एजेन्सी- युक्रेनक राष्ट्रपति बोलोदिमीर जेलिनस्कीकी पत्नी ओलेना जेलिन्स्कालाई कोरोना संक्रमण पुष्टि भएको छ। पत्निलाई कोरोना पुष्टि भएलगत्तै राष्ट्रपतिले आफ्ना सबै बैठक रद्द गरेका छन्।
उनका प्रवक्ताले आउने दिनमा राष्ट्रपतिका सबै बैठक, सार्वजनिक कार्यक्रम र राजधानी बाहिरबाट आएका सबै प्रस्ताव हालका लागि रद्द गरिएको बताए।
शुक्रबार ओलेनामा कोरोना पोजेटिभ देखिएको थियो। तर उनका पति र दुई बच्चालाई भने देखिएको छैन। ओलेनाले आफू स्वस्थ रहेको र हाल अस्पतालमा भर्ना नभएको बताइन्। तर केही समय परिवारभन्दा पर रहने उनले बताएकी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।