एजेन्सी- बलिउड अभिनेता सुशान्तसिंह राजपुतले आत्महत्या गरेका छन्। आइतबार बिहान मुम्बईस्थित आफ्नै घरमा झुण्डिएको अवस्थामा उनको शव भेटिएको हो।
उनको कोठाको ढोका फोडेर हेर्दा झुन्डिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ। उनले के कारणले आत्महत्या गरे भन्ने विषयमा केही खुलेको छैन। उनी विगत ६ महिनादेखि डिप्रेसनमा रहेको प्रहरीले जनाएको छ।
सुशान्तको घरमा काम गर्ने व्यक्तिले बान्द्रा पुलिस स्टेसनमा जानकारी दिएपछि प्रहरी उनको घर पुगेको थियो।
उनले आफ्नो किरअरको सुरुवात टेलिभिजन अभिनेताका रुपमा गरेका थिए। उनले सबभन्दा पहिले 'किस देश में है मेरा दिल' नामक धाराबाहिकमा काम गरेका थिए।
एमएस धोनी, काई पो चे, छिछोरे, डिटेक्टिव ब्योमकेस बक्शी जस्ता फिल्ममा उनले मुख्य भूमिका निभाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।