• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, भदौ २२, २०८३ Mon, Sep 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ विशेष

ओम्नीसँगको सामग्री खरिदमा अर्को बदमासी, रकम भुक्तानी गरेपछि गुणस्तरको खोजी

64x64
उत्तम काप्री मंगलबार, असार ९, २०७७  ०७:३२
1140x725

काठमाडौं– स्वास्थ्य सामग्री खरिदमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे एकपछि अर्को बदमासी खुलासा हुने क्रम जारी छ। मेडिकल सामग्री खरिदको अनुभव नै नभएको कम्पनीलाई रातारात ठेक्का दिएको विभागले सार्वजनिक खरिद ऐन मिचेरै ओम्नीलाई कमिसन सेटिङ गर्ने गरी टेन्डर पारेको विषयमा यसअघि नै नेपाल लाइभले समाचार प्रकाशन गरिसकेको छ। 

विभागले ओम्नीसँग खरिद सम्झौता गर्दा गुणस्तरमा पनि लापरबाही गरेको पाइएको छ। ओम्नीले उपलब्ध गराउने मेडिकल सामग्रीको गुणस्तरको कुनै पनि लेखाजोखा नगरी खरिदको भुक्तानी भने दिन मन्त्रालयले दबाब दिइएको समेत पाइएको छ। टेन्डर आह्वान गर्दा नै सबै सामग्रीको गुणस्तर र स्पेसिफिकेसन खुलाएर आह्वान गर्नुपर्नेमा त्यसो नगरी जसरी भए पनि ओम्नीलाई नै टेन्डर दिनकै लागि औपचारिकता पूरा गरेको देखाउनका लागि मात्रै मन्त्रीकै दबाबमा विभागले चैत १२ गते टेन्डर सम्झौता गरेर चैत १८ गते राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई गुणस्तरबारे पत्र लेखेको पाइएको हो।

स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, स्वास्थ्य मन्त्रीका विज्ञ सल्लाहाकार डा खेम कार्की र कोरोना भाइरस रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक तथा उपप्रधानमन्त्री ईश्वर पोखरेल जोडिएको ओम्नी प्रकरणमा सम्झौता भएलगत्तै भुक्तानी दिन हिमालयन बैंकलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्र लेखेको पाइएको हो।

कुनै पनि सामग्री खरिदका लागि भुक्तानी गर्नुअघि नै ती सामग्रीको गुणस्तर परीक्षण हुनुपर्नेमा सोविपरीत ओम्नीका नाममा रकम भुक्तानी गरिदिन हिमालयन बैंकको ठमेल शाखालाई स्वास्थ्य मन्त्रालयका उपसचिव लिलाराज पौडेलले चैत १६ गते पत्र लेखेको पाइएको हो। 

स्वास्थ्य मन्त्रालयले हिमालय बैंकको ठमेल शाखालाई लेखेको पत्र

ओम्नीले ल्याउने समानको गुणस्तर परीक्षणमा भने मन्त्रालयले कुनै पनि चासो नदिएको तर सेटिङका लागि रकम भुक्तानी गरिदिन भने हतार गरेको पुष्टि भएको हो। किन्न लागिएका सामानको ‍गुणस्तर पहिल्यै निर्धारण हुनुपर्नेमा त्यसो नगरी भुक्तानी गर्नु गैरकानुनी भएको देखिन्छ। 

सामानको गुणस्तर परीक्षणका लागि विभागले चैत १७ गते मात्र नापतौल तथा गुणस्तर विभागलाई पत्र लेखिएको पाइएको छ। नापतौल विभागले उक्त सामग्रीहरुको परीक्षण नहुने भन्दै स्वास्थ्य सेवा विभागलाई जानकारी गराएको थियो। यसपछि चैत १८ गते राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई विभागले पत्र लेखेको पाइएको छ।

स्वास्थ्य विभागले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुलाई लेखेको पत्र

भुक्तानीका लागि बैंकलाई पत्र लेख्ने मन्त्रालयले ओम्नीबाट भित्रिएका सामग्री गुणस्तरीय हुन् वा होइनन् भन्ने कुरामा कुनै चासो नलिनुले पनि सेटिङकै लागि ओम्नीबाट सामग्री खरिद भएको हो भन्ने अर्को बलियो प्रमाण भएको मन्त्रालयकै अधिकारीहरू नै बताउँछन्। एक जनस्वास्थ्य विज्ञले टेन्डरमार्फत् खरिद हुने सामग्रीको गुणस्तर नै निर्धारण नभई भुक्तानी दिनु आफैमा आश्चर्य भएको टिप्पणी गरे। सुरुमै टेन्डर गर्दा नै स्पेसिफिकेसन गरेर आवश्यक गुणस्तर तोकिनुपर्ने ती जनस्वास्थ्य विज्ञको तर्क छ। उनका अनुसार गुणस्तरमा शंका रहेको सामानलाई भुक्तानी गर्न बैंकलाई पत्र पठाउन हतारो गर्नु झन् रहस्यमय छ।

