• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, पुस १६, २०८२ Wed, Dec 31, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
श्रम-रोजगार

'सरकार! पैसा नभएर अलपत्र परेकाहरूको स्वदेश फर्कने पालो कहिले?'

64x64
निर्मला घिमिरे बिहीबार, असार ११, २०७७  १५:००
1140x725
वैदेशिक रोजगारीका सिलसिलामा युएई पुगेका नेपाली श्रमिक कम्पनीले कामबाट निकालेपछि दुबईस्थित एक भवनको छतमा आश्रय लिँदै।

काठमाडौं– सरकारले विदेशमा समस्यामा परेका नेपाली नागरिकलाई गत जेठ २३ गतेदेखि फर्काउन सुरु गरेको छ। हालसम्म मलेसिया, खाडी, जापान, दक्षिण कोरिया, अमेरिका, अस्ट्रेलिया तथा अफ्रिकी मुलुकहरुबाटसमेत ८ हजारभन्दा बढी नेपाली स्वदेश फर्किसकेका छन्। तर यी मुलुकबाट फर्किनेहरु अधिकांश कम्पनीले टिकट काटिदिएका र आफूसँग पैसा हुनेहरु मात्र छन्। 

खान बस्नसमेत नभएर अलपत्र अवस्थामा सडकमा पुगेका श्रमिक भने अझसम्म स्वदेश फर्कन सकेका छैनन्। उनीहरुमध्ये कतिपय सडकमै अलपत्र अवस्थामा छन् भने कतिपयले आश्रय लिएर दिन कटाइरहेका छन्। 

सामान्य अवस्थाको जति जहाज भाडा भए जसोतसो खाईनखाई हवाई भाडा जम्मा पारेर फर्कने तयारी गर्नेहरु पनि सरकारले तोकेको तेब्बर महँगो भाडाका कारण विदेशमै रोकिन बाध्य छन्। खान बस्न नै समस्या भएका मलेसियालगायत खाडी मुलुकमा रहेका श्रमिकहरु सरकारको सहयोगको प्रतीक्षामा छन्। उनीहरुले पैसा नहुनेहरुको स्वदेश फर्कने पालो कहिले आउँछ भनेर प्रश्न तेर्स्याउन थालेका छन्। तर सरकार भने जति सक्दो कसेर डलर भाडा लिन बार्गेनिङ गरिरहेकै छ। तर सर्वोच्च अदालतको आदेशसँगै वैदेशिक रोजगारी कल्याणकारी कोषको रकम प्रयोग गरी अलपत्र परेका नेपालीलाई स्वदेश फर्काउन गृहकार्य भइरहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जानकारी दिएको छ।   

आफ्नो खर्चमा फर्कन नसक्नेहरुका लागि के गर्दैछ सरकार? 
सर्वोच्च अदालतले श्रम स्वीकृति लिई वैदेशिक रोजगारीका क्रममा समस्यामा परेका तथा आफ्नै खर्चमा स्वदेश फर्कन नसक्ने अवस्थाका श्रमिक स्वदेश फर्काउनका लागि वैदेशिक रोजगार कल्याणकारी कोषको रकम प्रयोग गर्न सरकारलाई आदेश जारी गरेको छ। 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सो आदेशको कार्यान्वन थालेको छ। आफ्नै खर्चमा स्वदेश फर्कन नसक्ने श्रमिकहरुलाई वैदेशिक रोजगार कल्याणकारी कोषको रकम प्रयोग गरी स्वदेश फर्काउन कार्यविधिको तयारी भइरहेको मन्त्रालयका सहसचिव उमेश ढुंगानाले बताए। 

Ncell 2
Ncell 2

सचिव स्तरीय समितिले सो कार्यविधिको टुंगो लगाएपछि श्रम स्वीकृति लिएर गई अप्ठ्यारोमा परेका श्रमिकहरुलाई कोषको रकममार्फत स्वदेश फर्काइने सहसचिव ढुंगानाले बताए।कार्यविधि छिट्टै तयारी हुने मन्त्रालयले जनाएको छ।

