• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, साउन २८, २०८३ Thu, Aug 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

संविधान संशोधन विधेयकमा संशोधन प्रस्ताव राख्न राष्ट्रियसभा सदस्यलाई ७२ घन्टाको समय

64x64
नेपाल लाइभ आइतबार, जेठ ३२, २०७७  १४:३६
1140x725

काठमाडौं- सरकारले ल्याएको नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ माथि संशोधनका लागि राष्ट्रियसभा सदस्यले ७२ घण्टाको समय पाएका छन्।

प्रतिनिधिसभाबाट शनिबार पारित भएको विधेयक आइतबार राष्ट्रिय सभामा पेश भएको थियो। प्रतिनिधिसभाको सन्देश राष्ट्रियसभामा सचिव राजेन्द्र फुयालले पेश गरेका थिए। लगत्तै राष्ट्रियसभामा कानुनमन्त्री शिवमाया तुम्बाहाङ्फेले विचार गरियोस् भनी प्रस्ताव पेश गरेकी थिइन्। यो प्रस्तावमा भाग लिँदै राष्ट्रियसभामा सदस्यहरुले सामान्य छलफलमा भाग लिएपछि संविधान संशोधन विधेयकमा सांसदहरूले संशोधन दर्ता गराउने ७२ घण्टे समय सुरु भएको हो।
 
प्रतिनिधिसभामा समाजवादी नेपालकी सांसद सरिता गिरीले मात्र संशोधन दर्ता गराएकी थिइन्। गिरीको संशोधनलाई सभामुख अग्निप्रसाद सापकोटाले खारेज गरिदिएका थिए। गिरीको संशोधन प्रतिनिधिसभाको नियमावली विपरित भएको भन्दै उनले यसलाई छलफलमा लगेनन्।

संविधानको अनुसूची ३ मा रहेको निशासा छापमा प्रयोग भएको नेपालको नक्सामा लिम्पियाधुरा, कालपानी र लिपुलेकसहितका भूभाग समेट्न सरकारले संविधान संशोधन विधेयक ल्याएको थियो। 

संघीय संसद सचिवालयले जेठ १९ गते राजपत्र र २० गते गोरखापत्रमा सर्वसाधारणको जानकारीका लागि संविधान संशोधन विधेयक सार्वजनिक गरेको थियो। सात दिनको म्याद सोमबार पूरा भएसँगै मंगलबार संशोधन विधेयकअघि बढेको थियो।

छलफलमा भाग लिँदै सबै दलका सांसदले संशोधन प्रस्तावको समर्थन गरेका छन्। नेपालको अतिक्रमित भूभाग फिर्ता ल्याउने महत्त्वपूर्ण अवसर भएकाले प्रमुख विपक्षी कांग्रेस, समाजवादी र राजपाका सांसदहरुले संसोधन विधेयकको स्वागत गर्दै समर्थन गर्ने प्रतिबद्धता जनाएका थिए।

संशोधन प्रस्ताव पारित हुन दुई तिहाइ बहुमत आवश्यक पर्छ। सबै दलहरुले एकमत देखाएकाले यो प्रस्तावमा सर्वसम्मत रूपमा पारित हुने निश्चित छ। 

सरकारले भारतले अतिक्रमण गरेको लिम्पियाधुरा, कालापानी, लिपुलेकसहितको भूभाग समेटेर सरकारले नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा जेठ ७ गते सार्वजनिक गरेको थियो। निशान छापमा प्रयोग भएको देशको नक्सा नै त्रुटिपूर्ण रहेपछि सरकारले संविधान संशोधन विधेयक जेठ ९ गते दर्ता गरेको थियो।

