काठमाडौं– नापोलीले कोपा इटालिया फुटबलको उपाधि जितेको छ। बुधबार राति भएको फाइनलमा नापोलीले सिरी ए च्याम्पियन युभेन्टसलाई टाइब्रेकरमा ४–२ ले पराजित गर्दै च्याम्पियन बनेको हो। निर्धारित ९० मिनेटसम्म दुबै टिमले गोलरहित बराबरी खेलेपछि टाइब्रेकरबाट खेलको टुंगो लागेको हो।
दुई टिमले गोल गर्ने राम्रो समय खेर फ्यालेका थिए। नापोलीका लागि कप्तान लोरेन्जो इन्सिग्ने, म्याटियो पोलीटानो, म्याक्सीमोभिच र अर्कादिउस्ज मिलिकले गोल गरेका थिए। यता, युभेन्टसका लागि भने लिओनार्डो बोनुची र आरोन राम्सीले गोल गर्दा पाउलो डिबला र ड्यानिलोको प्रहार भने विफल भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।