काठमाडौं- इंग्लिस प्रिमियर लिग क्लबहरुले कोरोना भाइरस (कोभिड १९) को माहामारीका कारण २०१९–२० को सिजनमा झण्डै एक बिलियन पाउण्ड बराबरको घाटा ब्येहोर्नु परेको एक अध्ययनले देखाएको छ।
प्रिमियर लिगका माथिल्ला २० क्बलहरुले २०१८–१९ को सिजन पाँच बिलियन पाउण्ड भन्दा बढी जम्मा गरेका थिए। यो सिजनमा कोरोना भाइरस (कोभिड १९) का कारण मार्चदेखि खेलहरु रोकिएका छन्। अब प्रिमियर लिगमा ९२ खेल खेल्न बाँकी छ।
विशेष गरी खेल प्रसारण अधिकारमार्फत पाउने रकम र खेल हुने दिनमा टिकटलगायत हुने आम्दानीका कारण ठूलो घाटा पर्न गएको हो। यसले गर्दा आउँदो सिजनमा समेत समस्या हुने बताइएको छ।
प्रिमियर लिगमा मात्र होइन युरोपका ठूला फुटबल लिग र विश्व खेलकुदमा नै कोरोनाका कारण आर्थिक संकट परिरहेको छ। बुन्डेस लिगमा अहिले खेल चलिरहेका छन् भने फेन्च लिग सकिएको घोषणा भइसकेको छ। अरु लिगहरु सुरु हुने मिति तय गरेर तयारीमा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।