• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ १०, २०८३ Wed, Aug 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

पिसिआर र आरडिटी रिपोर्ट नेगेटिभ भएकालाई स्वदेश फर्काउन छुट्टाछुट्टै उडान

कोरोना परीक्षणको व्यवस्था नभएका मुलुकबाट ज्वरो मात्र नापेर पनि नेपाल ल्याइने
64x64
निर्मला घिमिरे मंगलबार, असार २, २०७७  १८:२६
1140x725

काठमाडौं- विदेशमा अप्ठ्यारो परेकाहरूलाई स्वदेश फिर्ता हुनका लागि सरकारले कोरोना संक्रमण नभएको पुष्टि हुने पिसिआर वा आरडिटी परीक्षण अनिवार्य गरेको छ। पिसिआर र आरडिटी रिपोर्ट नेगेटिभ रिपोर्ट भएकाहरूलाई पनि विदेशबाट छुट्टाछुट्टै उडानमार्फत् स्वदेश फर्काइने कोरोना संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)ले जनाएको छ।

आरडिटीको रिपोर्टमा पूर्ण विश्वास गर्न सकिने अवस्था नरहेकाले यी दुई किसिमका रिपोर्ट नेगेटिभ भएकाहरूलाई पनि छुट्टाछुट्टै स्वदेश फर्काइने व्यवस्था गरिएको सिसिएमसीले जनाएको हो। 

‘हामीले पिसिआर र आरडिटी नेगेटिभ भएकालाई एउटै उडानमा मिसाएर नल्याउन भनेका छौँ। जुन देशमा पिसिआर परीक्षणको व्यवस्था छ ती देशबाट फर्कने सबैले पीसिआर परीक्षण गराउनै पर्ने र जुन देशमा आरडिटीको मात्र व्यवस्था छ सो देशकाले आरडिटी परीक्षण गराउने व्यवस्था मिलाउन कुटनीतिक नियोगहरूसँग कुरा राखेका छौँ,’ सिसिएमसीका सचिव महेन्द्र गुरागाइँले नेपाल लाइभसँग भने। 

कोरोना परीक्षणको व्यवस्था नभएका मुलुकबाट ज्वरो मात्र नापेर पनि नेपाल ल्याइने
विदेशबाट नेपाल फर्कन पिसिआर वा आरडिटी परीक्षणको नेगेटिभ रिपोर्ट अनिवार्य गरिएको छ। तर हाल नेपाली रहेका देशमा पिसिआर वा आरडिटी दुवै परीक्षणको व्यवस्था छैन भने त्यस्ता मुलुकमा जटिल अवस्थामा रहेका नागरिकहरुलाई ज्वरो मात्र नापेरसमेत ल्याउन सक्ने व्यवस्था सरकारले गरेको छ। 

नेपालीहरुलाई स्वदेश आउन सहजीकरण गर्ने सम्बन्धी कार्ययोजना २०७७ मा पिसिआर, आरडिटी वा अन्य परीक्षणको नेगेटिभ रिपोर्ट भनेर राखिएको छ।  
अन्य भनेर व्यवस्था गरिएकाले पिसिआर वा आरडिटी परीक्षणको व्यवस्था नभएका मुलुकबाट ज्वरो मात्र नापेर समेत नेपाली ल्याउन सकिने भएको हो। यस्ता मुलुकबाट फर्कने नेपाली नागरिकहरुलाई छुट्टै उडानमार्फत ल्याउने र सोहीअनुसार व्यवस्थापन गर्ने सिसिएमसीका सचिव गुरागाइँ बताउँछन्। 

nimb
nimb
Ncell 2
Ncell 2

पिसिआर परीक्षणको रिपोर्ट नेगेटिभ भएकालाई होम क्वारेन्टाइनमा 
विदेशबाट फर्किएका आरडिटी वा अन्य परीक्षण गराएर फर्किएकाहरुलाई सरकारले तोकेका विभिन्न क्वारेन्टाइनमा १४ दिन राखिने व्यवस्था गरिएको छ। 
तर पिसिआर परीक्षणको रिपोर्ट नेगेटिभ भएकाहरुलाई होम क्वारेन्टाइनमा पठाइने व्यवस्था गरिएको छ। 

