाँच शव फेला बिहीबार, साउन २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
ललितपुरको कुसुन्तीबाट पत्रकार किशोर श्रेष्ठ पक्राउ बुधबार, साउन २७, २०८३
पत्रकार किशोर श्रेष्ठ पक्राउबारे के भन्छन् प्रहरी प्रवक्ता? बुधबार, साउन २७, २०८३
कांग्रेस राजनीतिमा नयाँ ट्विस्टः शेखर–शशांक एकअर्कालाई सभापति ‘मान्न तयार’ बुधबार, साउन २७, २०८३
सर्वत्र आलोचनापछि उपसभामुख ठाकुरले हटाइन् स्टाटस बिहीबार, साउन २८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
नेपाललाई मेडिकल हब बनाउन अस्पतालहरूबीच सहकार्य आवश्यक : डा. अमित तोमर नेपाल लाइभ
डा. विमल अर्थात् आधुनिक दधिचि धर्मेन्द्र विह्वल
त्रिविका उपकुलपतिले एकपटक अवश्य पढून् अनिकेत तिवारी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
प्रधानमन्त्री बालेनविरुद्ध उत्रिएका सांसदलाई कडाइ गर्दै रास्वपा शुक्रबार, साउन २२, २०८३
बिहानै जागे प्रधानमन्त्री बालेन, देखाए सरकारकाे उपलब्धि शनिबार, साउन २३, २०८३
लेनदेनका लिखत प्रमाणित गर्दा दुई रुपैयाँ मात्रै शुल्क लिन स्थानीय तहका नाममा परमादेश जारी आइतबार, साउन २४, २०८३
ललितपुरको कुसुन्तीबाट पत्रकार किशोर श्रेष्ठ पक्राउ बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्