 फाइल तस्बिर
                                        
                                            फाइल तस्बिर
                                        
                                    
                                                             
                            
                            काठमाडौं- सरकारले प्रतिनिधिसभामा पेस गरेको संविधान संशोधन प्रस्ताव सर्वसम्मत रूपमा स्वीकृत भएको छ। 'नेपालको सविधान दोस्रो संशोधन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मत रूपमा स्वीकृत भएको हो। 
मंगलबारको बैठकमा सांसदहरुले आआफ्नो भनाइ राखेपछि कानुनमन्त्री शिवमाया तुम्वाहाङ्फेले जवाफ दिएकी थिइन्। उनको जवाफपछि सभामुख अग्निप्रसाद सापकोटाले संशोधन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पारित गर्नका लागि पेश गरेका थिए।
विपक्षमा कुनै पनि आवाज नआएपछि सभामुख सापकोटाले विचार गरियोस् भन्ने कानुनमन्त्रीको प्रस्ताव सर्वसम्पतिले स्वीकृत भएको घोषणा गरेका थिए। लगत्तै सबै सांसदहरुले लामो समयसम्म ताली बजाएका थिए।
प्रतिनिधि सभाको अर्को बैठक जेठ २८ गते बिहान ११ बजे बस्ने भएको छ।  
                                                        
                                                        नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
                                सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com  मा
                                पठाउनु होला।