काठमाडौं- क्रिकेट अस्ट्रेलियाका प्रमुख एर्ल एडिङ्ग्सले आउने अक्टोवर १८ देखि नोभेम्बर १५ सम्म अस्ट्रेलियामा हुने तय रहेको पुरुष टी २० विश्वकप क्रिकेट हुन कठीन देखिएको बताएका छन्। उनले तोकिएको मितिमा खेल गराउन असम्भव र अव्यवहारिक हुने पनि बताए।
कोरोना भाइरस (कोभिड १९) कारण आइपरेको अवस्थाका कारण अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसिसीले पनि प्रतियोगिता सार्ने गरी कुराकानी गरिरहेको छ। आइसिसीले यसबारे निर्णय लिन अब एउटा मात्र अवसर रहेको र त्यही अवसरमा सही निर्णय लिनुपर्ने बताएको छ।
क्रिकेट अस्ट्रेलियाका प्रमुख एर्ल एडिङ्ग्सले पनि समय धेरै नरहेको बताएका छन्। सहभागी १६ देशमा पछिल्लो समयको अवस्था हेर्दा पनि नाजुक रहेकाले समस्या बढेको उनको भनाइ छ।
आइसिसीको बैठकमा समेत सहभागी भएका क्रिकेट अस्ट्रेलियाका प्रमुख एर्ल एडिङ्ग्सले आफूले बैठकमा पनि खेल गराउन मुस्किल हुने देखिएको बताएका छन्। गएको मार्च १३ देखि क्रिकेट गतिविधिमा कोरोना भाइरसको असर देखिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।