• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २०, २०८३ Tue, Oct 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

एमसिसी सकस : थलो बाहिर बहस, सांसद रमिते

कानुनका जानकार भन्छन्- सरकारले पत्र लेखेर सम्झौता लम्ब्याउन ‍सक्छ
64x64
दुर्गा दुलाल बुधबार, असार १०, २०७७  १४:०४
1140x725

काठमाडौं- नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)बीच भएको अनुदान सम्झौता कार्यान्वयनमा आउनका लागि संसदबाट अनुमोदन हुनुपर्ने प्रावधान थियो। तर प्रतिनिधिसभाको बैठक असार १७ गते मात्र बस्ने कार्यसूची तय भएपछि यो असार १६ भित्र संसद्‍बाट अनुमोदन हुने संभावना समाप्त भएको छ।यही बीचमा सत्ताधारी नेकपा भित्रको विवादले पनि यसलाई पर धकेल्ने काम गरेको देखिन्छ। 

संसदबाट सम्झौता पारित गर्ने मिति असार १६ भनेर दुई पक्षबीच भएको लिखित सम्झौतामा उल्लेख छैन। तर आपसी विश्वासमा यसलाई १६ गतेभित्र पारित गर्ने भनिएको थियो। तर सभामुख अग्नि सापकोटाले प्रतिनिधिसभाको बैठक ९ गतेपछि एकै पटक असार १७ गतेका लागि तोकेका छन्। बैठक सारेपछि सभामुख सापकोटामाथि एमसिसीलाई छल्न खोजेर बैठक सारेको आरोप लागेको छ। सभामुखको सचिवालय भने एमसीसी छल्न बैठक नसारेको दाबी गर्छ।

यो अधिवेशनमा पारित भएका बजेटसम्बन्धी विधेयक प्रमाणित गर्न पठाउनुपर्ने, नेकपाको स्थायी समिति बैठक बुधबारदेखि सुरु भएको र १५ गते धान दिवस परेकाले एकैपटक १७ गतेका लागि बैठक तोकिएको सभामुख सचिवालयको दाबी छ।
 
एससिसी सम्झौतालाई सबैभन्दा पेचिलो बनाउने काम सत्ताधारी दल नेकपाकै केही नेताहरुले गरेका थिए। पार्टीभित्र चर्किएको गुटगत स्वार्थले एमसिसी पारित गराउनु र रोक्नुलाई केही नेताले प्रतिष्ठाको विषय बनाए। प्रधानमन्त्री केपी शर्मा ओली बाहेकका गुट यसको विपक्षमा छन्।

पूर्व माओवादीतर्फका नेता अग्निप्रसाद सापकोटा सभामुखको जिम्मेवारीमा छन्। पूर्व माओवादीका नेताहरु सम्झौता संशोधन नभई पारित गर्न नहुने पक्षमा र पूर्व एमालेका झलनाथ खनाल, भीम रावल लगायतका नेताहरुको मत पनि यही मत भएकाले एमसिसीबारे सत्ताधारी नेकपा नेतृत्वले समयमा नै ठोस निर्णय लिन नसक्दा अन्यौलमा परेको हो। 

प्रधानमन्त्री केपी शर्मा ओली अझैपनि यो गाँठो फुकाउने प्रयत्नमा छन्। त्यसैका लागि बुधबार राखिएको पार्टीको स्थायी समितिको बैठकको एक एजेन्डा एमसिसी पनि रहेको छ। 

सम्झौता के हुन्छ त?
नेपालको यातायात र ऊर्जा क्षेत्रको विकासका लागि लगाउने भन्दै नेपाल सरकार र एमसिसीका बीचमा २०७४ भदौ २९ गते (१४ सेप्टेम्बर २०१७) सम्झौता भएको थियो। उक्त सम्झौतामा अमेरिकी सरकारले ५ सय मिलियन डलर अनुदानस्वरुप उपलब्ध गराउने र नेपाल सरकारका तर्फबाट १ सय ३० मिलियन अमेरिकी डलर बराबरको रकम विनियोजन गर्नुपर्ने उल्लेख थियो। 