स्वास्थ्य सेवा विभागले ओम्नीसँग सम्झौता गर्दा पहिलो लटका सामग्री ३० मार्चमा आइपुग्ने उल्लेख थियो। पहिलो पटक ९० लाख ४८ हजार ८ सय ७३ डलरका सामग्री आइपुग्ने उल्लेख थियो। तर, उक्त समयमा ओम्नीले १६ लाख ४९ हजार डलरका मात्र सामान ल्याउन सक्यो। पहिलो लटमा नै ल्याउने भनिएका सामग्री उसले ल्याउन सकेन। बरु दोस्रो र तेस्रो लटमा ल्याउने भनी सम्झौतामा उल्लेख भएका मेडिकल सामग्री उसले पहिलो लटमा विभागलाई बुझाएको थियो। यसमा आरडिटी किट पनि समावेश थिए। विश्व स्वास्थ्य संगठनले मान्यता नै नदिएको यो किट भित्रेको खुलासा भएपछि झन् यो खेल रहस्यमय भयो । नेपाल लाइभले चैत १५ गते कोरोनाको कहरमा कमिसनको खेल भएको भन्दै स्वास्थ्य सामग्री खरिदमा खेल सुरु भएको खुलासा गरेको थियो। 

Ncell 2
Ncell 2
nimb
nimb

ओबिसीआई प्रालिसँग स्वास्थ्य सामग्री खरिद गर्न सम्झौता गरेको र २०७६ चैत २० मा म्याद २ दिन बाँकी हुँदै खरिद सम्झौता रद्द गरिएको थियो। त्यसबेला कालोसूचीमा राख्न सावर्जनिक खरिद अनुगमन कार्यालयलाई पत्राचार गर्ने भनिएको थियो। उक्त कम्पनीवाट क्षतिपुर्ति भराउनेसमेत विभागका तत्कालीन महानिर्देशक श्रेष्ठले पत्रकार सम्मलेनमा नै भनेका थिए। तर हालसम्म ती काम हुन सकेको छैन।

सोमबार संसदको सार्वजनिक लेखा समितिले यो विषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव लक्ष्मण अर्याल र स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दिपेन्द्ररमण सिंहसँग छलफल गरेको थियो। छलफलमा उनीहरुले आफूहरु नयाँ भएको भन्दै पन्छिए। समितिले यो विषयमा मन्त्रालयका सल्लाहकार, मन्त्री र अन्य पूर्व पदाधिकारीसँग समेत छलफल गर्ने भनी सोमबारको बैठकमा भनेको छ।

ओम्नीसँगका केही महत्वपुर्ण बुँदा 

  • २०७६ चैत ११ गते उच्चस्तरीय समितिले मेडिकल सामग्री खरिदका लागि सूचना जारी गर्ने निर्णय 

  • ११ गते नै स्वास्थ्य सेवा विभागले इच्छुक फर्मले १२ गते विभागमा उपस्थित सूचना प्रकाशन 

  • १२ गते सम्भावित आपूर्तिकर्तासँग छलफल (१५ गतेभित्र सामग्री उपलब्ध गराउने शर्त, ढुवानीको व्यवस्था सरकारले मिलाउने)

  • १२ गते १ बजे मन्त्रालयमा छलफल गरी मन्त्री ढकालका सल्लाहकार डा खेम कार्कीको संयोजकत्वमा वार्ता टोली गठन 

