• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, पुस २७, २०८२ Sun, Jan 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

संविधान संशोधन विधेयकमा संशोधन प्रस्ताव राख्न राष्ट्रियसभा सदस्यलाई ७२ घन्टाको समय

64x64
नेपाल लाइभ आइतबार, जेठ ३२, २०७७  १४:३६
1140x725

काठमाडौं- सरकारले ल्याएको नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ माथि संशोधनका लागि राष्ट्रियसभा सदस्यले ७२ घण्टाको समय पाएका छन्।

प्रतिनिधिसभाबाट शनिबार पारित भएको विधेयक आइतबार राष्ट्रिय सभामा पेश भएको थियो। प्रतिनिधिसभाको सन्देश राष्ट्रियसभामा सचिव राजेन्द्र फुयालले पेश गरेका थिए। लगत्तै राष्ट्रियसभामा कानुनमन्त्री शिवमाया तुम्बाहाङ्फेले विचार गरियोस् भनी प्रस्ताव पेश गरेकी थिइन्। यो प्रस्तावमा भाग लिँदै राष्ट्रियसभामा सदस्यहरुले सामान्य छलफलमा भाग लिएपछि संविधान संशोधन विधेयकमा सांसदहरूले संशोधन दर्ता गराउने ७२ घण्टे समय सुरु भएको हो।
 
प्रतिनिधिसभामा समाजवादी नेपालकी सांसद सरिता गिरीले मात्र संशोधन दर्ता गराएकी थिइन्। गिरीको संशोधनलाई सभामुख अग्निप्रसाद सापकोटाले खारेज गरिदिएका थिए। गिरीको संशोधन प्रतिनिधिसभाको नियमावली विपरित भएको भन्दै उनले यसलाई छलफलमा लगेनन्।

संविधानको अनुसूची ३ मा रहेको निशासा छापमा प्रयोग भएको नेपालको नक्सामा लिम्पियाधुरा, कालपानी र लिपुलेकसहितका भूभाग समेट्न सरकारले संविधान संशोधन विधेयक ल्याएको थियो। 

संघीय संसद सचिवालयले जेठ १९ गते राजपत्र र २० गते गोरखापत्रमा सर्वसाधारणको जानकारीका लागि संविधान संशोधन विधेयक सार्वजनिक गरेको थियो। सात दिनको म्याद सोमबार पूरा भएसँगै मंगलबार संशोधन विधेयकअघि बढेको थियो।

छलफलमा भाग लिँदै सबै दलका सांसदले संशोधन प्रस्तावको समर्थन गरेका छन्। नेपालको अतिक्रमित भूभाग फिर्ता ल्याउने महत्त्वपूर्ण अवसर भएकाले प्रमुख विपक्षी कांग्रेस, समाजवादी र राजपाका सांसदहरुले संसोधन विधेयकको स्वागत गर्दै समर्थन गर्ने प्रतिबद्धता जनाएका थिए।

संशोधन प्रस्ताव पारित हुन दुई तिहाइ बहुमत आवश्यक पर्छ। सबै दलहरुले एकमत देखाएकाले यो प्रस्तावमा सर्वसम्मत रूपमा पारित हुने निश्चित छ। 

सरकारले भारतले अतिक्रमण गरेको लिम्पियाधुरा, कालापानी, लिपुलेकसहितको भूभाग समेटेर सरकारले नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा जेठ ७ गते सार्वजनिक गरेको थियो। निशान छापमा प्रयोग भएको देशको नक्सा नै त्रुटिपूर्ण रहेपछि सरकारले संविधान संशोधन विधेयक जेठ ९ गते दर्ता गरेको थियो।

बजेटका कारण उक्त विधेयक केही दिन ढिलो गरी सदनमा प्रवेश गरेको थियो। उक्त विधेयकमा थप संशोधन आवश्यक नहुने भएकाले ७२ घण्टे समयसीमा कुर्ने र नकुर्ने दुवै प्रक्रिया रहेको छ। सबै दल संलग्न भएको कार्यव्यवस्थाले निलम्बन गरेर ७२ घण्टे सीमा हटाएमा यो फास्टट्र्याकमा पारित हुने छ। यदि त्यसो हुन नसके तीन दिनपछि यो प्रस्ताव प्रतिनिधिसभामा पेश भई पारित भएको र अब राष्ट्रियसभामा तीन दिनपछि पेश हुने छ। राष्ट्रिय सभामा पेश भएपछि सामान्य छलफल हुँदै पारित गर्ने प्रक्रिया सुरु हुने छ। 

Ncell 2
Ncell 2

राष्ट्रियसभाबाट पनि पारित भएपछि राष्ट्रपतिबाट प्रमाणीकरण गर्दै जारी गरी राजपत्रमा प्रकाशित भएपछि नेपालको संविधानले नयाँ भूभाग समेटिएको चुच्चे नक्सा पाउनेछ।

यसरी बढ्यो घटनाक्रमः
- जेठ ५: मन्त्रिपरिषद्को बैठकद्वारा कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्र समेटिएको नयाँ नक्सा पारित।

- जेठ ७: मन्त्री पद्मा अर्यालद्वारा कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्र समेटिएको नेपालको अद्यावधिक नक्सा सार्वजनिक।