यसरी भएको उक्त सम्झौता बमोजिम विद्युत प्रसारण लाइन (४०० केभी क्षमताको) निर्माण तथा सडक मर्मतसम्भार गर्न विकास समितिमार्फत् मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति गठन आदेश २०७४ चैत २० गते निर्णय गरेको थियो। २०७५ साउन  १० गते यसलाई निरन्तरता दिने निर्णय गरेको थियो। 

संसदमा जाने कुरा कसरी भयो प्रवेश? 
सामान्यतया दुई देशका बीचमा भएको विकास निर्माण सम्झौता संसदमा लग्ने गरिँदैन। दीर्घकालीन महत्त्वका सन्धिलाई भने संसदबाट पारित गर्ने गरिएको छ। टनकपुर सन्धिका विषयमा सर्वोच्च अदालतले गरेको फैसलापछि यस्ता सम्झौताहरु संसद प्रवेश हुन थालेका हुन्। जनताको प्रतिनिधिहरुको थलो भएकाले त्यहाँबाट अनुमोदन गर्ने परम्पराको सुरुवात भएको थियो।

Ncell 2
Ncell 2
nimb
nimb

यो सम्झौता संसदमा जाने कुराको उल्लेख मिलेनियम च्यालेन्ज कर्पोरेसनको २०१८ अक्टोबर २ को पत्रमार्फत् भएको थियो। उसले लेखेको पत्रमा सम्झौता कार्यान्वयनमा जानु पूर्व नेपालको संसदबाट अनुमोदन हुनुपर्ने व्यवस्था कम्प्याक्टमा भएको भनिएको थियो। २०७४ भदौ २९ गते भएको यो सम्झौतामा संसदको सामान्य बहुमतले अनुमोदन गर्ने भनिएको थियो।

यो पत्रपछि कानुन मन्त्रालयको राय मागिएको थियो। कानुन मन्त्रालयले २०७५ कात्तिक २६ गते सन्धि ऐन २०४७ को व्यवस्था अनुसार सम्झौताको धारा ७ मा उल्लेख भएको प्रावधानलाई प्रभावकारी तुल्याउन संसदमा लैजानुपर्ने राय दिएको थियो।

मन्त्रालयले प्रतिनिधिसभाको सामान्य बहुमतबाट अनुमोदन गरी अग्रिम कारबाही गर्नुपर्ने राय दिएपछि मन्त्रिपरिषदको बैठकले २०७५ माघ २५ गते प्रतिनिधिसभामा पेश गर्न स्वीकृति दिएको थियो। सोही दिन अर्थ मन्त्रालयको तर्फबाट अर्थमन्त्री डा युवराज खतिवडाले संघीय संसद्‍को प्रतिनिधिसभा सचिवालयमा दर्ता गराएका थिए। तत्कालीन समयमा सभामुखको जिम्मेवारीमा कृष्णबहादुर महरा थिए। उनको बहिर्गमनपछि उक्त जिम्मेवारीमा पूर्व माओवादी गुटका तर्फबाट सापकोटा चयन भए।

असार १६ मा पास नभए के हुन्छ?
कानुन र संसदीय अभ्यासका जानकारहरु अहिले यो अनुमोदन नहुँदैमा फर्कन्छ भनेर टिप्पणी गर्न नमिल्ने बताउँछन्। राष्ट्रियसभामा सदस्य एवं वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारीले असार १६ गतेभित्रै सम्झौता संसदमा छलफल नहुँदैमा समाप्त भएको अर्थमा बुझ्न नमिल्ने बताए।

Xtrem

Xtrem

‘अहिलेको यसको अवस्था भनेको संसदमा पेश मात्र भएको हो, छलफल र अनुमोदन भएको छैन,' अधिकारीले भने, ‘अमेरिकाले यसबापतको पैसा पनि पठाएको छैन, त्यसैले सरकारले यो सहयोग लिने हो भनेपछि अनुमोदन गरेर रकम माग्न पनि सक्छ।’