बजेटका कारण उक्त विधेयक केही दिन ढिलो गरी सदनमा प्रवेश गरेको थियो। उक्त विधेयकमा थप संशोधन आवश्यक नहुने भएकाले ७२ घण्टे समयसीमा कुर्ने र नकुर्ने दुवै प्रक्रिया रहेको छ। सबै दल संलग्न भएको कार्यव्यवस्थाले निलम्बन गरेर ७२ घण्टे सीमा हटाएमा यो फास्टट्र्याकमा पारित हुने छ। यदि त्यसो हुन नसके तीन दिनपछि यो प्रस्ताव प्रतिनिधिसभामा पेश भई पारित भएको र अब राष्ट्रियसभामा तीन दिनपछि पेश हुने छ। राष्ट्रिय सभामा पेश भएपछि सामान्य छलफल हुँदै पारित गर्ने प्रक्रिया सुरु हुने छ। 

nimb
nimb
Ncell 2
Ncell 2

राष्ट्रियसभाबाट पनि पारित भएपछि राष्ट्रपतिबाट प्रमाणीकरण गर्दै जारी गरी राजपत्रमा प्रकाशित भएपछि नेपालको संविधानले नयाँ भूभाग समेटिएको चुच्चे नक्सा पाउनेछ।

यसरी बढ्यो घटनाक्रमः
- जेठ ५: मन्त्रिपरिषद्को बैठकद्वारा कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्र समेटिएको नयाँ नक्सा पारित।

- जेठ ७: मन्त्री पद्मा अर्यालद्वारा कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्र समेटिएको नेपालको अद्यावधिक नक्सा सार्वजनिक।

- जेठ ९: निशान छाप परिवर्तनका लागि संविधान संशोधन गर्ने मन्त्रिपरिषद्को निर्णय।

- जेठ ९: सरकारद्वारा संसद सचिवालयमा संविधान संशोधन प्रस्ताव दर्ता।

- जेठ १८: प्रतिनिधिसभा बैठकमा कानुनमन्त्री डा शिवमाया तुम्वाहाङ्फेद्वारा नेपालको ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७’ पेश।

- जेठ १९: जसपाका दुई सांसद राजेन्द्र श्रेष्ठ र लक्ष्मणलाल कर्णद्वारा संसद सचिवालयमा संविधान संशोधन प्रस्ताव दर्ता।

- जेठ २०: नेपाली कांग्रेसका ८ सांसदद्वारा संविधान संशोधन विधेयक संसद सचिवालयमा दर्ता।

- जेठ २१: राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलद्वारा संघीयता खारेजीको प्रस्ताव गरिएको संविधान संशोधनको प्रस्ताव संसद सचिवालयमा दर्ता।

- जेठ २३: नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालद्वारा संविधान संशोधन प्रस्ताव दर्ता। सबैलाई सैनिक तालिमको प्रस्ताव।

- जेठ २७: 'नेपालको सविधान दोस्रो संशोधन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मत रूपमा स्वीकृत। संशोधनका लागि सांसदहरुलाई ७२ घण्टाको समय उपलब्ध।

