न्यूयोर्क- अमेरिकामा सेप्टेम्बरमहिनासम्ममा कोरोना भाइरसवाट मर्नेको संख्या दुई लाख पुग्ने अनुमान गरिएको छ। हार्भर्ड ग्लोवल हेल्थ इनिसिएटिभका प्रमुख आशिष झाले अहिलेकै अवस्था चलिरहेमा दुई लाख पुग्ने दाबी गरेका हुन्।
उनले यसका लागि आगामी दिनमा तीव्र गतिमा मृत्यु भएमा यो संख्या अझै बढ्ने उनले बताए। सेप्टेम्बर महिनापछि पनि यो महामारी नरोकिने उनले बताए।
जोन्स हप्किन्स विश्वविद्यलयको तथ्यांक अनुसार हाल अमेरिकामा २० लाखभन्दा धेरै संक्रमित छन्। एक लाख १३ हजार मानिसले ज्यान गुमाइसकेका छन्।
अमेरिकाले विभिन्न स्थानमा लागू भएको लकडाउनलाई अझै खुला बनाउने निर्णय गरेकाले संक्रमितको संख्या अझै वृद्धि हुने उनको अनुमान छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।