काठमाडौं- जर्मन कप सेमिफाइनलमा आइनट्राख्ट फ्रान्कफुर्टलाई हराएर बायर्न म्युनिक फाइनलमा पुगेको छ। फाइनलमा बायर्नले बायार लिभरकुसनसँग खेल्नेछ।
बायर्न म्युनिकका लागि पेरिसिकले खेलको १४औँ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए। ६९ औँ मिनेटमा डा कोस्टाको गोलमा फ्रान्कफुर्टले बराबरी गरे पनि त्यो लामो समय टिक्न सकेन। खेलको ७४औँ मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बायर्नलाई जित दिलाए।
फाइनल खेल बर्लिनको ओलम्पिक रंगशालामा जुलाई ४ मा हुनेछ। बायर्न म्युनिक बुन्डेस लिगाको पनि उपाधि नजिक पुगिसकेको छ। उपाधिका लागि बायर्नलाई अब दुई जित आवश्यक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।