• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, वैशाख ३, २०८३ Thu, Apr 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

बागमती प्रदेशमा कृषि, उद्यमशीलता र अर्थतन्त्र उकास्ने बजेट ल्याइने

64x64
रासस शनिबार, जेठ ३१, २०७७  ०८:५४
1140x725

काठमाडौं- बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०७७/७८ का लागि ५० अर्ब हाराहारीको बजेट ल्याउने भएको छ। आगामी असार १ गते प्रस्तुत हुने बजेटमा लकडाउनका कारण थलिएको अर्थतन्त्र उकास्ने, कृषि उत्पादन बढाउने तथा उद्यामशीलता वृद्धि गर्नेखालका योजना समेटेर बजेट ल्याउन लागिएको प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले बताए।

बजेटमा बैंकिङ कारोबारलाई प्रवर्द्धन गर्ने, युवालाई उत्पादनमा जोड्न रोजगारमूलक तथा आयमूलक कार्यक्रम  र ‘कोभिड विशेष’ कृषि कार्यक्रमलाई जोड दिइने जनाइएको छ। विदेशबाट फर्किएका वा स्वदेशमा रहेका तथा कृषिसम्बन्धी अनुभव, ज्ञान र सीप बटुलेका कृषि र पशुपक्षी विषयमा अध्ययन पूरा गरेर बेरोजगार रहेका युवालाई कृषिमा आवद्ध गरी उत्पादनमा जोड्न विशेष रोजगार तथा आयमूलक कोभिड विशेष कृषि कार्यक्रमको थालनी गर्न लागेको प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ। 

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले आगामी आर्थिक वर्षको बजेटमार्फत करिब तीन लाख युवालाई रोगजारी दिने गरी बजेट ल्याउन लागेको छ। मन्त्रालयले अल्पकालीनरूपमा धेरै युवालाई रोजगारी दिन तथा स्वरोजगार बनाउन लागेको जनाएको छ। लघुउद्यमअन्तर्गत कुटिर उद्योग चलाउनेलाई प्राथमिकता दिएर प्रदेशका हरेक स्थानीय तहमा ३० लाखका दरले बजेट दिएर युवालाई रोजगारी दिने कार्यक्रम रहेको छ। त्यसबाहेक ‘मेरो उद्यम, अति उत्तम’ कार्यक्रमअन्तर्गत ७ हजार १४० जनालाई रोजगारी दिन लागिएको मन्त्रालयले जनाएको छ।

त्यसैगरी व्यावसायिक जडीबुटी फार्म सञ्चालनबाट ६ हजार ४ सय रोपनीमा विभिन्न किसिमका खेती गर्न दिने र २५ हजार २ सय जनालाई रोजगारी दिइने तयारीसाथ बजेट निर्माण गरिएको मन्त्रालयका कर्मचारी बताउँछन्। विदेशबाट फर्किएका २ हजार ९ सय ४० युवालाई ६ महिना रोजगारी दिनेगरी कार्यक्रम तयार पारिँदै गरेको मन्त्रालयले जनाएको छ। वनजन्य फलफूल र जडीबुटी खेती गर्नका लागि १९ लाख ५० हजार बिरुवा रोप्ने तयारी गरिएको छ।

त्यस्तै, उत्पादन र रोजगारी वृद्धि गर्न औद्योगिक क्षेत्रको विकास र प्रवर्द्धनका लागि सिन्धुलीको हरिहरपुरगढी र मकवानपुरको मनहरिमा प्रदेश औद्योगिक क्षेत्र स्थापनाको कार्य प्रारम्भ भएको, ‘एक निर्वाचन क्षेत्र, एक उद्योग ग्राम’ कार्यक्रमअन्तर्गत १० निर्वाचन क्षेत्रमा सम्भाव्यता अध्ययन, वातावरणीय अध्ययन र जग्गा प्राप्तिको प्रक्रिया थालनी गरिएको सरकारले नीति तथा कार्यक्रममार्फत जानकारी दिएको छ।

nimb
nimb
Ncell 2
Ncell 2

‘उद्यमीको हात, प्रदेश सरकारको साथ’ भन्ने सोचका साथ बेरोजगार युवा तथा विदेशबाट फर्किएका जनशक्तिलाई लक्षित गरी उत्पादन वृद्धिका लागि रोजगारी सिर्जना र प्रविधि हस्तान्तरण, स्थानीय र स्वदेशी कच्चा पदार्थको स्थानीयस्तरमै प्रशोधन, कृषि, फलफूल, जडीबुटी, वनमा आधारित लघु, घरेलु तथा साना उद्योगको सञ्चालनमा प्रोत्साहनलगायतका कार्यक्रम बजेटमा आउने बताइएको छ।