हामीले समस्यामा परेका केही नेपालीहरुको भनाइ जस्ताको तस्तै समावेश गर्ने प्रयास गरेका छौं।

कतारबाट बालकृष्ण थापाको प्रश्न- मजस्ता पैसा नहुनेले कहिले नेपाल जाने?
मजस्तै समस्यामा हजारौँ युवाहरु छन्। तर दूतावासले कस्तो समस्या भएकालाई पठाउँदैछ। यी दिन त पहुँच र पैसावालाको मात्रै रहेछ। घरमा मेरो बुबा धेरै बिरामी हुनुहुन्छ। म २०१९ डिसेम्बर देखि अलपत्र परेर बसिरहेको छु। भएको पैसा पनि सकिसक्यो भनेर दूतावासमा ४ पटक फोन गरिसकेँ। सधै पर्खपर्ख मात्रै भन्छ। हामी कहिलेसम्म पर्खने? हामी आफ्नो देश फर्कन पनि नपाउनु? कहिले हो हाम्रो पालो आउने? 

विक्रम आलेमगरको पनि गुनासो उस्तै
भिसा सकिएको, रोजगारी गुमाएर खान बस्न समेत समस्या भएको हामी ओभर स्टेहरुलाई कहिले उद्धार गर्ने हो हजुर? ४ महिना भयो खान बस्न समस्या भएको। 

युएईका शालिकरामको दुखेसो- नखाई कति दिन बस्ने? 
म एउटा विद्यालयमा नोकरी गर्थेँ। ३ महिनादेखि विद्यालय बन्द छ। आगामी डिसेम्बरसम्म बन्द हुन्छ। खान छैन, तलब आउँदैन, भएको पैसा पनि ३ महिनासम्म बसेर खाँदै सकियो। विद्यालयले टिकट काटिदिँदैन। स्वदेश जानका लागि दूतावासमा फारम भरेको पनि २ महिना भइसक्यो। अहिलेसम्म केही सूचना छैन। खाना नखाई बस्न मात्रै दिएर हुन्छ? राहत वितरण भयो भन्ने सुनियो तर खोइ त्यो पनि पहुँचवालाका लागि मात्रै हो कि किन हो मसम्म आइपुगेन? अब के खाएर बस्ने?

युएईबाटै विजय भन्छन्- खै त उद्धार? 
म ४ महिनादेखि भिसा सकिएर कोठामा बसिरहेको छु। पैसा आउने बाटो केही छैन। स्वदेश फर्कनका लागि मेरो नाम आएन। मसँगै कोठामा बस्ने साथीको काम चलिरहेको थियो। उसको छुट्टिमा जान नाम आयो। जोसँग पैसा छ उसको नाम आउने जसले पैसा छैन भन्यो उसको नाम नआउने? खै त आपत्त परेकोलाई उद्धार? 

मलेसियाबाट लुमाकान्त भन्छन्- दुई छाक खान नसक्नेहरु चाँहि नेपाल नफर्कने हो?
बेरोजगार भएको ३ महिनाभन्दा बढी भयो। दुई छाक खान नसक्ने हामीले कसरी महंगो जहाज भाडा तिरेर स्वदेश फर्कने? पैसा तिर्नसक्नेहरु गइरहेका पनि छन्। हामी कसरी फर्कर्ने?

