• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
श्रम-रोजगार

'सरकार! पैसा नभएर अलपत्र परेकाहरूको स्वदेश फर्कने पालो कहिले?'

64x64
निर्मला घिमिरे बिहीबार, असार ११, २०७७  १५:००
1140x725
वैदेशिक रोजगारीका सिलसिलामा युएई पुगेका नेपाली श्रमिक कम्पनीले कामबाट निकालेपछि दुबईस्थित एक भवनको छतमा आश्रय लिँदै।

काठमाडौं– सरकारले विदेशमा समस्यामा परेका नेपाली नागरिकलाई गत जेठ २३ गतेदेखि फर्काउन सुरु गरेको छ। हालसम्म मलेसिया, खाडी, जापान, दक्षिण कोरिया, अमेरिका, अस्ट्रेलिया तथा अफ्रिकी मुलुकहरुबाटसमेत ८ हजारभन्दा बढी नेपाली स्वदेश फर्किसकेका छन्। तर यी मुलुकबाट फर्किनेहरु अधिकांश कम्पनीले टिकट काटिदिएका र आफूसँग पैसा हुनेहरु मात्र छन्। 

खान बस्नसमेत नभएर अलपत्र अवस्थामा सडकमा पुगेका श्रमिक भने अझसम्म स्वदेश फर्कन सकेका छैनन्। उनीहरुमध्ये कतिपय सडकमै अलपत्र अवस्थामा छन् भने कतिपयले आश्रय लिएर दिन कटाइरहेका छन्। 

सामान्य अवस्थाको जति जहाज भाडा भए जसोतसो खाईनखाई हवाई भाडा जम्मा पारेर फर्कने तयारी गर्नेहरु पनि सरकारले तोकेको तेब्बर महँगो भाडाका कारण विदेशमै रोकिन बाध्य छन्। खान बस्न नै समस्या भएका मलेसियालगायत खाडी मुलुकमा रहेका श्रमिकहरु सरकारको सहयोगको प्रतीक्षामा छन्। उनीहरुले पैसा नहुनेहरुको स्वदेश फर्कने पालो कहिले आउँछ भनेर प्रश्न तेर्स्याउन थालेका छन्। तर सरकार भने जति सक्दो कसेर डलर भाडा लिन बार्गेनिङ गरिरहेकै छ। तर सर्वोच्च अदालतको आदेशसँगै वैदेशिक रोजगारी कल्याणकारी कोषको रकम प्रयोग गरी अलपत्र परेका नेपालीलाई स्वदेश फर्काउन गृहकार्य भइरहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जानकारी दिएको छ।   

आफ्नो खर्चमा फर्कन नसक्नेहरुका लागि के गर्दैछ सरकार? 
सर्वोच्च अदालतले श्रम स्वीकृति लिई वैदेशिक रोजगारीका क्रममा समस्यामा परेका तथा आफ्नै खर्चमा स्वदेश फर्कन नसक्ने अवस्थाका श्रमिक स्वदेश फर्काउनका लागि वैदेशिक रोजगार कल्याणकारी कोषको रकम प्रयोग गर्न सरकारलाई आदेश जारी गरेको छ। 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सो आदेशको कार्यान्वन थालेको छ। आफ्नै खर्चमा स्वदेश फर्कन नसक्ने श्रमिकहरुलाई वैदेशिक रोजगार कल्याणकारी कोषको रकम प्रयोग गरी स्वदेश फर्काउन कार्यविधिको तयारी भइरहेको मन्त्रालयका सहसचिव उमेश ढुंगानाले बताए। 

Ncell 2
Ncell 2
nimb
nimb

सचिव स्तरीय समितिले सो कार्यविधिको टुंगो लगाएपछि श्रम स्वीकृति लिएर गई अप्ठ्यारोमा परेका श्रमिकहरुलाई कोषको रकममार्फत स्वदेश फर्काइने सहसचिव ढुंगानाले बताए।कार्यविधि छिट्टै तयारी हुने मन्त्रालयले जनाएको छ।

हामीले समस्यामा परेका केही नेपालीहरुको भनाइ जस्ताको तस्तै समावेश गर्ने प्रयास गरेका छौं।

कतारबाट बालकृष्ण थापाको प्रश्न- मजस्ता पैसा नहुनेले कहिले नेपाल जाने?
मजस्तै समस्यामा हजारौँ युवाहरु छन्। तर दूतावासले कस्तो समस्या भएकालाई पठाउँदैछ। यी दिन त पहुँच र पैसावालाको मात्रै रहेछ। घरमा मेरो बुबा धेरै बिरामी हुनुहुन्छ। म २०१९ डिसेम्बर देखि अलपत्र परेर बसिरहेको छु। भएको पैसा पनि सकिसक्यो भनेर दूतावासमा ४ पटक फोन गरिसकेँ। सधै पर्खपर्ख मात्रै भन्छ। हामी कहिलेसम्म पर्खने? हामी आफ्नो देश फर्कन पनि नपाउनु? कहिले हो हाम्रो पालो आउने? 

