काठमाडौं– कुवेत सरकारले आफ्नै खर्चमा तीन सय नेपाली काठमाडौं ल्याइदिएको छ। आममाफी पाएर कुवेतको सेल्टरमा रहेका उनीहरुलाई जहाज चार्टर गरेर कुवेत सरकारले बिहीबार दिउँसो काठमाडौं ल्याइदिएको हो।
जजिरा एयरवेजका दुई वटा उडानमार्फत आममाफी पाएका ३ सय महिलालाई ल्याइदिएको हो। विमानस्थलबाट उनीहरुलाई प्रदेशगत होल्डिङ सेन्टरमा पठाइनेछ। होल्डिङ सेन्टरबाट क्वारेन्टाइनमा पठाइने उल्लेख गरिएको छ।
कुवेतबाट स्वदेश फर्कन नेपाल सरकारले आममाफी पाएकालाई पहिलो प्राथमिकतामा राखेको थियो। आममाफी पाएर झन्डै २ महिना स्वदेश फर्कन नपाएका उनीहरुलाई बुधबारदेखि नै स्वदेश फर्काउने भनिएपनि प्राविधिक कारण उडान रोकिएको थियो।
बुधबार रोकिएकालाई नै बिहीबार जजिरा एयरवेजले काठमाडौं ल्याइदिएको हो। कुवेतमा आममाफी पाएका २ हजार ९ सय ९१ लाई पहिलो चरणमा उद्धार गरिने उल्लेख गरिएको छ। उनीहरुलाई दैनिक २ वटा उडानमार्फत् ल्याइने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।