• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, साउन २९, २०८३ Fri, Aug 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

सर्वोच्चको आदेशपछि श्रमिक कोषको पैसाले होला त कामदारको उद्धार?

64x64
निर्मला घिमिरे बुधबार, असार ३, २०७७  १८:१९
1140x725
वैदेशिक रोजगारीका सिलसिलामा युएई पुगेका नेपाली श्रमिक कम्पनीले कामबाट निकालेपछि दुबईस्थित एक भवनको छतमा आश्रय लिँदै।

काठमाडौँ- विदेशमा अलपत्र परेका नागरिकलाई वैदेशिक रोजगार कल्याणकारी कोषको रकम प्रयोग गरी ल्याउन सर्वोच्च अदालतले सरकारलाई निर्देशन गरेको छ। सोमबार सर्वोच्चले सार्वजनिक सरोकारको रिटमा आदेश जारी गर्दै वैदेशिक रोजगारीमा गएर अलपत्र परेका नागरिकलाई नेपाल ल्याउनु राज्यको दायित्व भएको व्याख्या गर्दै यस्तो निर्देशन दिएको हो। 

यसरी अलपत्र परेका श्रमिक ल्याउन कानुनी बाधा रहेको भन्दै सरकार पन्छँदै आएको थियो। तर सरकारका सबै बाधा सर्वोच्चको आदेशले खोलिदिएको छ। मंगलबार सार्वजनिक भएको सर्वोच्चको आदेशले अब वैदेशिक रोजगार बोर्डले यसलाई प्रयोग गर्न सक्ने कानुनी बाटो खोलिदिएको हो।  अदालतको आदेश मान्नका लागि आफूहरू तयार भएको तर कानुन समेत निर्माण गरी ल्याउन पर्ने भएकाले केही समय लाग्ने वैदेशिक रोजगार बोर्डले प्रतिक्रियासमेत दिएको छ।

सर्वोच्चले सरकारी पैसा खर्च नगरी श्रम स्वीकृति दिँदा श्रमिकबाट उठाइएको रकमलाई उद्धारमा प्रयोग गर्न सरकारलाई भनेको छ। ‘वैदेशिक रोजगारमा गएका, करारको अवधि नपुगी फर्कनुपर्ने अवस्था रहेका तथा गन्तव्य मुलुक वा रोजगार दाताबाट टिकट प्राप्त गर्न नसक्ने अवस्थामा रहेका व्यक्तिहरू’लाई कोषको रकमको यथोचित प्रयोग गरी स्वदेश ल्याउन सर्वोच्चको आदेशमा भनेको छ।

‘रोजगारीको प्रकृति, आयस्रोत समेतका कारण आफ्नै खर्चमा फर्कन नसक्ने अवस्था भई अलपत्र परेकाहरूलाई ल्याउन एक कार्यविधि बनाई योगदानकर्ताको वैधानिक अपेक्षा र कोषको न्यायपूर्ण प्रयोगबीच सन्तुलन कायम हुने गरी तत्काल उद्धार प्रक्रिया शुरु गर्नू,’ सर्वोच्चको अन्तरिम आदेशमा भनिएको छ, ‘सरकारले हालै निर्माण गरेको उद्धार आदेश सबै नेपालीको हकमा लागू हुने भएकाले श्रमिकको हकमा अलग्गै बनाउन पनि भनेको छ।

सर्वोच्च अदालतले ‘वैदेशिक रोजगारी कल्याणकारी कोष’को प्रयोग र सञ्चालन वैदेशिक रोजगारी ऐन, २०६४को दफा ७५ को प्रयोजनको लागि गर्न सक्ने भनेको छ। ऐनको दफा ७५मा कामदारलाई स्वदेश फिर्ता गर्ने व्यवस्था रहेको छ। ‘करार बमोजिकको सुविधा नपाउको कारणबाट कामदार अलपत्र परी त्यस्तो कामदार स्वदेश फिर्ता हुनुपर्ने स्थिति आएमा सम्बन्धित इजाजलपत्रवालाले त्यस्तो कामदारलाई स्वेदश फिर्ता गराउनु पर्ने छ,’ उक्त दफामा भनिएको छ।