- जेठ २८: सांसद सरिता गिरीद्वारा संशोधन प्रस्ताव संसद सचिवालयमा दर्ता

- जेठ ३१ः संविधान संशोधन विधेयक प्रतिनिधिसभाबाट सर्वसम्मत पारित।

- जेठ ३२ः विधेयक राष्ट्रियसभामा पेश। संशोधनका लागि ७२ घण्टाको समय उपलब्ध।

प्रकाशित मिति: आइतबार, जेठ ३२, २०७७  १४:३६
  • #संविधान_संशोधन

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
राष्ट्रिय पाठ्यक्रम प्रारूप समयसापेक्ष बनाउन गठित कार्यदलको प्रतिवेदन अन्तिम रुप दिने निर्णय
रोल्पा पहिरोमा ७ जनाको मृत्यु, ५ बेपत्ता : रास्वपाद्वारा प्रभावकारी खोज तथा उद्धारको माग
लोकसेवा आयोगको सचिवमा बढुका लागि तीन जनाको नाम सिफारिस
सम्बन्धित सामग्री
ललिता निवास प्रकरण : बाबुराम भट्टराई र माधव नेपालसँग सर्वोच्चद्वारा लिखित जवाफ माग बिहीबार सर्वोच अदालतले दुवै पूर्वप्रधानमन्त्रीका नाममा आदेश जारी गर्दै मुद्दा चलाउन नपर्ने भए कारणसहित लिखित जवाफ पेश गर्न आदेश दिएक... बिहीबार, साउन २८, २०८३
कांग्रेस विद्रोही पक्षको सभापतिमा शेरबहादुर देउवा नै कायम चुनदेवीमा राखिएको सम्पर्क कार्यालयमा देउवाको छुट्टै कार्यकक्ष नै बनाइएको छ । त्यहाँ सभापतिको नेमप्लेटमा शेरबहादुर देउवा लेखिएको छ । बिहीबार, साउन २८, २०८३
रिटर्नीको सीप, पुँजी र प्रविधिलाई राष्ट्र निर्माणमा जोड्नुपर्छ : शंकर पोखरेल उनले रिटर्नीसम्बन्धी विद्यमान कानुनमा सुधार तथा नयाँ कानुनको आवश्यकताबारे थप विस्तृत छलफल गर्नुपर्ने बताए । पुँजी परिचालन, प्रविधि भ... बिहीबार, साउन २८, २०८३
ताजा समाचारसबै
राष्ट्रिय पाठ्यक्रम प्रारूप समयसापेक्ष बनाउन गठित कार्यदलको प्रतिवेदन अन्तिम रुप दिने निर्णय बिहीबार, साउन २८, २०८३
रोल्पा पहिरोमा ७ जनाको मृत्यु, ५ बेपत्ता : रास्वपाद्वारा प्रभावकारी खोज तथा उद्धारको माग बिहीबार, साउन २८, २०८३
लोकसेवा आयोगको सचिवमा बढुका लागि तीन जनाको नाम सिफारिस बिहीबार, साउन २८, २०८३
अब सरकारी कार्यालयमा फारम भर्न बिचौलिया भर पर्नु नपर्ने, सरकारले गर्‍यो यस्तो व्यवस्था बिहीबार, साउन २८, २०८३
श्रीलंकन विकेटकिपर डिकवेला लुम्बिनी लायन्समा निरन्तर बिहीबार, साउन २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
ललितपुरको कुसुन्तीबाट पत्रकार किशोर श्रेष्ठ पक्राउ बुधबार, साउन २७, २०८३
पत्रकार किशोर श्रेष्ठ पक्राउबारे के भन्छन् प्रहरी प्रवक्ता? बुधबार, साउन २७, २०८३
कांग्रेस राजनीतिमा नयाँ ट्विस्टः शेखर–शशांक एकअर्कालाई सभापति ‘मान्न तयार’ बुधबार, साउन २७, २०८३
सर्वत्र आलोचनापछि उपसभामुख ठाकुरले हटाइन् स्टाटस बिहीबार, साउन २८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
नेपाललाई मेडिकल हब बनाउन अस्पतालहरूबीच सहकार्य आवश्यक : डा. अमित तोमर नेपाल लाइभ
डा. विमल अर्थात् आधुनिक दधिचि धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
प्रधानमन्त्री बालेनविरुद्ध उत्रिएका सांसदलाई कडाइ गर्दै रास्वपा शुक्रबार, साउन २२, २०८३
बिहानै जागे प्रधानमन्त्री बालेन, देखाए सरकारकाे उपलब्धि शनिबार, साउन २३, २०८३
लेनदेनका लिखत प्रमाणित गर्दा दुई रुपैयाँ मात्रै शुल्क लिन स्थानीय तहका नाममा परमादेश जारी आइतबार, साउन २४, २०८३
ललितपुरको कुसुन्तीबाट पत्रकार किशोर श्रेष्ठ पक्राउ बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्