प्रकाशित मिति: बिहीबार, असार ११, २०७७  १५:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
निर्मला घिमिरे
नेपाल लाइभकी वरिष्ठ संवाददाता घिमिरे श्रम, रोजगारी तथा सामाजिक सुरक्षा बिटमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
आफूसँग सीप छ, स्वदेशमै सबथोक छ
कृषिमा वैदेशिक लगानी कति आवश्यक?
निर्दयी परदेशले छोरा चुँड्यो, बुढेसकालमा एक्ल्याइदियो
सम्बन्धित सामग्री
कोरियामा ई–७ भिसामा सीपयुक्त श्रमिक पठाउने कार्यविधि कार्यान्वयनमा रोक दक्षिण कोरियामा रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत अदक्ष श्रमिक पठाउँदै आएको छ । त्यसबाहेक म्यानपावर कम्पनीमार्फत ई–७ भिसाअन्तर्गत... मंगलबार, भदौ ३१, २०८२
पछिल्लो एक वर्षको अवधिमा वैदेशिक रोजगारीमा गएका ११८० जना बाकसमा फर्किए बिहीबार बोर्डका कार्यकारी निर्देशक डा द्वारिका उप्रेतीले पत्रकार सम्मेलन गर्दै उक्त जानकारी दिएका हुन् । उनले गत आवमा अघिल्लो वर्षको... बिहीबार, साउन १५, २०८२
श्रमिकको न्यूनतम ज्याला २२५० बढाउनुपर्ने, १९ हजार ५५० कायम गर्न सरकारलाई सिफारिस श्रम ऐन, २०७४ को दफा १०७ अनुसार प्रत्येक दुई वर्षमा श्रमिकको न्युन्तम पारिश्रमिक पुनः निर्धारण गर्नुपर्ने व्यवस्था छ । यसअघि श्रमिकक... बिहीबार, साउन १, २०८२
ताजा समाचारसबै
एलिजा गौतम आजपाबाट पहिलो नम्बरमा समानुपातिक सिफारिस मंगलबार, पुस १५, २०८२
रवि, बालेन र कुलमानको एकताप्रति ओलीको टिप्पणी: बाख्रा र कुखुराले मोर्चाबन्दी गरेर बाघको मुकाबिला गर्न सक्दैन मंगलबार, पुस १५, २०८२
कांग्रेसको समानुपातिक सूचीमा पूर्व र वर्तमान राष्ट्रपतिका छोरा–छोरी (सूचीसहित) मंगलबार, पुस १५, २०८२
ओलीको प्रश्न : एमाले-कांग्रेस बाहेक अरुले सरकार बनाउन सम्भव छ र ? मंगलबार, पुस १५, २०८२
प्रधानमन्त्री कार्कीले भनिन् : ‘सांस्कृतिक विविधता नेपालको गौरव हो’ मंगलबार, पुस १५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्तो छ रास्वपा पक्षका ११० जना समानुपातिक उम्मेदवारको सूची मंगलबार, पुस १५, २०८२
राप्रपाबाट को–को समेटिए समानुपातिकको बन्दसूचीमा ? (नामावलीसहित) मंगलबार, पुस १५, २०८२
सुधन गुरुङको जोडबलमा कुलमानसहित त्रिपक्षीय छलफल सोमबार, पुस १४, २०८२
काँग्रेस समानुपातिक उम्मेदवारमा संस्थापन पक्षबाट ६०-४० को भागबन्डा प्रस्ताव सोमबार, पुस १४, २०८२
कांग्रेसको समानुपातिक सूचीमा पूर्व र वर्तमान राष्ट्रपतिका छोरा–छोरी (सूचीसहित) मंगलबार, पुस १५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बालेनसँगको वार्तापछि बाहिरिए रवि, सञ्चारकर्मीसँग प्रतिप्रश्न- मेरो अनुहारले के भन्छ ? बिहीबार, पुस १०, २०८२
बालेनलाई भेटेपछि कांग्रेस नेता शर्माले भने- संसद् पुनर्स्थापनाबारे छलफल भयो बिहीबार, पुस १०, २०८२
६ वटा दल खारेज गर्ने आयोगको निर्णय, को–को परे? मंगलबार, पुस ८, २०८२
यस्तो छ रास्वपा पक्षका ११० जना समानुपातिक उम्मेदवारको सूची मंगलबार, पुस १५, २०८२
पाकिस्तानी सेनाकै गढ रावपिन्डीमा हिन्दू विरासतको अन्त्य, कुनैबेलाका बहुसंख्यक, अहिले अस्तित्व नै खतरामा आइतबार, पुस १३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्