ऐनको उपदफा २ मा महामारी र युद्धको समयलाई पनि समेटिएको छ। ‘नेपाली कामदार रहेको मुलुकमा युद्ध, महामारी, प्राकृतिक विपत्ति परी कामदारलाई तत्काल फिर्ता गर्नुपर्ने भएमा नेपाल सरकारले कूटनीतिक नियोग वा श्रम सहचारीमार्फत् कामदार फिर्ता गर्ने व्यवस्था मिलाउने छ,’ उपदफा २ मा भनिएको छ। सरकारले अलपत्र नागरिक ल्याउन चाहेमा ऐनको यही व्यवस्था नै प्रयाप्त भएको देखिन्छ। तर सर्वोच्चले पनि यही दफालाई कोट गरी फिर्ता ल्याउन सक्ने भनेकाले अब सरकारले चाहेमा यो रकम प्रयोग गरी वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई फिर्ता ल्याउन सक्ने छ।  

न्यायाधीशहरू आन्दनमोहन भट्टराई र हरिप्रसाद फुयाँलको इजलाशले यसअघि बनाएको कार्यविधि पर्याप्त नभएको भन्दै नयाँ बनाउन पनि भनेको हो।सरकारले वैदेशिक रोजगारीमा जाने कामदारसँग उठाएको रकम ६ अर्बभन्दा बढी संकलन भइसकेको छ। २०६४ सालदेखि वैदेशिक रोजगारीमा जाने कामदारको हक, हित, सुरक्षा र राहत वितरणका लागि भन्दै संकलन गरेको सो रकम अहिले सरकारी कोषमा थुप्रिएर बसेको छ। 

कामदारको हितका लागि भन्दै उठाइएको रकम वैदेशिक रोजगार बोर्डले मुद्दति निक्षेपमा राखेर ब्याज आम्दनी गर्दैछ। तर अहिले तिनै कामदार संकटमा पर्दा मातृभूमि फर्काउन सरकार उनीहरूसँगै पैसा उठाइरहेको अवस्थामा सर्वोच्चले यस्तो आदेश गरेको हो। सरकारले उद्धार गरेर ल्याउने कामदारका लागि न्यूनतम रकम बंगलादेशका हकमा १ सय ६५ डलरदेखि अधिकतम अष्ट्रेलियाका हकमा १ हजार ६ सय १५ तोकेको छ। 

nimb
nimb
Ncell 2
Ncell 2

कामदारले नेपालबाट रोजगरीका लागि विदेश जाँदा १५ सयदेखि २ हजार ५ सय रूपैयाँ कोषमा बुझाइरहेका छन्। कामदारले नै बुझाएको पैसा कोषमा थुप्रिँदा पनि सरकारले यो रकम उपयोग गरेर उनीहरूलाई स्वदेश फर्काउन जरुरी ठानेको छैन। वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक पुगेका नेपालीहरू नेपाल लाइभको सम्पर्कमा आएका छन्। उनीहरूले आफूहरूसँग कुनै रकम नभएको र सरकारले तोकेको भाडा तिर्न नसक्ने बताउँदै आएका छन्। उनीहरूको साझा गुनासो छ, ‘हामीले तिरेको रकम हाम्रै हितमा प्रयोग हुँदैन भने किन उठाइयो?’

२०६४ सालमा वैदेशिक रोजगार नियमावली कार्यान्वयनमा आएसँगै स्थापना भएको वैदेशिक रोजगार प्रवर्द्धन बोर्ड (हाल नाम परिर्वतन गरी ‘वैदेशिक रोजगार बोर्ड’ बनाइएको) ले मन्त्रीको विदेश भ्रमणदेखि गाडी खरिदसम्मका अवैधानिक काममा उक्त रकम खर्च गर्ने गरेको समेत पाइएको छ। तर कोरोना महामारीको विषम परिस्थितिमा अलपत्र परेका कामदार उद्धारमा भने सो रकम खर्च नगर्ने भएको छ।

बोर्डले अहिले २ वर्षसम्मको करार अवधिका लागि विदेश जाने कामदारसँग प्रतिव्यक्ति १ हजार ५ सय र दुई वर्षभन्दा बढी अवधिका लागि विदेश जानेका हकमा २ हजार ५ सय रूपैयाँ लिँदै आएको छ। यसरी लिएको रकमबाट बोर्डले विदेशमा ज्यान गुमाएका कामदारको शव नेपाल ल्याउने, उनीहरूको परिवारलाई राहत दिने, ज्यान गुमाएका व्यक्तिका बालबच्चालाई छात्रवृत्तिमा दिने काम भने केही मात्रामा गरिरहेको छ। योसँगै रोग लागेर नेपाल आएका लागि पनि केही राहत रकम दिए पनि कोषमा ६ अर्ब रूपैयाँभन्दा बढी जम्मा भइसकेको छ। 