‘अन्तराष्ट्रिय मापदण्डअनुसार पनि पिसिआर नेगेटिभ भएकाहरु सिधै घर जान पनि मिल्छ। तर यात्राका क्रममा संक्रमण हुने जोखिम रहेकाले घर गएर पनि सुरक्षित तरिकाले क्वारेन्टाइनमा बस्नुपर्ने व्यवस्था गरिएको हो’ सिसिएमसीका सचिव गुरागाईं भन्छन्।

परीक्षण नगराएकासँगै आए पिसिआर नेगेटिभ पनि होम क्वारेन्टाइनमा जान नपाउने 
पिसिआर नेगेटिभ भएकाहरु पिसिआर नगराएकासँग एउटै उडानमा स्वदेश फर्किएमा उनीहरु पनि होम क्वारेन्टाइनमा जान नपाउने सिसिएमसीका सचिव महेन्द्र गुरागाईंले बताए। गत जेठ २७ गते अस्ट्रेलियाबाट ११ जना नेपालीहरू स्वदेश फर्किए। स्वदेश फर्किएकाहरुमध्ये ९ जनासँग पिसिआर परीक्षणको नेगेटिभ रिपोर्ट थियो भने २ जना बिना परीक्षण फर्किएका थिए। 

उनीहरु एउटै उडानमार्फत फर्किएकाले ती पीसिआर रिपोर्ट नेगेटिभ भएका ९ जनासमेत होम क्वारेन्टाइनमा जान पाएनन्। उनीहरुलाई होटल क्वारेन्टाइनमा राखिएको थियो।

विदेशबाट फर्किए ११ सय १७ फर्किए
हालसम्म विभिन्न मुलुकबाट ११ सय १७ नेपालीहरु स्वदेश फर्किएका छन्। मलेसियाबाट १, म्यानमारबाट २६, युएईबाट १६९, जापानबाट १३, अस्ट्रेलियाबाट ११,  कुवेतबाट ४४८, अफगानिस्तानबाट १८, बंगलादेशबाट २५८, ओमानबाट १६६ र हङकङबाट ७ जना स्वदेश फर्किएका हुन्। 

मंगलबार(आज ) बेलुका ९ बजे श्रीलंका र म्यानमारबाट १५४ नेपाली फर्किने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

प्रकाशित मिति: मंगलबार, असार २, २०७७  १८:२६
  • #Novel Corona Virus
  • #अप्ठेरोमा-परेका-नेपाली
  • #विदेश
  • #स्वदेश-फिर्ती

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
निर्मला घिमिरे
नेपाल लाइभकी वरिष्ठ संवाददाता घिमिरे श्रम, रोजगारी तथा सामाजिक सुरक्षा बिटमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
आफूसँग सीप छ, स्वदेशमै सबथोक छ
कृषिमा वैदेशिक लगानी कति आवश्यक?
निर्दयी परदेशले छोरा चुँड्यो, बुढेसकालमा एक्ल्याइदियो
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
बाढीग्रस्त क्षेत्रमा प्रभावित नागरिकको उद्धार, र राहतमा जुट्न प्रधानमन्त्रीको निर्देशन बुधबार, भदौ १०, २०८३
तिब्बतमा हिमताल फुटेको आशङ्का बुधबार, भदौ १०, २०८३
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक बुधबार, भदौ १०, २०८३
प्रधानमन्त्रीले बोलाएको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक जारी बुधबार, भदौ १०, २०८३
त्रिशूलीमा बाढीको जोखिम बढेपछि देउवाको अपिल, ‘समयमै सुरक्षित रहनुहोस्’ बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
बालेन सरकारबाट नियुक्ति पाउने ‘भाग्यमानी’हरू : कहाँ, को भए ? बुधबार, भदौ १०, २०८३
बीओपी टिमुरेका ९ सशस्त्र प्रहरी सम्पर्कविहीन बुधबार, भदौ १०, २०८३
तीनवटा अस्पतालले ‘निमोनिया’ ठानेको समस्या, सिटीस्क्यानपछि खुल्यो ७ वर्षीय बालकको श्वासनलीमा इमलीको दाना मंगलबार, भदौ ९, २०८३
सम्पत्ति छानबिन आयोगसम्बन्धी मुद्दामा बालेनको विशेष ‘चासो’, सर्वोच्चको आदेशलाई प्रधानन्यायाधीशले गर्लान् ‘न्याय’? मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्