काठमाडौं- इंग्लिस क्लब स्टोक सिटीका प्रशिक्षक माइकल ओनाइललाई कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको छ। पछिल्लो चरणमा सोमबार भएको परीक्षणमा उनमा संक्रमण देखिएको हो।
जसका कारण म्यानचेस्टर युनाइटेड र स्टोक सिटीबीच तय भएको अभ्यास खेल पनि स्थगित गरिएको छ। मंगलबार अबेर सानो सूचना जारी गर्दै खेल स्थगित गरिएको जानकारी दिइएको थियो।
यसअघि विभिन्न पाँच चरणमा भएको परीक्षणमा प्रशिक्षक माइकलमा कोरोना संक्रमण देखिएको थिएन। इंग्ल्याण्डमा टिमहरु अभ्यासमा सामेल भएपछि हप्तामा दुई पटक खेलाडी, प्रशिक्षक र पदाधिकारीको कोरोना भाइरस परीक्षण भइरहेको छ। अहिलेसम्म १४ जनामा संक्रमण देखिएकोमा सबै आइसोलेसनमा छन्। अब स्टोक सिटीको प्रशिक्षणको जिम्मा सहायक प्रशिक्षक बिली म्याकिन्लेले लिनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।