  • १२ गते नै ६ कम्पनीद्वारा कोटेसन 

  • १२ गते ७ बजे कार्की नेतृत्वको टोलीसँग आपूर्तिकर्तासँग वार्ता

  • १२ गते नै ओबिसिआई (ओम्नी)सँग खरिद सम्झौता गर्न सिफारिस 

  • १२ गते मन्त्रिपरिषदमा लगिएको 

  • १२ गते नै कम्पनीलाई कार्यदिशा दिइएको 

  • १२ गते नै ओम्नीलाई पत्राचार

  • १२ गते नै भुक्तानी गर्न बैंकलाई पत्राचार 

  • १४ गते विभागीय प्रमुखद्वारा ओम्नीसँग सम्झौता 

  • १४ गते स्रोत सुनिश्चितता

  • १४ गते नेपाल वायुसेवा निगमलाई पत्राचार

  • १७ गते २३ गतेसम्मको समय निर्धारण 

  • १७ गते नाप तौल तथा गुणस्तर विभागलाई पत्र 

  • १८ गते जनस्वास्थ्य प्रयोगशालालाई पत्र 

  • १९ गते विभागबाट ठेक्का रद्दको निर्णय

प्रकाशित मिति: मंगलबार, असार ९, २०७७  ०७:३२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
उत्तम काप्री
नेपाल लाइभका वरिष्ठ संवाददाता काप्री पर्यटन तथा उड्डयन, सुशासन, सूचना प्रविधि लगायतका अर्थसँग सम्बन्धित बीटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
गैरकानुनी रूपमा कब्जा गरिएको सम्पत्ति खोज्न थालेपछि नेपाल ट्रष्टका सहसचिव भुसालको साढे ४ महिनामै सरूवा
१२ जिल्लामा नेपाल ट्रष्टको साढे २१ हजार रोपनी जग्गा, कुन जग्गामा कसको रजाइँ?
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : सञ्‍चालनमा ३ अवरोध, परीक्षण उडानमा हतार
सम्बन्धित सामग्री
दशक ७० मा राजनीति : संविधान, नाकाबन्दीदेखि संसद् विघटनसम्म नेपालले राजनीतिक रुपमा यो दशक कसरी पार गर्‍यो? कस्ता उतारचढाबहरू बेहोर्नुपर्‍यो? त्यसको आकलन गर्न सहज हुने गरी नेपाल लाइभले यस दशकका... मंगलबार, चैत २८, २०७९
०८ सालयताका प्रधानन्यायालयको फैसला उतारिरहेका दिनेशराज पन्त अक्षरहरू ‘गुँथिए’ झैँ लाग्ने पुराना नेपाली कागज टेबलमा राखिएका छन्। हत्तपत्त ठम्याउन नसकिने शब्दहरूलाई उनी पावरवाल चस्माको सहारामा ह... बिहीबार, फागुन १८, २०७९
बबई पुल कसका कारण भयो अलपत्र? सर्वोच्च पुग्यो पप्पु, सडक विभाग नयाँ बोलपत्रको हिम्मत नै गर्दैन पप्पु कन्स्ट्रक्सन प्रालिले निर्माण गरेको उक्त पुल भासिनुमा सडक विभाग निर्माण कम्पनीलाई दोष दिएर पन्छिँदै आएको छ भने निर्माण कम्पनील... सोमबार, फागुन १५, २०७९
ताजा समाचारसबै
भोटेकोशीको भेलले कारागार घेर्दा ५० कैदी फरार, सुरक्षाकर्मीले ज्यानको बाजी लगाएर फर्काए : प्रधानमन्त्री आइतबार, भदौ २१, २०८३
सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको आश्वासन: सेवा, सुरक्षा र सुविधामा सरकारले कुनै सम्झौता गर्दैन आइतबार, भदौ २१, २०८३
बाढीपीडितका लागि नेकपाको २४ बुँदे प्रस्ताव आइतबार, भदौ २१, २०८३
भोटेकोशी प्रभावित क्षेत्रमा चिनियाँ विज्ञद्वारा निगरानी तीव्र, हिमताल र पहिरोको जोखिममा विशेष निगरानी आइतबार, भदौ २१, २०८३
आज दिनभर खोज तथा उद्धारमा के–के भयो? आइतबार, भदौ २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
केपी ओलीलाई कालोमोसो दलिएको ‘एआई निर्मित’ कृतिम फोटो भाइरल आइतबार, भदौ २१, २०८३
जसपाका चार सांसद निष्कासित भएपछि : लुम्बिनी सरकारको सत्ता समीकरण अब कोसँग ? शनिबार, भदौ २०, २०८३
बेत्रावतीमा घरभित्रै फसेकी महिलाको बोल्न सक्ने अवस्थामा जीवितै उद्धार शनिबार, भदौ २०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विपत्तिमा राजनीति होइन, उदार नीति प्रदर्शन गरौं डा.रुद्रनाथ अधिकारी
बाढीपछि पुनर्स्थापना : राहतबाट आत्मनिर्भरतातर्फको बाटो नरेन्द्र कटुवाल
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्