अधिकारीले सरकारलाई यो आवश्यक छ भन्ने लागेमा लम्ब्याउन पत्र लेख्न सक्ने र त्यसपछि अनुमोदन गर्दै यसको कार्यान्वयनमा जान सक्ने बताए।

एमसिसीबारे जानकारहरुले पनि सरकारले लम्ब्याउन चाहेमा अमेरिकी सरकारलाई पत्राचार गर्ने अनि अनुमोदन गरेर रकम निकासा लिँदै खर्च गर्न सक्ने बताए।

अर्का अधिवक्ता राजु चापागाईंले पनि यो दुई देशका बीचमा भएको सम्झौता भएकाले दुवैले चाहेमा फेरि पनि म्याद थप हुनसक्ने बताए। सम्झौतामा यही मितिभित्र अनुमोदन गर्नुपर्ने उल्लेख नभएकाले यसलाई सहज रुपमा कुराकानीपछि मिलाएर अनुमोदन गर्न सकिने अवस्था रहेको बताए।

नेकपाका प्रमुख सचेतक देव गुरुङले एमसीसी पारित गर्नैपर्ने संवैधानिक र कानुनी बाध्यता नभएको जिकिर गरे। अन्तर्राष्ट्रिय कानुन, मुलुकको संविधान र कानुनअनुसार एमसिसी सम्झौता संसद्‌बाट अनुमोदन गर्नुपर्ने आवश्यकता नभएको गुरुङको दाबी थियो।

सभामुख सापकोटाले संसद बैठक सार्दा प्रमुख सचेतक गुरुङसँग मात्र सल्लाह गरेको ओली पक्ष नेताहरुको आरोप छ। तर प्रमुख सचेतक गुरुङले बैठक तोक्ने सभामुखको क्षेत्राधिकार भएकोले कसैको सल्लाहमा नभएको दाबी गरे।

‘अहिले बैठक बस्नुपर्ने र हतारो गर्नुपर्ने कुनै एजेन्डा नभएकाले सभामुखले स्थगित गरेको हुनसक्छ’, उनले भने, ‘अहिले स्थायी समिति पनि सुरु हुने र यो कति दिन चल्ने एकिन नभएकाले केही दिन पर सारेको हुनसक्छ।’

नेपालको संविधानको धारा २७९ ले शान्ति र मैत्री, सुरक्षा एवं सामरिक सम्बन्ध, नेपाल राज्यको सिमाना र प्राकृतिक स्रोत तथा त्यसको उपयोगको बाँडफाँटको सन्धि वा सम्झौता मात्र संसद्ले अनुमोदन गर्ने व्यवस्था गरेको छ। यो व्यवस्थाले  एमसिसीलाई अनुमोदन गर्नुपर्ने बाध्यता नरहेको उनको दाबी छ। 

थलो बाहिर बहस, सांसद रमिते
एमसिसी सम्झौता भएको कपी प्रतिनिधिसभामा पुगेको दुई वर्षसम्म कुनै पनि छलफल हुन सकेको छैन। तर सडकदेखि अन्य सबै मञ्चमा यसको छलफल जारी छ। बहस हुनुपर्ने थलो बाहिरको बहसले सम्झौतालाई राष्ट्रवादीदेखि राष्ट्रघातीसम्मका निष्कर्षहरु निकालेका छन्।

तर जनताका प्रतिनिधिहरुको थलो सार्वभौम संसदलाई सधैं गुमराहमा राखियो। यसभित्र भएका सम्झौताको दफा दफामा समितिमा छलफल गरिनु पर्दथ्यो। संसदमा भएका छलफलमा यसको टुंगो लाग्न नसकेमा संसदको समिति मार्फत पनि यसको अध्ययन गर्न सकिन्थ्यो।

सांसद अधिकारीले पनि यो विषय संसदमा छलफल हुनुपर्नेमा अन्यत्र धेरै हुँदा समस्या भएको बताए। सार्वभौम जनताका प्रतिनिधि भएको संसदले स्वीकार वा अस्वीकार गर्ने अधिकार राख्न सक्ने भएकाले बाहिर भएका बहसले यसलाई गलत बाटोमा लागेको उनको तर्क छ।

