एजेन्सी- सोमालियाको सरकारी सुरक्षाकर्मीसँगको भिडन्तमा मारिएका आतंकी संगठन अल सबाबका कमान्डर नेपाली भएको दाबी अन्तराष्ट्रिय समाचार एजेन्सी रोयटर्सले गरेको छ।
बिहीबारको सैन्य कारबाहीमा असरफ अज्मी अबु हमदन मारिएका थिए। उनी सोमालियामा सक्रिय आतंककारी संगठनको वरिष्ठ प्रशिक्षक भएको समाचार रोयटर्स प्रकाशन गरेको छ। सोमालियाको सरकारी रेडियोलाई उद्धृत गर्दै रोयटर्सले उनी नेपालबाट गएको उल्लेख गरेको हो।
समाचारमा उनीबारे विस्तृत केही उल्लेख छैन। उनी नेपालका हुन् भन्ने मात्र उल्लेख छ। जुबामा भएको सैन्य कारबाहीमा उनीसहित संगठनका अन्य २ जना समेत मारिएको उल्लेख गरिएको छ। सोमलियामा मुस्लिम राज्य स्थापना गर्ने भन्दै सन् २००८ बाट अल सबाब सक्रिय छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।