काठमाडौं– जनता समाजवादी पार्टी नेपालकी सांसद सरिता गिरिले सरकारले दर्ता गराएको संविधान संशोधन विरुद्ध संशोधनको दर्ता गराएकी छिन्।
संविधानको निशान छापमा  नेपालका कालापानी, लिपुलेक र लिम्पियाधुरा भएको नक्सा राख्न सरकारले संशोधन प्रक्रिया अघि बढाएको छ। मंगलबार मात्रै प्रतिनिधी सभाले सांसदहरुलाई संशोधनको सूचना दर्ता गराउने ७२ घन्टे समय दिएको थियो। 
त्यसको भोलिपल्ट सांसद गिरिले संसद सचिवालयमा यस्तो संशोधन सूचना दर्ता गराएकी हुन्। उनले नेपालको नयाँ नक्साका विषयमा फरक मत राख्दै आएकी छिन्। भारतलाई सोधेर मात्रै लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटिएको नक्सा जारी गर्नुपर्ने उनको मत छ। 
यथेष्ट प्रमाण बिना नेपालको नयाँ नक्सा जारी भएको भन्दै गिरीले निशान छाप परिवर्तन सम्बन्धी संविधान संशोधन बिधेयक खारेज गर्न सूचना दर्ता गराएकी हुन्। उनी संलग्न पार्टीले भने सरकारको उक्त कदमको समर्थन गरेको छ।  
 
                                                        
                                                        नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
                                सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com  मा
                                पठाउनु होला।