काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिसुधार तथा मालपोल कार्यालय डिल्लीबजारमा कार्यरत मालपोत अधिकृतसहित ६ जना कर्मचारीलाई घुस लिँदा लिँदै एकै पटक पक्राउ गरेको छ।
घुस लिइसकेको अवस्थामा टोखा नगरपालिका वडा नं ९ सामाखुशी चोक स्थित स्काई पार्टी प्यालेस अगाडिबाट ८ लाख ५० हजार रकमसहित मालपोतक कार्यालयका ६ जना कर्मचारी पक्राउ परेका हुन्।
उनीहरुलाई असार २ गते अख्तियारको केन्द्रिय कार्यालय टंगालबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो। यसरी पक्राउ पर्नेमा डिल्लिबजार मालपोत कार्यालयका अधिकृत रघुवंश कंडेल, नासु क्रमश उद्वव सापकोटा, नारायणप्रसाद पोखरेल, नवराज घिमिरे, गोपाल खड्का र खरिदार दिपक खनाल रहेका छन्। मालपोल कार्यालय डिल्लीबजार, काठमाडौंमा कार्यरत कर्मचारीहरुले जग्गाको कित्ताकाट गर्न आदेश गराई दिए बापत सेवाग्राहीसँग घुस माग गरिरहेको सूचनाको आधारमा अख्तियारले पछ्याएको थियो।
अख्तियारले पहिलो पटक एकै कार्यालयका यति धेरै कर्मचारी पक्राउ गरेको हो। अख्तियारले गर्ने स्टिङ अप्रेसनमा एक दुई जना कर्मचारी पक्राउ पर्ने गरेका थिए। यो पटक एउटै कार्यालयका ६ जना पक्राउ परेका हुन्। मालपोत कार्यालय शुरु नहुँदै उनीहरु यसरी पक्राउ परेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।