- जेठ ९: निशान छाप परिवर्तनका लागि संविधान संशोधन गर्ने मन्त्रिपरिषद्को निर्णय।

- जेठ ९: सरकारद्वारा संसद सचिवालयमा संविधान संशोधन प्रस्ताव दर्ता।

- जेठ १८: प्रतिनिधिसभा बैठकमा कानुनमन्त्री डा शिवमाया तुम्वाहाङ्फेद्वारा नेपालको ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७’ पेश।

- जेठ १९: जसपाका दुई सांसद राजेन्द्र श्रेष्ठ र लक्ष्मणलाल कर्णद्वारा संसद सचिवालयमा संविधान संशोधन प्रस्ताव दर्ता।

- जेठ २०: नेपाली कांग्रेसका ८ सांसदद्वारा संविधान संशोधन विधेयक संसद सचिवालयमा दर्ता।

- जेठ २१: राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलद्वारा संघीयता खारेजीको प्रस्ताव गरिएको संविधान संशोधनको प्रस्ताव संसद सचिवालयमा दर्ता।

- जेठ २३: नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालद्वारा संविधान संशोधन प्रस्ताव दर्ता। सबैलाई सैनिक तालिमको प्रस्ताव।

- जेठ २७: 'नेपालको सविधान दोस्रो संशोधन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मत रूपमा स्वीकृत। संशोधनका लागि सांसदहरुलाई ७२ घण्टाको समय उपलब्ध।

- जेठ २८: सांसद सरिता गिरीद्वारा संशोधन प्रस्ताव संसद सचिवालयमा दर्ता

- जेठ ३१ः संविधान संशोधन विधेयक प्रतिनिधिसभाबाट सर्वसम्मत पारित।

- जेठ ३२ः विधेयक राष्ट्रियसभामा पेश। संशोधनका लागि ७२ घण्टाको समय उपलब्ध।

प्रकाशित मिति: आइतबार, जेठ ३२, २०७७  १४:३६
  • #संविधान_संशोधन

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
देउवा पक्षधर केन्द्रीय सदस्यहरू पनि पुगे विशेष महाधिवेशन स्थलमा
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा
रास्वपा सहमहामन्त्री आचार्यले लिए समानुपातिकको सूचीबाट नाम फिर्ता
सम्बन्धित सामग्री
देउवा पक्षधर केन्द्रीय सदस्यहरू पनि पुगे विशेष महाधिवेशन स्थलमा मध्यमार्गी विकल्प खोज्दै पार्टी विभाजन रोक्न प्रयासरत केन्द्रीय सदस्यहरू डिला संग्रौला, पुष्पा भुसाल, राजन केसी, अब्जुल सतार, अर्जुन... आइतबार, पुस २७, २०८२
रास्वपा सहमहामन्त्री आचार्यले लिए समानुपातिकको सूचीबाट नाम फिर्ता समानुपातिकतर्फ इच्छा जाहेर गर्नेहरूको संख्या बढेपछि पार्टीका विभिन्न गतिविधिमा सक्रिय हुन भन्दै उनले नाम फिर्ता लिएको एक नेताले जानक... आइतबार, पुस २७, २०८२
भृकुटीमण्डपमा कांग्रेसको विशेष महाधिवेशन (लाइभ) आज र भोलि हुने महाधिवेशनको उद्घाटन सत्र केहीबेरमा सुरु हुँदैछ । भोलि बन्दसत्र हुने बताइएको छ । आइतबार, पुस २७, २०८२
ताजा समाचारसबै
देउवा पक्षधर केन्द्रीय सदस्यहरू पनि पुगे विशेष महाधिवेशन स्थलमा आइतबार, पुस २७, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
रास्वपा सहमहामन्त्री आचार्यले लिए समानुपातिकको सूचीबाट नाम फिर्ता आइतबार, पुस २७, २०८२
भृकुटीमण्डपमा कांग्रेसको विशेष महाधिवेशन (लाइभ) आइतबार, पुस २७, २०८२
शेखरको भिडिओ सन्देश- सभापति हुने कुराले मलाई लोभ्याउँदैन, निकास ननिस्किँदासम्म लागिरहन्छु आइतबार, पुस २७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
गायक तथा अभिनेता प्रशान्त तामाङ रहेनन् आइतबार, पुस २७, २०८२
कांग्रेस विशेष महाधिवेशन पक्षधरको पदयात्रा कार्यक्रम स्थगित शनिबार, पुस २६, २०८२
उज्यालो नेपाल पार्टीले गर्‍यो प्रत्यक्षतर्फको उम्मेदवारी आह्वान शनिबार, पुस २६, २०८२
रास्वपामा साधारण सदस्य नै बन्छु भनेर ठूलो पद मागेको थिइनँ : कुलमान घिसिङ शनिबार, पुस २६, २०८२
कुलमानसँग एकता भाँडिएपछि रास्वपा समानुपातिक उम्मेदवारको अद्यावधिक सूची आयोगमा बुझाइयो आइतबार, पुस २७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
काठमाडौं बस दुर्घटनामा मृतकको संख्या ५ पुग्यो बिहीबार, पुस २४, २०८२
चौतर्फी दबाबपछि मेडिकल काउन्सिलले गर्‍यो डा. यशोदा रिजाललाई निलम्बन शुक्रबार, पुस २५, २०८२
गायक तथा अभिनेता प्रशान्त तामाङ रहेनन् आइतबार, पुस २७, २०८२
यी हुन् राष्ट्रिय सभामा गठबन्धनका १८ उम्मेदवार बुधबार, पुस २३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्