काठमाडौं- प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले बुधबारै टुंगो लगाउने प्रयास गरेको नागरिकता विधेयकको विषय निर्णय लिन कांग्रेसले बैठक बोलाएको छ।
बुधबार बिहान १० बजे शेरबहादुर देउवा निवासमा हुने बैठकमा बैठकमा शीर्ष नेता सहित समिति सदस्य, दलका प्रमुख सचेतक, सचेतकलाई बोलाइएको एक नेताले बताए।
मंगलबारको बैठकमा सभापति शशी श्रेष्ठले प्रस्तुत गरेको प्रस्तावमा कांग्रेसले निर्णय दिन सकेको थिएन। पार्टीमा विधेयकका विषयमा फरक–फरक धारणा बनेपछि छलफलका लागि एक दिनको समय मागेको थियो।
आजको बैठकबाट विधेयकलाई टुंगो लगाउने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।