काठमाडौं- हायर मि नेपालले कोरोनाबाट जागिर गुमाएका नेपालीलाई रोजगारी दिने कार्यक्रम सञ्चालन गर्ने भएको छ। कोरोना संकमण र लकडाउनको कारण विश्वव्यापी आर्थिक मन्दीवाट करोडौ मानिस बेरोजगार भैरहेको सन्दर्भमा हायर मिले स्वदेशमा रहेका तथा विदेशबाट आएका ५० हजार नेपालीलाई रोजगारी दिने संस्थाका अध्यक्ष रमेश कुमार भट्टराइले जानकारी दिए।
सरकारले आर्थिक वर्ष २०७७/७८ को निति कार्यक्रम तथा बजेटमा स्थानिय स्तरमा रोजगार सेवा केन्द्र स्थापना गरी उपलब्ध श्रमिक तथा कामदारको योग्यता, सिप र क्षमता अनुसार काम उपलब्ध गराउन श्रम सूचना बैंकको अवधारणा सार्वजनिक गरेको छ। स्थानीय रोजगार सेवा केन्द्रले रोजगारदाता र रोजगारीको खोजिमा रहेकाहरू विचमा सम्पर्क स्थापित गरी रोजगारी प्राप्तीमा सहयोग गर्ने संस्थाको मूल लक्ष्य रहेको छ।
सरकारको यही कार्यक्रममा सहयोग पुर्याउने उद्देश्यले नेशनल एकेडेमी फर फाइनान्सीयल सर्भिसेस प्रा लि ले हायर मी नेपाल परियोजना संचालन गर्न गइरहेको छ। रोजगारदातालाई चाहिएको जनशक्ती पाउन महंगो बिज्ञापन गर्नुपर्ने, परिक्षा, अन्तरवार्ता र छनोटको लामो प्रक्रिया संचालन गर्नुपर्ने तथा सिप र क्षमता भएका रोजगारी चाहनेलाई उपयुक्त ठाँउमा पुग्न नसकेको अवस्था छ।
समयमा चाहेको रोजगारी नपाउदा विदेश पलायन हुनु पर्ने वाध्यता छ। अर्को तिर रोजगारदाताले चाहेको उम्मेदवार नपाएको अवस्था छ । यही समस्या समाधान् र सरकारको श्रम सुचना बैंकलाई सघाउने उद्देश्यले हायर मी नेपाल अनलाईन पोर्टल छिटै संचालन गर्न लागेको भट्टराइले जानकारि दिए। देश र विदेशमा रहेको श्रमिक कामदारले वेब साईट वा मोबाइल एप्सको माध्यमले आफ्नो सम्पुर्ण विवरण भर्ने र रोजगारदातालाई सोही पोर्टलबाट आवश्यक कामदार सजिलै पाउने गरी रोजगारदाता र रोजगार चाहनेलाई सजिलै भेट गराउने कार्यक्रम राखिएको छ ।
श्रावणको पहिलो साताबाट संचालन गर्ने लक्ष्य लिईएको हायर मी नेपाल परियोजनाले एक वर्षमा पाँच लाख र दुई वर्षमा दश लाख श्रमिक र कामदारको अद्यावधिक रेकर्ड राखि पचास हजारलाई रोजगारी दिलाउने कार्यक्रम रहेको संस्थाले जनाएको छ।
परियोजनालाई सातै प्रदेशमा प्रभावकारी रूपमा संचालन गर्नका लागि सम्पर्क कार्यालय खोली श्रावण देखि प्रचार प्रसारको कार्यक्रम गरि बढी भन्दा बढी जनशक्तीलाई समावेश गरीने संस्थाले जनाएको छ। यस परियोजनाले रोजगारदाता र रोजगारी चाहने बीच काममा लगाउने सहमति भइसकेपछि निजहरूलाई आवश्यक पर्ने तालिम पनि न्यून लागतमा उपलब्ध गराउने गरी कार्यक्रम निर्धारण गरेको छ।
कोभिड १९ को संक्रमणका कारण विदेशबाट आउने दश लाख, देशमै बेरोजगार भएका दश लाख र अन्य पाँच लाख समेत न्यूनतम पचीस लाख जनशक्तीलाई रोजगारी दिने चुनौती सरकार सामु आइसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।