सरकारले सरदर प्रतिकामदार ७० हजार रूपैयाँ खर्च गरेर विदेशमा अलपत्रमा परेका २४ हजार कामदार नेपाल ल्याउँदा पनि १ अर्ब ७० करोडभन्दा बढी खर्च हुँदैन। त्यति रकम खर्च गर्दा पनि बोर्डसँग सवा ४ अर्ब रूपैयाँभन्दा बढी रकम बाँकी रहन्छ। तर, यहाँ राज्यले विदेशमा अलपत्र परेका नागरिककै योगदानबाट रकम संकलन गरेपनि अलपत्र अवस्थामा पुगेका बेला उद्धार गरी अभिभावकको भूमिका निर्वाह गर्न सकेको छैन।

वैदेशिक रोजगार ऐनको दफा ३२ बमोजिम स्थापित कोषमा श्रम स्वीकृति लिएर गएका नागरिकहरूको योगदान रहेको भन्दै सर्वोच्चले सोही ऐनको दफा ३३ अनुसार कोष मार्फत खर्च हुने अवस्था देखिएकाले अलग्गै कार्यविधिको आवश्यकता भएको सर्वोच्चको आदेशमा उल्लेख छ। ‘नेपाली नागरिकलाई स्वदेश आउन सहजीकरण गर्नेसम्बन्धी आदेश २०७७’ वैदेशिक रोजगारमा गएका कामदारमात्र नभई विदेशमा रहेका सम्पूर्ण नागरिकको हकमा आकर्षित हुने देखिएको सर्वोच्चको आदेशमा उल्लेख छ।

कूटनीतिक नियोग वा श्रम सहचारीबाट उद्धार गर्नुपर्ने अवस्था रहेको भनी प्रमाणित भएका कामदारको हकमा नेपाल ल्याई गन्तव्यमा पुर्‍यायाउनुपर्ने राज्यको दायित्व हुने सर्वोच्चको आदेशमा उल्लेख छ। 

वैदेशिक रोजागारीमा रहेका व्यक्तिहरूको हकमा श्रम गन्तव्यको मुलुकहरूले नै कोरोना संक्रमणबाट जोगाउने, संक्रमण भइहालेको अवस्थामा औषधोपचार गरी सुरक्षा प्रदान गर्नुपर्ने सर्वोच्चको आदेशमा उल्लेख छ। यसो गर्दा नागरिक र गैरनागरिकका बीचमा कुनै भेदभाव गर्न नपाइने सर्वोच्चको आदेशमा उल्लेख छ। अधिवक्ता सोमप्रसाद लुईंटेलले दायर गरेको रिटमा सर्वोच्चले यस्तो आदेश जारी गरेको हो। 

वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई सुरक्षा र औषधि उपचारको व्यवस्था सम्बन्धित देशबाट गराउन नेपाली कूटनीतिक नियोगमार्फत् पत्राचार गर्न सर्वोच्चको आदेशमा उल्लेख छ। 

श्रमिकलाई कोषको रकम प्रयोग गरेर ल्याइने 
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले विदेशमा अप्ठ्यारो परेर आफ्नै खर्चमा फर्कन नसक्ने अवस्थाका श्रमिकहरूलाई वैदेशिक रोजगार कल्याणकारी कोषको रकम प्रयोग  गरेर फर्काउन आवश्यक काम गरिसेकेको बताए। बुधबार राष्ट्रिय सभामा बोल्दै मन्त्री यादवले सो कुरा बताएका हुन्। सभामा बोल्दै मन्त्री यादवले भने, ‘श्रम स्वीकृति लिएर गएर विदेशमा अप्ठ्यारो अवस्थामा रहेका वा आफ्नै खर्चमा स्वदेश फर्कन नसक्ने अवस्थाका नेपाली श्रमिकलाई हामीले वैदेशिक रोजगार कल्याणकारी कोषको रकम प्रयोग गरेर ल्याउन पटक पटक छलफल गरेका छौँ। सर्वोच्च अदालतले पनि त्यस सम्बन्धमा आदेश जारी गरिसकेको छ।’  

वैदेशिक रोजगार ऐनमा पनि वैदेशिक रोजगार कल्याणकारी कोषमा योगदान गरेर श्रम स्वीकृति लिएर गएकाहरु महामारी वा संकटमा परेर आफ्नै खर्चमा स्वदेश फर्कन नसक्ने अवस्थामा कोषको रकम प्रयोग गरेर स्वदेश फर्काउनुपर्ने व्यवस्था भएकाले त्यसै अनुसार आफूले काम सुरु गरिसकेको बताए। 