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

विक्रम आलेमगरको पनि गुनासो उस्तै
भिसा सकिएको, रोजगारी गुमाएर खान बस्न समेत समस्या भएको हामी ओभर स्टेहरुलाई कहिले उद्धार गर्ने हो हजुर? ४ महिना भयो खान बस्न समस्या भएको। 

युएईका शालिकरामको दुखेसो- नखाई कति दिन बस्ने? 
म एउटा विद्यालयमा नोकरी गर्थेँ। ३ महिनादेखि विद्यालय बन्द छ। आगामी डिसेम्बरसम्म बन्द हुन्छ। खान छैन, तलब आउँदैन, भएको पैसा पनि ३ महिनासम्म बसेर खाँदै सकियो। विद्यालयले टिकट काटिदिँदैन। स्वदेश जानका लागि दूतावासमा फारम भरेको पनि २ महिना भइसक्यो। अहिलेसम्म केही सूचना छैन। खाना नखाई बस्न मात्रै दिएर हुन्छ? राहत वितरण भयो भन्ने सुनियो तर खोइ त्यो पनि पहुँचवालाका लागि मात्रै हो कि किन हो मसम्म आइपुगेन? अब के खाएर बस्ने?

युएईबाटै विजय भन्छन्- खै त उद्धार? 
म ४ महिनादेखि भिसा सकिएर कोठामा बसिरहेको छु। पैसा आउने बाटो केही छैन। स्वदेश फर्कनका लागि मेरो नाम आएन। मसँगै कोठामा बस्ने साथीको काम चलिरहेको थियो। उसको छुट्टिमा जान नाम आयो। जोसँग पैसा छ उसको नाम आउने जसले पैसा छैन भन्यो उसको नाम नआउने? खै त आपत्त परेकोलाई उद्धार? 

मलेसियाबाट लुमाकान्त भन्छन्- दुई छाक खान नसक्नेहरु चाँहि नेपाल नफर्कने हो?
बेरोजगार भएको ३ महिनाभन्दा बढी भयो। दुई छाक खान नसक्ने हामीले कसरी महंगो जहाज भाडा तिरेर स्वदेश फर्कने? पैसा तिर्नसक्नेहरु गइरहेका पनि छन्। हामी कसरी फर्कर्ने?

प्रकाशित मिति: बिहीबार, असार ११, २०७७  १५:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
निर्मला घिमिरे
नेपाल लाइभकी वरिष्ठ संवाददाता घिमिरे श्रम, रोजगारी तथा सामाजिक सुरक्षा बिटमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
आफूसँग सीप छ, स्वदेशमै सबथोक छ
कृषिमा वैदेशिक लगानी कति आवश्यक?
निर्दयी परदेशले छोरा चुँड्यो, बुढेसकालमा एक्ल्याइदियो
सम्बन्धित सामग्री
भिसा दुरुपयोग गरि जापान पठाउने नाममा लाखौं असुली, यामानोमाथि विभागले अनुसन्धान गर्ने जापानी नागरिक यामानो शिनिचिरोले नेपालमा आफ्नो भिसाको दुरुपयोग गर्दै म्यानपावर कम्पनी र जापान जाने कामदारलाई पैसा उठाएको विषयमा बैदेश... शुक्रबार, असोज ९, २०८३
२५ म्यानपावरलाई विभागको पत्र : पाँच वर्षको कारोबारदेखि श्रमिक विवरणसम्म बुझाउनू मलेसिया जाने नेपाली श्रमिक पठाउने प्रक्रियामा सीमित म्यानपावरलाई मुख्य कम्पनी र अन्यलाई सबएजेन्ट बनाइएको विषयमा विवाद भइरहेका बेला व... शुक्रबार, असोज २, २०८३
इजरायलमा केयरगिभरका लागि खुल्यो एक हजार ४६४ लाई रोजगारी, मासिक तीन लाख तलब आवेदन दिएकाहरूको आवश्यक परीक्षणपछि अन्तिम छनाेट सूची प्रकाशन गरी इजरायल पठाउने र रोजगादारताहरूले लक्की ड्रमार्फत कामदार छनाेट गर्ने... मंगलबार, भदौ २३, २०८३
ताजा समाचारसबै
इआरएस टावर प्रयोग गरी २१ दिनपछि सञ्चालनमा आयो कालीगण्डकी करिडोर प्रसारण लाइन आइतबार, कात्तिक १, २०८३
एमालेसँग सहकार्य गर्ने निर्णय भएको छैन : जसपा अध्यक्ष उपेन्द्र यादव आइतबार, कात्तिक १, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य आइतबार, कात्तिक १, २०८३
आज नवरात्रको आठौँ दिन : महागौरीको पूजा आराधना गरिँदै आइतबार, कात्तिक १, २०८३
काठमाडौंबाट खोटाङतर्फ आउँदै  गरेको सुमो सुनकोसीमा खस्यो आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्