काठमाडौं– संघीय संसद्को प्रतिनिधी सभामा नागरिकताका विषयमा कुरा उठाइएपछि अर्का सांसदले नियमापत्ति जनाएका छन्। राज्य तथा सुशासन समितिमा दफवार छलफल भइरहेको विषयमा सांसद चन्दा चौधरीले आफ्नो धारणा प्रस्तुत गरेकी थिइन्।
उनी बोलीरहेकै बेला सांसद झपट रावलले नियमापत्ति जनाए। समितिको क्षेत्राधिकार हनन भएको भन्दै उनले नियमापत्ति जनाएका हुन्। उनले नियमापत्ति जनाउँदै सांसद् चौधरीले बोलेको रेकर्डबाट हटाउन माग गरे। उनले भने, ‘विषयगत समितिमा छलफल भइरहेको कुरा यहाँ उठाउन पाइँदैन।’
सांसद् चौधरीले सञ्चारमाध्यममा नेपाली नागरिकसँग विवाह गरेर आएकी विदेशी महिलालाई ७ वष पछि मात्रै अंगिकृत नागरिकता दिने कुरा सुनिरहेको बताउँदै त्यसो भए विभेद हुने बताएकी छिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।