काठमाडौं- नेपाल फाइनान्सले चुक्ता पुँजीको १२५ प्रतिशत हकप्रद सेयर निष्काशनका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ। संस्थाले १६ लाख ९७ हजार कित्ता हकप्रद सेयर निष्काशन गर्ने भएको हो। हालको चुक्ता पुँजी १३ करोड ५९ लाख रुपैयाँ रहेको छ।
हकप्रद निष्काशनपछि चुक्ता पुँजी ३० करोड ५७ लाख रुपैयाँ पुग्नेछ। हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल मार्केट रहेको छ।
नेपाल राष्ट्र बैंकले गत मंसिरमा समस्याग्रस्त सूचीबाट हटाएको थियो। समस्याग्रस्त सूचीबाट हटेसँगै संस्थाले २०७६ मंसिर २६ गतेदखि वित्तीय कारोबार पुनः सुचारु गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।