नेकपाले अध्ययन समिति गठन गर्नुदेखि सडक र सचिवालयमा छलफल गराएर यो सम्झौतामाथि गलत दिशामा बहस भएको कानुनविदहरुको बुझाई छ। कानुन बनाउनेदेखि जनताको हितमा निर्णय गर्ने अधिकार सार्वभौम संसदलाई भएकाले माइतीघरदेखि अन्य सडकमा नारा लगाउनेभन्दा सदनमा गर्मागर्मी बहस हुनुपर्ने उनीहरुको बुझाई छ।

प्रधानमन्त्री केपी ओलीले एमसिसीलाई संसद्को निर्णय प्रक्रियामा लैजान पटक–पटक पूर्व सभामुख महरा र वर्तमान सापकोटासँग आग्रह गरेको तर उनीहरु तयार नभएको आरोप ओली पक्षका मानिसहरुले लगाउने गरेका छन्।

पूर्व सभामुख महराले भने यो आरोप स्वीकार गरेका छन्। जबर्जस्ती करणी उद्योगमा थुनामा परेका महराले जिल्ला अदालत काठमाडौंबाट सफाई पाएलगत्तै एमसिसीका बारेमा सबैभन्दा धेरै जानकार आफू रहेको बताएका थिए। ‍उनले एमसिसीकै कारण आफूलाई फसाइएको दाबी  पनि गरेका थिए। तर यसको पुष्टि हुने आधार भने देखिँदैन। तर महरा सभामुख हुँदा लामो समय  प्रतिनिधि सभामा रोकिएको भने सत्य हो।

प्रकाशित मिति: बुधबार, असार १०, २०७७  १४:०४
  • #एमसिसी

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
बेपत्ता व्यक्तिको मृत्यु घोषणाका लागि अध्यादेशमार्फत कानुन संशोधन गर्दैछौं : कानुनमन्त्री सिंहदरबारमा आयोजित हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको बैठकमा उन... मंगलबार, असोज २०, २०८३
दसैँअघि नै १३ प्रस्तावित राजदूतको संसदीय सुनुवाइ सक्ने निर्णय बैठकमा चाडपर्व तथा सांसदहरूको जिल्ला भ्रमणलगायतका विषयलाई ध्यानमा राख्दै सुनुवाइ दसैँपछि गर्नुपर्ने मतसमेत उठेको थियो। तर, विभिन्न म... मंगलबार, असोज २०, २०८३
कांग्रेसको बन्द सत्र जारीः सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्षको प्रतिवेदन पारित गरिँदै हिजोदेखि सुरु भएको बन्द सत्रमा सभापति गगनकुमार थापा, उपसभापति विश्वप्रकाश शर्मा, महामन्त्री गुरुराज घिमिरे र  कोषाध्यक्ष उमेश श्रेष्... मंगलबार, असोज २०, २०८३
ताजा समाचारसबै
बेपत्ता व्यक्तिको मृत्यु घोषणाका लागि अध्यादेशमार्फत कानुन संशोधन गर्दैछौं : कानुनमन्त्री मंगलबार, असोज २०, २०८३
असोज २३ बाट दशैंका लागि अग्रीम टिकट बुकिङ खुला मंगलबार, असोज २०, २०८३
दसैँअघि नै १३ प्रस्तावित राजदूतको संसदीय सुनुवाइ सक्ने निर्णय मंगलबार, असोज २०, २०८३
सशस्त्रका एआईजी वंशीमाथि छानबिनको जिम्मा अर्का एआईजी अन्जनीलाई मंगलबार, असोज २०, २०८३
मोरङमा धानबारीबाट २१० किलो गाँजा बरामद मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
गगनलाई अमरेशको जवाफ– पार्टी ठग, भ्रष्टाचारी र ठेकेदारको हातमा सुम्पिएपछि कांग्रेस छाडेका हौं सोमबार, असोज १९, २०८३
प्रधानमन्त्री बालेन शाहको दावी ‘ कांग्रेसले २०१५ सालदेखि घोषणा पत्रमा लेख्यो, हामीले लालपुर्जा वितरण सुरु गर्‍यौं ’ सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्