एजेन्सी- भारतमा कोरोना भाइरसको प्रकोप तीव्र गतिमा फैलिरहेको छ। सबैभन्दा बढी संक्रमित महाराष्ट्र र दिल्लीमा देखिएका छन्।
भारतका कतिपय सेलिब्रिटी समेत कोरोना महामारीको सिकार भएका छन्। कोरोना संक्रमण फैलिएपछि बलिउड कलाकारका अपार्टमेन्ट नै सिल गरिएका समाचार पनि आइरहेका छन्।
कोरोना संक्रमित भेटिएपछि बलिउड अभिनेत्री मलाइका अरोराको मुम्बई, बान्द्रस्थित अपार्टमेन्ट सिल गरिएको छ।
मलाइको बिल्डिङमै बस्ने एक जना व्यक्तिलाई कोरोना संक्रमण पुष्टि भएपछि प्रहरीले अपार्टमेन्ट नै सिल गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।
समाचार अनुसार मार्चमा लकडाउन सुरु भएदेखि नै मलाइका आफ्नो छोरा अरहान र उनको घरमा पालिएका जनावरसहित सेल्फ आइसोलेसनमा बसेकी छिन्।
भारतमा योभन्दा पहिला पनि थुप्रै टेलिभिजन र फिल्म कलाकारको अपार्टमेन्टमा कोरोना पोजेटिभ भेटिएपछि अपार्टमेन्ट सिल गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।