के भन्छ वैदेशिक रोजगार बोर्ड? 
वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले सम्मानित अदालतको आदेश कार्यान्वयन गर्न बोर्ड तयार रहेको बताएका छन्। तर अदालतले श्रम स्वीकृति लिएर विदेश गई आफ्नै खर्चमा स्वदेश फर्कन नसक्ने अवस्थाका श्रमिकहरूलाई स्वदेशफिर्तीका लागि वैदेशिक रोजगार कल्याणकारी कोषको रकम प्रयोग गर्न कार्यविधि बनाएर अघि बढ्नुपर्ने आदेश दिएकाले केही समय लाग्ने कार्यकारी निर्देशक श्रेष्ठको भनाइ छ। कार्यकारी निर्देशक श्रेष्ठ भन्छन्, ‘आदेशमा कोषको रकम प्रयोग गर्न छुट्टै कार्यविधि बनाउन भनिएको छ। कार्यविधि बोर्डले बनाउने होइन। अब अदालतले नै सरकारलाई आदेश दिएपछि श्रम मन्त्रालयले यसमा गृहकार्य सुरु गर्ला। कार्यविधि तयार भएपछि कोषको रकम प्रयोग गरेर अप्ठ्यारोमा परेका श्रमिकहरुको उद्धार गर्न बोर्ड तयार छ।’

कोषले यस अघि पनि वैदेशिक रोजगार ऐनको दफा ७५ र ३३ मा व्यवस्था भएअनुसार वैदेशिक रोजगारीका क्रममा अप्ठ्यारोमा परेका श्रमिकहरूको उद्धार गर्न तथा कानुनी सहायता प्रदान गर्न कुटनीतिक निगोगहरूलाई कोषको रकम परिचालन भइरहेको बताए। 

प्रकाशित मिति: बुधबार, असार ३, २०७७  १८:१९
  • #श्रम-रोजगार

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
निर्मला घिमिरे
नेपाल लाइभकी वरिष्ठ संवाददाता घिमिरे श्रम, रोजगारी तथा सामाजिक सुरक्षा बिटमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
आफूसँग सीप छ, स्वदेशमै सबथोक छ
कृषिमा वैदेशिक लगानी कति आवश्यक?
निर्दयी परदेशले छोरा चुँड्यो, बुढेसकालमा एक्ल्याइदियो
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
ग्यास भण्डारण गर्नेलाई आयल निगमले दियो कारबाहीको चेतावनी बिहीबार, साउन २८, २०८३
आईजीपीलाई खगेन्द्र सुनारको जवाफ– बर्दी र फुली देखाए धम्क्याउँदैमा सकिने विषय होइन बिहीबार, साउन २८, २०८३
थबाङ पहिरो अपडेट : मृतकको संख्या १० पुग्यो, तीन बेपत्ताको खोजी जारी [नामसहित] बिहीबार, साउन २८, २०८३
पत्रकार किशोर श्रेष्ठको घरमा आज पनि मध्यरातसम्म खानतलासीमा प्रहरी बिहीबार, साउन २८, २०८३
चीनका पूर्वप्रधानमन्त्री झु रोङजीको निधनप्रति नेपाल सरकारद्वारा दुःख व्यक्त बिहीबार, साउन २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
ललितपुरको कुसुन्तीबाट पत्रकार किशोर श्रेष्ठ पक्राउ बुधबार, साउन २७, २०८३
पत्रकार किशोर श्रेष्ठ पक्राउबारे के भन्छन् प्रहरी प्रवक्ता? बुधबार, साउन २७, २०८३
समितिमा नोकझोकपछि किन छिरे आईजीपी प्रधानमन्त्री कार्यालय? बिहीबार, साउन २८, २०८३
कांग्रेस राजनीतिमा नयाँ ट्विस्टः शेखर–शशांक एकअर्कालाई सभापति ‘मान्न तयार’ बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
नेपाललाई मेडिकल हब बनाउन अस्पतालहरूबीच सहकार्य आवश्यक : डा. अमित तोमर नेपाल लाइभ
डा. विमल अर्थात् आधुनिक दधिचि धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
प्रधानमन्त्री बालेनविरुद्ध उत्रिएका सांसदलाई कडाइ गर्दै रास्वपा शुक्रबार, साउन २२, २०८३
बिहानै जागे प्रधानमन्त्री बालेन, देखाए सरकारकाे उपलब्धि शनिबार, साउन २३, २०८३
लेनदेनका लिखत प्रमाणित गर्दा दुई रुपैयाँ मात्रै शुल्क लिन स्थानीय तहका नाममा परमादेश जारी आइतबार, साउन २४, २०८३
ललितपुरको कुसुन्तीबाट पत्रकार किशोर श्रेष्ठ पक्राउ बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्