कागज उद्योग सञ्चालनको पूर्वाधार तयारी गरी सञ्चालनमा ल्याउने, संघीय सरकारको समन्वयमा प्रदेशभित्रका खनिजजन्य एवं रुग्ण तथा हाल सञ्चालनमा नरहेका उद्योगहरूको यथार्थ अवस्थाको अध्ययन गरिने, संघीय सरकारको समन्वयमै निर्माणजन्य सामग्रीको दिगो व्यवस्थापनका लागि नदीजन्य पदार्थको दोहनबाट हुने क्षतिलाई न्यूनीकरण गर्न उपयोगमा नआएका पहाड उत्खनन गरी आपूर्ति व्यवस्था मिलाउने पनि प्रदेश सरकारको योजना रहेको छ।

हिलस्टेशन, नमूना गन्तव्य, पर्यटन ग्राम सञ्चालन, दोलखामा फिल्मसिटी र गौरीशङ्कर परिपथ निर्माणजस्ता कार्यान्वयनमा रहेका निर्माणाधीन पर्यटन पूर्वाधार विकास कार्यक्रमलाई निरन्तरता दिइनेछ। काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकमा नरम काठ उद्योगका लागि काष्ठ सिजनिङ तथा ट्रिटमेन्ट प्लान्ट स्थापनाको अध्ययन प्रारम्भ भएको पनि सरकारले जनकारी दिएको छ।

स्थानीय तहसँगको सहकार्यमा गरिबका लागि कबुलियती वन र सामुदायिक वनको खाली जमिन, सार्वजनिक, पर्ती, ऐलानी तथा नदी उकासको जग्गामा फलफूल, जडीबुटी तथा आयमा वृद्धि हुने बिरुवाको उत्पादन तथा वृक्षरोपण कार्यक्रम सञ्चालन गर्ने भएको छ।

प्रकाशित मिति: शनिबार, जेठ ३१, २०७७  ०८:५४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
नेप्से सूचक ३३ अंकले बढ्यो, १० अर्ब ५३ करोडको कारोबार नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से सूचक ३३.२७ अंकले बढ्दै २ हजार ८६६.८७ अंकमा उक्लिएको हो । बुधबार, वैशाख २, २०८३
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि सुन प्रतितोला २ हजार ९०० र चाँदी १५५ रुपैयाँले बढेको हो । बुधबार, वैशाख २, २०८३
पेट्रोलियम बिक्रीमा १५ दिनमा ७ अर्ब ८१ करोड रुपैयाँभन्दा बढी घाटा भएको आयल निगमको दाबी निगमका अनुसार भारतबाट खरिद मूल्यभन्दा कम दरमा बिक्री गर्नुपर्दा समग्र घाटा ७ अर्ब ८१ करोड रुपैयाँभन्दा बढी पुगेको छ। सोमबार, चैत ३०, २०८२
ताजा समाचारसबै
पहाडी र हिमाली भेगमा वर्षा र हिमपातको सम्भावना बिहीबार, वैशाख ३, २०८३
अमेरिकासँग पाकिस्तानी मध्यस्थतामा सन्देश आदानप्रदान जारी : इरान बुधबार, वैशाख २, २०८३
काँग्रेसद्वारा आगामी निर्वाचन तयारीलाई केन्द्रमा राख्दै विभिन्न कार्यसमिति गठन बुधबार, वैशाख २, २०८३
सुरक्षा निकायमाथि अनुसन्धान गर्न सरकारले बनायाे समिति बुधबार, वैशाख २, २०८३
०६२ यताका उच्चपदस्थ कर्मचारी र राजनीतिक पदाधिकारीको सम्पत्ति जाँचबुझ गर्न आयोग गठन बुधबार, वैशाख २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
स्थानीय तहलाई गैरदलीय बनाउन सर्वोच्चद्वारा अस्वीकार बुधबार, वैशाख २, २०८३
सुरक्षा निकायमाथि अनुसन्धान गर्न सरकारले बनायाे समिति बुधबार, वैशाख २, २०८३
गण्डकीका मुख्यमन्त्री पाण्डेद्वारा मन्त्रिपरिषद् हेरफेर, नयाँ मन्त्रीहरूले लिए शपथ बुधबार, वैशाख २, २०८३
०६२ यताका उच्चपदस्थ कर्मचारी र राजनीतिक पदाधिकारीको सम्पत्ति जाँचबुझ गर्न आयोग गठन बुधबार, वैशाख २, २०८३
पूर्वमन्त्री दीपक खड्कालाई थुनामै राख्न सर्वोच्चको आदेश बुधबार, वैशाख २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
पोखरामा एक महिलाको विभत्स हत्या बिहीबार, चैत २६, २०८२
सरकारको सर्वोच्चलाई जवाफ: स्थानीय तहलाई गैरदलीय बनाउने कुरा संविधानसँग मिल्दैन सोमबार, चैत ३०, २०८२
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक, कसको कति ? आइतबार, चैत २९, २०८२
प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री मेहतालाई सचेत बिहीबार, चैत २६, २०८२
कानुनमन्त्री सोविता गौतमसँग कति छ सम्पत्ति ? आइतबार, चैत २९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्